भाइरल ज्वरोका साथै टाइफाइड, स्क्रब टाइफस, डेंगीलगायत बिरामी फेला परिरहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए।
राष्ट्रियसभा सदस्यले राष्ट्रिय गौरवका आयोजनासम्बन्धी छुट्टै कानून ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
ट्याक्टर सेती नदीमा खस्दा चालकसहित दुई जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
भियतनाममा पिउने पानी र सरसफाइको अभावले करिब ३० लाख मानिस रोगको जोखिममा रहेको युनिसेफले जनाएको छ।
बुधबार बिहान १०:०८ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ५६ हजार ७०० रहेको छापावाल सुन बुधबारका लागि एक लाख ५६ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।
कुण्डको पिँधमा रहेको सानो प्वालबाट कलाकारको शिर हुँदै शरीरभर पानी बग्छ। प्रदर्शनीको मुख्य उद्देश्य पनि यही हो, अवलोकनकर्तालाई प्रदर्शनीको हिस्सा बनाउनु।
अकबरे खुर्सानी बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकमा उत्साह थपिएको छ। खुर्सानी भोजपुरमा मात्र खपत हुँदैन। यसको माग तराईदेखि काठमाडौँसम्म पनि उत्तिकै छ।
बार्यनको जितमा ह्यारी केन एक्लैले ४ गोल गरे। उनी च्याम्पियन्स लिगको एकै खेलमा ४ गोल गर्ने पहिलो इंग्लिस खेलाडी तथा च्याम्पियन्स लिगमा पेनाल्टीमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ शुरू हुन्छ। बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्रश्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
नेपाल वायुसेवा निगमले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना विमानको नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ।
केजरीवालले पार्टी संसदीय दलको बैठकमा आफ्नो उत्तराधिकारीका लागि आतिशीको नाम प्रस्ताव गरेका थिए।
भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ।
राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टदेखि सर्वसाधारणले इन्द्रजात्राको अवलोकन गरेका छन्।
पर्व
विश्वकर्मा भगवनान्को पूजा आराधना गरी मंगलबार वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाएका छन्। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन संक्रान्तिका दिन विभिन्न कलकारखानामा बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ। यस अवसरमा काठमाडौँको भद्रकालीलगायत शक्तिपीठमा सवारीसाधन पूजा गर्नेको घुइँचो लागेको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी
महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कूल विनियोजनको ७.३९ प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख रुपैयाँ बराबर बजेट खर्च भएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले ऐतिहासिक निर्णय गर्दै महिला र पुरुष टी–२० विश्व कपको पुरस्कार रकम बराबर बनाएको छ।
एन्फा महिला लिग फुटबल प्रतियोगितामा संकटा क्लबलाई विभागीय टोली एपीएफले हराएको छ।
बाढीका कारण नाइजेरियामा तीन करोड २० लाख मानिस गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेको ओसीएचएले पुष्टि गरेको छ।