कोशी, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
वर्षाका कारण मुलुकका विभिन्न स्थानमा आएको बाढीपहिरोले सडक अवरुद्ध भएपछि हवाई उडानमा यात्रुको चाप बढेको छ।
पर्व
नेपालीको महान् चाड बडादशैँको आगमनसँगै राजधानीको मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्युरोड क्षेत्रमा किनमेलका लागि मानिसहरूको चहलपहल बढेको छ। विशेषतः दशैँको आगमनसँगै नयाँ लुगा किन्नेहरूको बाक्लो भिड लागेको हो। असन, इन्द्रचोक, न्युरोड क्षेत्रमै सबै सामग्री पाइने र धेरै ठाउँ चाहर्न नपर्ने हुनाले सो क्षेत्रमा मानिसको बाक्लो भिड हुने गरेको छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी
दमास्कसमा यसै साताको शुरूमा इजरायलले गरेको आक्रमणबाट घाइते भएका रिभोल्युसनरी गार्डका एक इरानी सैन्य अधिकारीको मृत्यु भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रारम्भिक अनुमानअनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्र तीन अर्ब रुपैयाँ लाग्ने देखिएको छ।
मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान भाषाविद् प्राडा. योगेन्द्रप्रसाद यादवलाई र मदन पुरस्कार ‘मुकाम रणमैदान’ पुस्तकका लागि लेखक मोहन मैनालीलाई प्रदान गरेको छ।
बडादशैँ
बडादशैँ बिहीबार शुरू भएको छ। पहिलो दिन वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ। काठमाडौँको हनुमानढोका दरबारस्थित दशैँ घरमा पनि विधिवत् रूपमा जमरा राखिएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी
जापानको मियाजाकी विमानस्थलमा दोस्रो विश्वयुद्धकालीन अमेरिकी बम विस्फोट हुँदा ८० भन्दा बढी उडान रद्द भएका छन्।
मुस्ताङबाट म्याग्दीको बेनीसम्म दुईदेखि तीन दिन हिँडाएर ल्याइएका च्याङ्ग्रा बेनीदेखि ट्रक र गाडीमा राखेर देशका विभिन्न ठाउँमा लैजाने गरिन्छ।
गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकाबाट दुई हजार १५८ जना, कोशीबाट ९०, मधेशबाट ३५, सबैभन्दा बढी बागमती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ।
डेंगीबाट सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिका प्रभावित भएको छ। महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरमा हालसम्म पाँच हजार ८४८ जनामा संक्रमण पुष्टि भएको छ।
जंगलबाट घाँस काटेर घर फर्किने क्रममा हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङलाई हात्तीले आक्रमण गरेको हो।
सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले हाल कायम रहेको बहावलाई सोझ्याएर सडक बगेकै स्थानमा अस्थायी रूपमा यातायात सञ्चालन हुनेगरी निर्माण थालिएको बताए।
सुनकोशीको बाढीले सिन्धुलीको खुर्कोटस्थित पुल बगाएपछि र दोलखाको किर्नेटारको बाटो तामाकोशीले कटान गरेपछि मन्थली–काठमाडौँ आवागमन शनिबारदेखि अवरुद्ध थियो।
कोशी, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बडादशैँको पहिलो दिन घर–घरमा घटस्थापना गरिँदै छ। घटस्थापनाको साइत बिहान ९ः१६ बजे रहेको समितिले जनाएको छ।
नेपालले दिएको १५८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७.५ ओभरमा १०१ रन जोड्दै अलआउट भयो।
मधेश प्रदेश सरकारले बाढीपहिरो तथा डुबानमा परी निधन भएकाको परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत दिने भएको छ।
लेबनानको आफ्नै सेना पनि छ। तर इजरायल र हिजबुल्लाह बीचको द्वन्द्वबाट लेबनानी सेना पूर्ण रूपमा गायब भएको देखिन्छ।
संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको छ।