AnonymousUser

Logout

खुले हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक मार्ग

अविरल वर्षा, बाढी र पहिरोका कारण प्रभावित हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक मार्गहरू सञ्चालनमा आएका छन्।

विश्वकप छनोटअघिका दुवै अभ्यास खेलमा नेपाल विजयी

आईसीसी टी२० विश्वकप २०२६ को एशिया छनोटअघि खेलेका दुवै अभ्यास खेलमा नेपालले जीत हासिल गरेको छ। सोमबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई १६ रनले पराजित गर्‍यो।

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मंसिर १ देखि १० गतेसम्म दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

तीन वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

नोबेल पुरस्कार समितिले यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रतिरोध प्रणालीसँग सम्बन्धित अनुसन्धान र खोज गर्ने तीन वैज्ञानिकलाई दिने घोषणा गरेको छ।

मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

महाशाखाले मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिमका हिमाली, पहाडी र तराईका भू–भागका केही स्थानमा सोमबार र मंगलबार मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

हिम आँधीले चीनतर्फ सगरमाथा क्षेत्रमा फसे सयौँ पर्वतारोही, उद्धार जारी

चिनियाँ सरकारी मिडिया सीसीटीभीका अनुसार हिम आँधीका कारण सयौँ पर्वतारोही शिविरमा क्षति पुगेको छ। फसेका पर्वतारोहीको उद्धारका लागि टोली खटाइएको र उद्धार प्रयास जारी रहेको छ।

असोज १७–१९ को बाढीले सञ्चालनमा रहेका १७ सहित ३२ जलविद्युत् आयोजना प्रभावित

इप्पानले संकलन गरेको प्रारम्भिक विवरणअनुसार, सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थामा रहेका ३३८ मेगावाट क्षमताका १५ आयोजना बाढीबाट प्रभावित भएका छन्।

दार्जिलिङमा अविरल वर्षापछि आएको बाढीपहिरोमा परी २३ जनाको मृत्यु

दार्जिलिङमा निरन्तरको वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ। पहिरो र वर्षाका कारण सयौँको संख्यामा पर्यटक अलपत्र परेका छन्।

सुदूरपश्चिम र कर्णालीबाट बाहिरियो मनसुन

मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको जनाएको छ।

केन्द्रीय कारागारबाट भागेका कैदीबन्दीलाई भेट्टाएपछि सैनिकहरूले भनेका थिए– ‘जान दे’

‘बीच बाटोमै सेनाले भेटेपछि एक डेढ घण्टा घुँडा टेकाएर राख्यो। हामीले जेलमा बस्दा ज्यानको सुरक्षा नभएर निस्किएको भनेपछि ‘जान दे, हजारौँ कैदी त गए, यी ३–४ जनालाई पक्रेर के हुन्छ?’ भनेर छाडिदियो।’

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ।

तोलामा २ हजार ५०० ले बढ्यो सुन

सोमबार सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ।

वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव घट्दो

आइतबार बिहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको संकेतस्वरूप रातो बत्ती बालिएको थियो।

विश्वकप छनोटको तयारी: आज नेपाल कतारसँग खेल्दै

आईसीसी टी–२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज कतारसँग भिड्दै छ।

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा चल्न थाले गाडी

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन्। तर अझै देशका विभिन्न ११ ठाउँमा सडक अवरुद्ध छन्।

यस्तो छ आजको माैसम पूर्वानुमान

कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा

जिता नदी र खाडो खोलाको बाढी बस्तीमा पस्दा सप्तरीको तिलाठी कोइलाडीका ३०० बढी घर डुबानमा परेका छन्।

मनाङको प्रदेशसभा उपनिर्वाचन स्थगित

निर्वाचन आयोगले मनाङ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचन अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।

सुनसरीमा बाढीले सयौँ घर डुबानमा

सुनसरीमा बाढीका कारण आइतबार करिब एक हजार ३६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विपद्पछि पानीजन्य रोग बढ्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

निरन्तर वर्षाका कारण दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने भन्दै मन्त्रालयले सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशनसमेत दिएको छ।