जलवायुविद् मञ्जित ढकालले मनसुन ढिला गरी बाहिरिनुलाई मनसुन प्रणालीमा भएको फेरबदल मान्छन्। यसलाई जलवायु परिवर्तनको असरका रूपमा लिन सकिने उनको भनाइ छ।
शनिबार सम्पन्न फाइनलमा पहिलो सेट जितेको नेपाल उज्वेकिस्तानसँग समग्रमा ३–१ ले पराजित भएको छ।
भारतको गुजरातमा पर्खाल भत्किँदा ६ कामदारको मृत्यु भएको र तीन जना फसेको आशंका गरिएको प्रहरीले जनाएको छ।
करेन्ट लागेर शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा दुई बालिकाको मृत्यु भएको छ।
स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत साउन २३ गते साँझ घरबाट निस्किएपछि अहिलेसम्म फर्किएका छैन। छोरा बेपत्ता भएपछि गुरुङ दम्पतीको घर सुनसान छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन १० दिन ढिलो गरी शनिबार नेपालका सम्पूर्ण भूभागबाट बाहिरिएको छ।
बोइङले आगामी केही महिनाभित्र १० प्रतिशत कर्मचारी हटाउने जनाएको छ। रोजगारी कटौतीबाट कम्पनीका सबै तहका करिब १७ हजार कामदारलाई असर पार्नेछ।
विगत ४८ घण्टामा शान्तिसेनामाथि आक्रमणका दुई वटा घटनामा श्रीलंकाका दुई र इन्डोनेसियाका दुई गरी चार सैनिक घाइते भएका छन्।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाउने चलन छ। सर्वसाधारणलाई टीका लगाउन साइत पर्खिनुनपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
रोशी खोलाको बाढीले चौकीडाँडादेखि नेपालथोकसम्म २१ किलोमिटर सडकको १४ स्थानमा करिब आठ किलोमिटर क्षतिग्रस्त बनाएको थियो। धेरैजसो स्थानमा खोला बगर सम्म्याइएको छ भने केही ठाउँमा अस्थायी सडक बनाइएको छ।
काभा पुरुष यु२० च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
जापानको हिरोसिमा र नागासाकीमा भएको आणविक बम विस्फोटबाट बाँचेकाहरूको समूहले यस वर्षको नोबेल शान्ति पुरस्कार प्राप्त गरेको छ।
दशैँ मनाउन मानिसहरू गाउँघर गएपछि काठमाडौँ उपत्यकाभित्रका सडक प्रायः सुनसान देखिएका छन्।
लेबनानको जनस्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणबाट मध्य बेरुतमा २२ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन्।
निर्माण व्यवसायीको बक्यौता भुक्तानी सम्बन्धमा अर्थ मन्त्रालयसँगको छलफलमा तीन महिनाअगाडि रकमान्तर गर्न नपाइने भएकाले कात्तिक लाग्नुपर्ने बताएकाले ढिलाइ भएको मन्त्री दाहालको भनाइ छ।
दशैँ मान्नका लागि एक सातामा १३ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएका यातायात व्यवसायीले बताएका छन्।
काभ्रेपलान्चोक प्रहरीका अनुसार पहिरोमा सिन्धुली र खोटाङबाट काठमाडौँतर्फ आउँदै गरेका बस र टाटा सुमो पुरिएका छन्, मानवीय क्षति भएको छैन।
क्याम्पमा सहभागी हुन अहिलेसम्म दुई हजार २७७ विद्यार्थीले चासो देखाएका छन्। १६ विद्यालयलाई क्याम्प सञ्चालन गर्ने केन्द्र तोकिएको छ।
मर्दी पदमार्ग पत्ता लगाई विश्वमा प्रचार गर्ने सुदीप गौतमको सम्मानमा बालदडाँडामा पार्कसहित शालिक निर्माण गरिएको छ।
बराबरीका बाबजुद अर्जेन्टिना दक्षिण अमेरिकी समूहको शीर्ष स्थानमा कायम छ। दोस्रो स्थानको कोलम्बिया भने बोलिभियासँग पराजित भएको छ।