सडकको मापदण्ड विवादका कारण केही घरधनीले संरचना नहटाउँदा दमौली बजारको मुख्य चोक धुलाम्य छ।
तनहुँ– निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ। सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानी गर्दा सडक विस्तार प्रभावित भएको हो।
वडा कार्यालयले सडकखण्डमा पर्ने घरटहरा अविलम्ब हटाउन सम्बन्धित घरधनीलाई अनुरोध गरेको छ। वडा अध्यक्ष शिवकुमार श्रेष्ठले बुधबार सूचना प्रकाशन गरी घरधनी परशुराम अधिकारी, प्रकाश अधिकारी, ध्रुव प्रधान, पम्फा श्रेष्ठ, टीकाराम अधिकारी, शुकबहादुर, कृष्णकुमारी कायस्थ र भक्तबहादुर सुनारलाई सडक क्षेत्रभित्र पर्ने आफ्ना घरटहरा अविलम्ब हटाइ सडक विस्तारमा सहयोग गर्न अनुरोध गरेका छन्।
गाउँपालिकाको खण्डमा सडक निर्माण क्षेत्रमा पर्ने हटाउनुपर्ने घरटहरामध्ये अधिकांश घरटहरा सम्बन्धित घरधनीले हटाइ सडक निर्माण विस्तारमा सहयोग भइरहेकामा उक्त सात जना घरधनीले पटक–पटक आग्रह गर्दा पनि सडक मापदण्डभित्र पर्ने संरचना पूर्ण रूपमा नहटाएको जनाइएको छ। सोका कारण सडक निर्माणमा अवरोध भइरहेको जानकारी हुन आएको हुँदा सडक मापदण्डभित्र पर्ने संरचना यथाशीघ्र हटाइ सडक निर्माणमा सहजीकरण गरिदिन आग्रह उनले गरेका हुन्।
साथै सडक मापदण्डभित्र पर्ने संरचना नहटाइएको पाइएमा नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाइने वडा अध्यक्ष श्रेष्ठले जानकारी गराए। मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले यही जेठ १३ गते गाउँपालिकालाई उक्त सात जना घरधनीले सडक मापदण्डमा पर्ने घर टहरा नहटाएको भनेर पत्र पठाएको थियो। सडक विस्तारमा अवरोध भएको हुँदा हटाउनुपर्ने घर टहरा अविलम्ब हटाउनेमा आवश्यक समन्वय र सहयोग गर्न अनुरोध गरिएको थियो।
एशियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित साबिक मुग्लिन–पोखरा राजमार्ग सुधार योजनाअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्म दुई खण्डमा सडक विस्तार भइरहेको छ। उक्त दुवै खण्डको सडक निर्माणका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता भई निर्माण भइरहेको छ।
उक्त सडक निर्माणका लागि मुआब्जा र क्षतिपूर्ति वितरण भइसकेको अवस्थामा गाउँपालिकाको खण्डमा सडक निर्माण क्षेत्रमा पर्ने हटाउनुपर्ने घरटहरामध्ये सात जना घरधनीले सडक क्षेत्रमा पर्ने घरटहरा नहटाउँदा सडक विस्तारमा अवरोध भएको सडक विस्तार आयोजनाले जनाएको हो।
यसैगरी पूर्वी खण्डअन्तर्गत नै दमौली बजारमा संरचना नहटाउँदा काम अगाडि बढेको छैन। सडकको मापदण्ड विवादका कारण केही घरधनीले संरचना नहटाउँदा दमौली बजारको मुख्य चोक धुलाम्य छ।
पूर्वी खण्डमा हालसम्म ६० प्रतिशत प्रगति भएको छ। यो खण्डको म्याद गत वैशाख २ गते सकिएकामा एक सय ५५ दिन म्याद पुनः थप गरिएको छ। पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार विविध कारणले समयभित्रै काम सम्पन्न हुन नसकेपछि म्याद थपको निर्णय गर्नुपरेको हो।
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम शुरू भएको थियो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ। आँबुखैरेनीदेखि जामुनेसम्म २२ दशमलव पाँच किमी चार लेन र ७.५ किमी दुई लेनमा कालोपत्र सकिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
