जहाज दुर्घटना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको छ। काठमाडौँबाट पोखरा उडानका क्रममा दुर्घटना भएको हो। जहाजमा चालक दलका दुईसहित १९ जना सवार थिए। \r\n\r\n
विद्युतीय माध्यामबाट हुने कारोबारलाई निमयन तथा व्यवस्थित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो विधेयक संसद्मा लगेको हो।
विभिन्न अभियोगमा छानबिन प्रकृयामा रहेका एवं सामाजिक र नैतिकरूपमा विवादित व्यक्तिलाई सार्वजनिक पदमा नियुक्तिका लागि सिफारिस भएको विषयमा ध्यानाकर्षण भएको आयोगले जनाएको छ।
बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइका लागि प्रस्तावित आयुक्त प्रधानलाई बोलाएको थियो।
नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ गरेका छन्।
पछिल्ला ६ कारोबार दिनदेखि निरन्तर बढीरहेको शेयरबजार आज २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा झरेको छ।
मृत्यु भएकाहरूको शव नेपाल झिकाउन अहिलेसम्म २२ जनाको डीएनए परीक्षणका लागि पठाइएको छ।
प्रहरीका अनुसार जहाजमा पाइलटसहित १९ जना सवार थिए। उनीहरू सबै एयरलाइन्सकै कर्मचारी हुन्।
जहाजमा दुईजना चालक दलका सदस्य र अन्य १७ जना प्राविधिक तर्फका कर्मचारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।
सौर्य एयरको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले बताए।
देवीघाट–गल्छी सडकको दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ।
दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा आइतबार साँझ र सोमबार बिहान पहिरो गएको थियो। पहिरोमा परी मृत्यु हुनेमा १४८ पुरुष र ८१ महिला छन्।
सूर्यगढी गाँउपालिका–४ अर्चलेमा मंगलबार बस्ती माथिबाट आएको पहिरोले कमलबहादुर तामाङको पक्की घर र किराना पसल बगाएको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
एसीसी महिला एशिया कपअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिकास्थित हिउँदे खोलानजिकै सडक भासिएपछि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरीले लागुऔषध सेवन गरी लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको भन्दै एक जनालाई नियन्त्रणमा लिएको छ।
बाढीका कारण १८४ घर डुबानमा परेका, २३५ वटा घर, ८६ वटा गोठ, ४३ वटा पुल, दुई/दुई विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ।
समितिलाई समकक्षताको प्रमाणपत्र दिँदा भएका काम कारबाहीका सम्बन्धमा प्रतिनिधिसभा सदस्यबाट उठाइएको विषयमा आवश्यक छानबिन गरी सात दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न भनिएको छ।
बेलायतका राजा चार्ल्स तृतीयले दुर्लभ सुनौलो रंगको बाख्राको नस्ललाई शाही उपाधि प्रदान गरेका हुन्।