AnonymousUser

Logout

अझै अवरुद्ध छन् यी १७ सडकखण्ड

बागमती प्रदेशका कान्ति लोकपथ, कुलेखानी–मार्खु, भीमफेदी–कुलेखानी–फाखेल, बीपी राजमार्गका विभिन्न क्षेत्रका सडकखण्ड पनि अवरुद्ध छन्।

नौबिसे–नागढुंगा सडक र पृथ्वी राजमार्ग राति पनि सञ्चालनमा

काठमाडौँबाट बाहिरिने सवारीको चाप अत्यधिक भएपछि नौबिसे–नागढुंगा सडक र पृथ्वी राजमार्ग राति पनि सञ्चालनमा ल्याइएको छ।

ढोरपाटनका मेयर नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

सहकारी ठगी मुद्दामा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

गंगालाल हृदयरोग केन्द्रले सबै प्रदेशमा मुटुरोग उपचार सेवा विस्तार गर्ने

स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा अब केन्द्रले बागमतीबाहेक थप ६ प्रदेशमा सेवा विस्तारको काम अघि बढाउने छ।

बीपी राजमार्ग : जोखिम मोलेर ओहोरदोहोर (तस्वीरहरू)

बीपी राजमार्ग निर्माणसँगै सहज अनुभव गरेका स्थानीय अहिले त्रासमा छन्। आफ्नो दैनिकीलाई निरन्तरता दिनका लागि मानिसहरू बाढीले बनाएको पहरोमा ज्यान जोखिममा राखेर ‌ओहोरदोहोर गरिरहेका छन्।

९ घण्टा सुतेर ९ लाखको पुरस्कार ! 

भागदौडको जिन्दगी, विभिन्न जिम्मेवारी, पैसा कमाउने वा पढाइको तनावले ९ घण्टा सुत्न मुस्किल भएको छ। के सुतेको पैसा नै पाउने भए निद्रा पर्ला त?

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २२४ पुग्यो, २४ जना बेपत्ता

बाढी, पहिरो तथा डुबानका कारण ज्यान गुमाउनेको संख्या २२४ पुगेको छ भने २४ जना बेपत्ता छन्।

२ दिनभित्र खोजी तथा उद्धार सकिने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो तथा डुबान प्रभावितलाई राहत रकम वितरण गर्न थालिएको बताएका छन्।

पहिरोको जोखिममा शङ्खरापुर र मेलम्चीको सीमाका २ गाउँ

काठमाडौँको शङ्खरापुर नगरपालिका–१ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ को सिमानामा पर्ने छापभन्ज्याङस्थित दुई गाउँ पहिरोसँगै बग्ने जोखिममा रहेको स्थानीय जनप्रतिनिधिको गुनासो छ।

थाइल्यान्डमा स्कुल बसमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु

प्रत्यक्षदर्शीले स्थानीय मिडियामा बताएअनुसार गुडीरहेको बसको टायर फुटेर सडकछेउको ब्यारियरमा ठोक्किन पुगेको थियो।

विपद् प्रभावितलाई तत्काल राहत वितरण र पुनर्स्थापना गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले विपद्का कारण अवरुद्ध राजमार्गमा अलपत्र यात्रीलाई तत्काल उद्धार गरेर गन्तव्यमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ।

नेप्से परिसूचक ११४ अंकले बढेर २६२३ को विन्दुमा, साढे ७ अर्बको कारोबार

मंगलबार नेप्से परिसूचक ४.५७ प्रतिशतले बढेर २६२३ को विन्दुमा पुगेको छ भने सात अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

निगुरो बेचेर एक वर्षमा १० लाख आम्दानी

साउनदेखि असोजसम्म शर्मिला पुर्जासहित दोवा गाउँका महिलाहरू निगुरो खोज्न र बेच्नमा व्यस्त हुन्छन्। निगुरो उपभोक्ताको रोजाइमा परेपछि पुर्जासहितका महिलालाई आयआर्जनमा सहयोग पुगेको छ।

पूर्वबाट मौसम बदली शुरू, गण्डकीसम्म वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश, बागमती र गण्डकीसम्म देखिनेछ। 

ललितपुरमा बाढीपहिरो: थप ६ जनाको शव फेला, मृत्यु हुनेको संख्या ४० पुग्यो

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार मंगलबार बिहान ६ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो।

दाउन्नेमा भासिएको सडक एकतर्फी सञ्चालन

सडक अवरुद्ध भएर यात्रु अलपत्र परेपछि सोमबार राति ११ बजे नै सडक मर्मत शुरू गरिएको थियो।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–१ गोप्कामा पश्चिमबाट पूर्वतर्फ गइरहेको र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवैजना चालकको मृत्यु भएको हो।

विपद्‌मा परी मृत्यु हुनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जनाइएको छ।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना 

कोशी प्रदेशका केही, बागमती र गण्डकीका पहाडी भूभागका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता

बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २०९ जना पुगेको छ। अन्य २९ जना बेपत्ता रहेको र १४२ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।