AnonymousUser

Logout

अलपत्र यात्रुलाई नेपाल एयरलाइन्सले चार्टर उडानमार्फत काठमाडौँ ल्याउँदै

वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुहरूलाई आइतबार नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत काठमाडौँ ल्याउने तयारी गरेको छ।

​​​​​​​नक्कली भुटानी शरणार्थी प्रकरण : नख्खु कारागारबाट भागेका सन्देश शर्मा पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिका–१६ ठेगाना भएका प्रतिवादी शर्मा गत भदौ २३ र २४ गते भएको 'जेनजी आन्दोलन'का क्रममा नख्खु कारागारबाट भागेरका थिए।

हरित ऊर्जामा चीनको छलाङ, बनायो विश्वकै ठूलो ‘विन्ड टर्बाइन’

‘एस१५०० फ्लोटिंग विन्ड पावर सिस्टम’ लगभग १३ तले भवन जत्तिकै अग्लो र बास्केटबल कोर्ट जत्तिकै लामो छ।

अधिक मानवीय क्षति भएको इलाममा ३२२ मिलिमिटर वर्षा

पहिरोले अधिक मानवीय क्षति भएको इलाममा बितेका २४ घण्टामा ३२२ मिलिमिटर वर्षा भएको छ।

दार्जिलिङमा बाढीपहिरोमा परी २० जनाको मृत्यु

उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा भारी वर्षापछि आएको बाढीपहिरोका कारण कम्तीमा २० जनाको ज्यान गएको छ।

भियतनामसँग खेल्ने राष्ट्रिय  टोली घोषणा

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले कप्तान किरणकुमार लिम्बूको नेतृत्वमा २३ सदस्यीय टोलीको घोषणा गरेका छन्।

न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै मौसममा सुधार, कोशीमा भने जोखिम कायमै

जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन कमजोर भई मौसममा सुधार आए पनि कोशी नदीको चतरा केन्द्रमा बहाव खतराको तहनजिकै रहेकाले बाढी र डुबानको जोखिम रहेको भन्दै सचेत गराएको छ।

बाढी-पहिरोबाट करिब १० करोडको क्षति भएको प्रारम्भिक अनुमान

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले असोज १७ र १८ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर करिब १० करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ।

विपद्का घटनामा देशभर ४९ जनाको मृत्यु, ७ बेपत्ता

सशस्त्र प्रहरी बलका अनुसार बाढी पहिरोमा परेर इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २८ पुग्यो, १२ बेपत्ता

माङसेबुङ गाउँपालिका–१ का दुई जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ।

बालबालिकाको मृत्युपछि भारतका ४ राज्यले लगाए खोकीको सिरपमा प्रतिबन्ध

सन् २०२२ मा गाम्बियामा ७० भन्दा बढी बालबालिकाको मृत्यु भएपछि भारतका औषधीय उत्पादन पुनः गम्भीर छानबिनको दायरामा आएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान नियमित

जहाज उडान तथा अवतरण नियमित भएसँगै अहिले विमानस्थलमा आन्तरिकतर्फ यात्रुको चाप बढेको छ।

तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ पुग्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ।

इलाममा बाढीपहिरो: १८ जनाको मृत्यु

माङसेबुङ–१ पाटीगाउँमा पहिरोमा परेर गम्भीर घाइते भएका दुई जनाको उद्धारका लागि इटहरीबाट नेपाली सेनाको हेलिकप्टर गएको छ।

देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

कोशी र मधेशका धेरै तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। साथै, कोशी र मधेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

बाटोमै अलपत्र यात्रुलाई चितवनका होटलमा ७५ प्रतिशतसम्म छुटको व्यवस्था

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, चितवन प्रवेश गरेका र सवारी आवागमन बन्द भएर गन्तव्यमा पुग्न नसकेका यात्रुहरूलाई जिल्लाभरका होटलमा लिँदै आएको कोठा भाडामा ७५ प्रतिशत शुल्क छुट दिइनेछ।

जोखिममा रहेका करिब ४०० जनालाई  काठमाडौँका ४ विद्यालयमा आश्रय

महानगरले जोखिममा रहेका परिवारलाई आश्रय दिनका लागि करिब ७० वटा सामुदायिक विद्यालयलाई तत्काल आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाइएको जनाएको छ।

प्रधानमन्त्रीको आग्रह

‘जहाँ हुनुहुन्छ, त्यही सुरक्षित बस्नुस्, अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्’

प्रधानमन्त्री कार्कीले असोज १७ गते बेलुकीदेखि भइरहेको निरन्तर भारी वर्षापछि राज्यका सबै निकाय परिचालन गरिएको उल्लेख गर्दै सबैलाई सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरिन्।

तराईमा अति भारी वर्षा, उपत्यकाका नदीमा पनि खतराको तह पार

बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरूमा अति भारी वर्षा भएपछि १० वटा केन्द्रमा खतराको तह पार भएकाले साइरन बजाइएको विभागले जनाएको छ।

कस्तो छ मुख्य राजमार्ग अवस्था?

काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकासहित १३ भन्दा बढी स्थानमा सडक पूर्ण वा आंशिक रूपमा अवरुद्ध छन् भने केही सडकमा विपद् जोखिमलाई मध्यनजर गर्दै सवारीसाधन 'होल्ड' गरिएका छन्।