AnonymousUser

Logout

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा कांग्रेसका २७, राप्रपाका दुई, स्वतन्त्र सांसद एक र नेसपाका फणीन्द्र देवकोटाले मत दिए।

बयालपाटा अस्पताल सञ्चालनका लागि अत्यावश्यक बजेटको व्यवस्था गर्न माग

सरोकारवालाले सुदूरपश्चिमका मुख्यमन्त्रीसँग बयालपाटा अस्पतालको सञ्चालन तथा व्यवस्थापनका लागि अत्यावश्यक बजेटको सुनिश्चितता गरिदिन माग गरेका छन्।

गृहमन्त्रीलाई निलम्बन माग गरिएको रिटमा जीबी राईविरुद्धको मुद्दाको मिसिल झिकाउन आदेश

सर्वोच्च अदालतले गृहमन्त्री लामिछानेविरुद्धको रिटमा जीबी राईसमेत रहेको सहकारी ठगी मुद्दाको मिसिल रुपन्देही जिल्ला अदालतबाट झिकाउन आदेश दिएको छ।

प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा २ शिक्षक पक्राउ

प्रश्नपत्रको गोपनीयता भंग तथा परीक्षाको मर्यादा विपरीत कार्य गरेको आरोपमा प्रहरीले दुई शिक्षकलाई काठमाडौँबाट पक्राउ गरेको छ।

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

सोमबार एक करोड १६ लाख ३४ हजार ६१८ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ४९ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

जुद्धोदय स्कुलको जग्गामा सञ्चालित सटर काठमाडौँ महानगरले बन्द गरायो (तस्वीरहरू)

काठमाडौँ महानगरपालिकाले क्षेत्रपाटीस्थित जुद्धादय माध्यमिक विद्यालयको जग्गामा निर्माण गरिएका व्यावसायिक सटरहरू बन्द गराएको छ।

भित्रियो यस वर्षको मनसुन प्रणाली

कोशी प्रदेशको पूर्वी भू–भाग हुँदै मनसुन प्रणाली भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

बेरुजु फर्स्योटमा देखिएका समस्या समाधान गर्न संसदीय समितिको निर्देशन

बेरुजु फर्स्योट र सरकारी बाँकीसरह असुलउपर गर्नुपर्ने रकम असुल गर्ने कार्यमा देखिएका समस्या समाधानका लागि निर्देशन दिइएको लेखा समिति सभापति ऋषिकेश पोखरेलले जानकारी दिए।

प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्रीको भेटवार्ता

प्रतिनिधिमण्डलस्तरीय भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सवारी दुर्घटनामा मृत्यु भएकी निर्मला अधिकारीका आफन्तले हेटौँडामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

इजरायलका 'वार क्याबिनेट' मन्त्रीले दिए राजीनामा, प्रधानमन्त्री नेतन्याहूसँग असन्तुष्ट

प्रधानमन्त्री नेतन्याहूप्रति असन्तुष्ट बेनी गान्ट्जले यो निर्णय ‘गहिरो मनका साथ लिएको’ बताए।

विद्यार्थीलाई कपाल काट्ने सीप सिकाउँदै भुम्रे मावि

स्याङ्जाको वालिङ–९ मा स्थित भुम्रे माध्यमिक विद्यालयले कक्षा ८, ९ र १० मा अध्ययनरत इच्छुक छात्रछात्रालाई निःशुल्करूपमा कपाल काट्ने तालिम सञ्चालन गरेको  हो।

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दाहाल आइतबार भारत गएका थिए।

विश्वकप क्रिकेट खेल्न पाउने भए सन्दीप, वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुने 

सन्दीपको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बांग्लादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने क्यानले जनाएको छ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ घाइते

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

टी–२० विश्वकप: पाकिस्तानको लगातार दोस्रो हार, भारतसँग ६ रनले पराजित

भारतले दिएको १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो।

केशर महल

पुनर्निर्माणपछिको केशर महल

काठमाडौँ– विसं २०७२ को गोरखा भूकम्पले क्षतिग्रस्त भएको केशर महलको पुनर्निर्माण कार्य साढे तीन वर्षमा समापनको संघारमा पुगेको छ। पुनर्निर्माणका लागि करिब ५९ करोड रुपैयाँ खर्च गरिएको छ। केशर महलमा यतिबेला सार्वजनिक खरिद अनुगमन कार्यालय, केशर पुस्तकालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सर्ने क्रम शुरू भएको छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी

मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका २ प्रहरीको मृत्यु

फिक्कल गाउँपालिका–५ झगरेबेँसीस्थित भित्री सडकखण्डमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु भएको छ।

भारतको प्रधानमन्त्रीमा मोदीसँगै ३० क्याबिनेट मन्त्रीले लिए शपथ     

नरेन्द्र मोदीले आइतबार लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।