कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने सम्भावना छ।
संखुवासभाको सिलिचोङ–१ बेसिन्दाका पहिरोपीडितलाई आवास निर्माणको पाँच लाख ५० रुपैयाँ तीन किस्तामा भुक्तानी गरिने सम्झौता भएको थियो। उनीहरूले हालसम्म ५० हजार रुपैयाँ मात्र भुक्तानी पाएका छन्।
अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न पर्यटन मन्त्रालयले कार्यदल गठन गरेको छ।
सर्वोच्च अदालतमा काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्डसम्बन्धी विवादमा पुनः सुनुवाइ हुने भएको छ।
आईसीसीले युद्ध अपराधको आरोपमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, पूर्वरक्षामन्त्री ग्यालान्ट र हमासका नेता डेफविरुद्ध पक्राउ पुर्जी जारेको छ।
‘अखबारमा लेख्ने एक हुल पत्रकारले शुरू गरेको फिल्म फेस्टिभल आज आएर विज्ञहरूसँग फिल्म मेकिङबारे जान्ने, बुझ्ने अवसर बनेको छ।’
स्वास्थ्य मन्त्रालयले सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ।
कर्नाटकविरुद्धको पाँच खेलको एक दिवसीय सिरिज नेपाली यू१९ टोलीले जितेको छ।
काठमाडौँ उपत्यकामा बिहीबार तीन जना मृत भेटिएका छन्।
चालु वर्षको ४ महिनामा तीन खर्ब ६ अर्ब ३७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा तीन खर्ब २३ अर्ब २४ करोड रुपैयाँ अर्थात् ८० प्रतिशत राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गरेका छन्।
बिहीबार नेप्से परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ को बिन्दुमा सीमित भएको छ।
आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ।
वास्तविक किसानको नोक्सानीको विवरण संकलन भएपछि उनीहरूलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ।
युक्रेनले पहिलोपटक आफ्नो भूमिमा लामो दूरीको अमेरिकी क्षेप्यास्त्र प्रहार गरेपछि मस्कोले जवाफ दिने चेतावनी दिएको छ।
चिसो मौसम शुरू भएसँगै चरनमा समस्या आउन थालेपछि लमजुङका घुम्ती गोठका गोठालाले आ–आफ्ना भेडाका बथान यतिबेला बेँसी झार्न थालेका छन्।
कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ।
निर्विरोध निर्वाचित भएका बाहेक अन्य ३७६ जना उम्मेदवारलाई आज सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचित अधिकृतबाट निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ।
छलफलमा सहभागी एअरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए।
उनलाई बिहीबार एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।