AnonymousUser

Logout

यो वर्ष बडादशैँको महाअष्टमी र महानवमी एकैदिन

महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ। महानवमीमा दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ।

गोरखामा धारिलो हतियार प्रहार गरी युवती हत्या

घरभित्र सुतिरहेको अवस्थामा युवतीमाथि धारिलो हतियारबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ।

निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत रुबि खानसहितका व्यक्ति पक्राउ

निर्मला कुर्मीका लागि न्याय माग्दै आन्दोलनरत रुबि खानसहितका व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दक्षिण कोरियाली लेखक हान काङलाई नोबेल साहित्य पुरस्कार

हान काङ साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बनेकी छन्।

दशैँघरमा भित्र्याइयो फूलपाती (तस्वीरहरू)

बडादशैँको सातौँ दिन बिहीबार हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ।

बीपी राजमार्ग शुक्रबारदेखि सञ्चालनमा आउने

प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमार्फत दिएको जानकारीअनुसार पहिरोको अवरोध हटाएर शुक्रबार बिहान १० बजेसम्ममा बीपी राजमार्ग सञ्चालनमा आउने छ।

बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि...

आपत्कालीन अवस्थाबाहेक इमरजेन्सी ढोका खोल्न नमिल्ने र यसले उडान सुरक्षामै खलल पुर्‍याउन सक्ने प्रवक्ता कर्णको भनाइ छ।

आगलागीबाट सुनसरीको गलैँचा उद्योगमा करोडौँको क्षति

आगो अहिलेसम्म पनि पूर्णरूपमा नियन्त्रण हुन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए।

दशैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिए ८ लाख यात्रु

यस वर्षको दशैँमा १५ देखि १८ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको थियो। तर बाढीपहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको यातायात व्यवसायीको भनाइ छ।

दशैँ मनाउन नेपालगन्ज नाका हुँदै घर फर्किए २ लाख नेपाली

पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्युठानलगायतका जिल्लाबाट रोजगारीका लागि भारतमा पुग्ने गरेका छन्। 

कात्तिक ८ भित्र बक्यौता बुझाउने समय तोकेर विद्युत् प्राधिकरणले सार्वजनिक गर्यो ४९ उद्योगको सूची

ऊर्जा मन्त्रालयले कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेको तेस्रो दिन विद्युत प्राधिकरणले ४९ उद्योगबाट बक्यौता असुल्न सार्वजनिक सूचना जारी गरेको छ।

रहेनन् भारतीय उद्योगपति रतन टाटा

टाटालाई सोमबार मात्र मुम्बईको ब्रीच क्यान्डी अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। उनलाई उमेरजन्य रोग र उच्च रक्तचापको समस्या थियो।

दशैँ बिदाअघिको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से

बुधबार नेप्से परिसूचकमा उतारचढाव आएको थियो। दिनभरमा न्यूनतम २६४४ अंक र अधिकतम २६७२ अंकमा पुगेको थियो। तर कारोबार रकम भने घटेको छ।

वृद्धलाई जवान बनाइदिने भन्दै अक्सिजन थेरापी, ५६ करोडको ठगी

६५ वर्षको उमेरमा २५ वर्षको जवान देखिने रहर साँच्चिकै पूरा हुने भए के होला? मान्छेको यही रहरको फाइदा उठाएर भारतको एक जोडीले करोडौँ रुपैयाँ ठगेको छ।

विश्व हुलाक दिवस: टिकट प्रदर्शनीलगायत विभिन्न कार्यक्रम गरी मनाइँदै

यस दिवसका अवसरमा आज हुलाक सेवा विभाग परिसर, बबरमहलमा टिकट प्रदर्शनी सञ्चालन गरिएको छ।

श्रीलंकाले रुसमा हुने सम्मेलनमा ब्रिक्सको सदस्यताका लागि अपिल गर्ने

श्रीलंकाले यसै महिनाको अन्त्यमा रुसमा हुने ब्रिक्स सम्मेलनमा सदस्यता लिन अपिल गर्ने भएको छ।

विभिन्न राजमार्गका ५ खण्ड पूर्ण अवरुद्ध, ८ सडकमा एकतर्फी आवागमन

यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन्। 

मनसुन क्रमशः कमजोर हुँदै

कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मेलम्चीको पानी आइपुग्यो काठमाडौँमा

मेलम्चीको पानी केयूकेएलका विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया शुरू गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक ई. रत्नप्रसाद लामिछानेले बताए।

थप ५७ हिमाल आरोहणका लागि खुला

थप ५७ हिमाल आरोहणका लागि खुला गरिएसँगै नेपालमा आरोहण खुल्ला गरिएका हिमालको संख्या ४६१ पुगेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।