AnonymousUser

Logout

गृहसँग सम्बन्धित कानून र कागजात एकै स्थानमा उपलब्ध हुने

दिग्दर्शनमा २६ ऐन, २४ नियम, १४ कार्यविधि, दुई नीति, आठ निर्देशिका, ११ वटा मापदण्डलगायत हालसम्मका परिपत्र समावेश गरिएको मन्त्रालयले जनाएको छ।

सोनिया गान्धी कांग्रेस संसदीय दलको अध्यक्ष चयन

भारतीय राष्ट्रिय कांग्रेस संसदीय दलको अध्यक्षमा सोनिया गान्धी सर्वसम्मत चयन भएकी छन्।

नेवारी परिकार प्रवर्द्धन गर्न भक्तपुरमा ‘वः फेस्टिभल’ आयोजना

नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुरको मध्यपुरथिमिमा 'वः फेस्टिभल' अर्थात् बारा महोत्सव आयोजना गरिएको छ।

पर्वतमा जेठोबुढो धानको उन्नत बीउ उत्पादन गरिँदै

परियोजनाले बीउका साथै आवश्यक प्राविधिक सहयोग गर्ने भएपछि कतिपय कृषकले बाँझै रहेको जग्गा खनजोत गरेर धानखेती गर्न थालेका छन्।

जरबेरा फूलखेतीबाट वार्षिक १० लाख आम्दानी गर्दै गुण्डुका किसान

भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुमा मात्रै एक सयभन्दा बढी घरपरिवारले व्यावसायिक फूलखेती गरेका छन्।

स्थानीयले संरचना हटाउन आनाकानी गर्दा मुग्लिन–पोखरा सडकको काममा विलम्ब

सडकको मापदण्ड विवादका कारण केही घरधनीले संरचना नहटाउँदा दमौली बजारको मुख्य चोक धुलाम्य छ‍।

जीर्ण विद्यालय भवनमा पढ्न बाध्य छन् विद्यार्थी

नर्सरीदेखि कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा पानी परेसँगै विद्यार्थी झोला लिएर ओत खोज्न जानुपर्ने बाध्यता छ।

नारायणघाट–बुटवल सडकको दुरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

नारायणघाट–बुटवल सडकको दुरावस्थाका कारण वार्षिक ६ लाख पर्यटकमात्र पुग्ने गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए। 

‘कार फ्री डे’मा यस्तो देखियो हाँडीगाउँ (तस्वीरहरू)

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डबली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरिएको छ। 

न्युजिल्यान्डमाथि आफगानिस्तानको सानदार जित

१६० रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ७५ रनमा अलआउट भयो। अफगानिस्तानका राशिद खान र फजहल फारुकीले समान ४–४ विकेट लिए।

अतिक्रमित जमिन खाली गराउन सुदूरपश्चिम विश्वविद्यालयको पहल

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तले सार्वजनिक जग्गा एवं सम्पत्तिको संरक्षण र अतिक्रमण खाली गराउने अभियानमा सरोकारवाला निकायले पनि साथ दिनुपर्ने बताए।

विज्ञान, प्रविधि, नवप्रवर्तनमा सहयोग बढाउन आशियान मन्त्रीहरूको बैठक

‘कृत्रिम बुद्धिमत्ता अनुप्रयोग: भविष्य नेभिगेटिङ’को विषयवस्तुअन्तर्गत १० आशियान सदस्य राष्ट्रका मन्त्री र तिनीहरूका प्रतिनिधिको बैठक बसेको हो। 

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री नियुक्त

तेस्रोपटक भारतको प्रधानमन्त्री नियुक्त भएका नरेन्द्र मोदीको शपथ समारोह आगामी आइतबार हुने तय भएको छ।

यसवर्ष पनि भएन मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडक कालोपत्र

पहिलो खण्डको काम सम्पन्न गर्न शुरूमा ३९ करोड ७१ लाख रुपैयाँमा सम्झौता गरिएकामा अहिले लागत बढेर ४३ करोड ६५ लाख रुपैयाँ पुगेको इन्जिनियर ढकालले जानकारी दिए।

गृह मन्त्रालय सुधारको खाका बनाउन गठित अध्ययन समितिले बुझायो प्रतिवेदन

पूर्वमुख्यसचिव लीलामणि पौडेल नेतृत्वको समितिले मन्त्रालय र मातहत निकायको कार्य सम्पादन सुधार गर्न कर्मचारीको कार्य क्षमता तथा वृत्ति विकास र संगठन तथा व्यवस्थापनका विषय समेटेर प्रतिवेदन पेश गरेको छ।

गाँजाखेतीबारे के भन्छन् नीतिनिर्माता र विज्ञ?

काठमाडौँ विश्वविद्यालयका अनुसन्धानकर्ता प्राडा. पन्ना थापाले नेपालमा विभिन्न प्रकारका गाँजा पाइने र वैज्ञानिक अनुसन्धान गर्न स्वीकृति दिनुपर्नेमा जोड दिए।

काँकडभिट्टा नाकाबाट हुने नेपाल-बांग्लादेश व्यापार निरन्तर घाटामा

बांग्लादेशमा अदुवा, अलैँची, अम्लिसो तथा जडीबुटी निर्यातको सम्भावना धेरै छ। नेपाल सरकारले यी वस्तुको निर्यातमा अनुदानको व्यवस्था गरी प्रोत्साहन दिन सकेमा निर्यात बढ्ने व्यवसायीहरूको भनाइ छ। 

पश्चिम क्षेत्रको मौसमी राडार २ वर्षदेखि बन्द

दुई वर्षअघि राडार बिग्रिए पनि मर्मतका लागि बजेट नभएकाले बन्द गर्नुपरेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् नीराजन सापकोटा बताउँछन्।

पहिरोले पुरिँदा ‘लोडर’ चालकको मृत्यु

निर्माणाधीन सुपर न्यादी आयोजनाको ‘लोडर’ चालकको पहिरोले पुरिएर मृत्यु भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।