AnonymousUser

Logout

विश्वासको मतका लागि प्रधानमन्त्री दाहालले राखेको प्रस्ताव बहुमतले पारित

सोमबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसको विरोधका बीच विश्वासको मतका लागि प्रधानमन्त्री दाहालले राखेको प्रस्ताव बहुमतले पारित भएको हो।

कांग्रेसको विरोधका बीच प्रधानमन्त्री दाहालद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

आजै १५ मिनेटका लागि स्थगित बैठक पुनःशुरू भएलगत्तै कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै वेल घेराउ र नाराबाजी गरिरहेका छन्।

सुनको मूल्य तोलामा ९०० ले वृद्धि

स्थानीय बजारमा सूनको मूल्य एक लाख ४१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ।

पारलम्पिक छनोट खेल्न थाइल्यान्ड गए टेबलटेनिस खेलाडी केशव

राष्ट्रको प्रतिनिधित्व गरेर छनोट खेल खेल्न जान लागेको खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद‍्ले कुनै सहयोग नगरेको प्रशिक्षक वसन्त भारतीले गुनासो गरे।

दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु, कसले सम्हाल्लान् जिम्मेवारी

इरानको संविधानमा व्यवस्था भएबमोजिम, प्रथम उपराष्ट्रपतिले राष्ट्रपतिको कार्यभार ग्रहण गर्नेछन्। तर, ५० दिनभित्र भने नयाँ राष्ट्रपति चयन गर्न चुनावमा जानुपर्ने हुन्छ।

महिलाले लगाएको गहना लुटपाट गर्ने २ जना पक्राउ

काठमाडाैँको बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

मकवानपुरमा २ जनाको ज्यान लिने नरभक्षी बाघ मर्‍यो

सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो।

इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनाः प्रतिकूल मौसमका कारण उद्धारमा समस्या

इरानको सरकारी टिभीले एक अधिकारीलाई उद्धृत गर्दै कम्तिमा एक चालक दलका सदस्य उद्धारकर्ताहरूसँग सम्पर्कमा रहेको बताएको छ।

आईपीएल: वर्षाले खेल रद्द हुँदा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले अंक बाँडे 

क्वालिफायर १ खेल्नका लागि कोलकाताले राजस्थानलाई जित्नै पर्ने दबाब रहेको खेल वर्षाका कारण प्रभावित भएपछि अब एलिमिनेटर खेल्नु पर्ने भएको छ।

म्यानचेस्टर सिटीलाई लगातार चौथोपटक प्रिमियर लिगको उपाधि

इंग्लिस फुटबलको १३६ वर्षको इतिहासमा लगातार चार पटक शीर्ष डिभिजनको उपाधि जित्दै सिटीले कीर्तिमानी कायम गरेको छ।

कोशी, मधेश र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

अहिले कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङका साथै हावाहुरीसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिममा ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका प्रमुख गणेशप्रसाद उपाध्यायले झन्डै ४० प्रतिशत नागरिकले पाइप लाइनबाट वितरित फिल्टर जडान नभएको खानेपानी र हेन्डपम्पको खानेपानी उपभोग गरिरहेको बताए।

‘यसपालि पतिंगर समेट्न सकिइएन, बर्खामा कसरी खाना पाक्ला?’

यसपालि वनमा पतझर झर्नेबित्तिकै डढेलो लागेकाले महोत्तरीको झुपर बस्तीका स्थानीयले पतिंगर सोहोर्न पाएनन्। बर्खामा खानेकुरा केले पकाउने भन्ने चिन्तामा उनीहरू पिरोलिएका छन्।

इरानका राष्ट्रपति चढेको हेलिकप्टरको ‘हार्ड ल्यान्डिङ’

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिनिधिसभामा गृहमन्त्रीको सम्बोधनलगत्तै कांग्रेसको विरोध, बैठक सोमबारसम्म स्थगित

गृहमन्त्रीको सम्बोधनलगत्तै कांग्रेसका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।

जसपा नेपालबाट अलग्गिएका सांसदलाई मतदानमा भाग लिन नदिन उपेन्द्रको रिट

जसपा, नेपालबाट अलग्गिएर छुट्टै पार्टी गठन गरेका सात सांसदलाई प्रधानमन्त्रीको विश्वास मतदान प्रक्रियामा सहभागी नगराउन माग गर्दै उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।

उदयपुरमा चट्याङबाट १ जनाको मृत्यु, हावाहुरीले करोडौँको क्षति

हावाहुरीले चौदण्डीगढी नगरपालिकाको हडिया, सुन्दरपुर र बेलका नगरपालिका आम्बासी, भागलपुर, पुरनदह क्षेत्रमा सयौँ घरको टिनको छानो उडाएको प्रहरीले जनाएको छ।

नेप्से परिसूचक ४५.६९ अंकले बढ्दा पाँच अर्ब २५ करोडको बारोबार

आइतबार ३२३ कम्पनीको एक करोड २२ लाख ४० हजार ८०२ कित्ता शेयर ७४ हजार ९९१ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २५ करोड १० लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित

दोस्रो पटक पनि तोकिएको समयमा बैठक बस्न नसकेपछि सोमबारसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

जंगलको जग्गा व्यक्तिका नाममा दर्ता, टीकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले जंगलको जग्गा व्यक्तिका नाममा पुर्‍याएको अभियोगमा टीकापुर मालपोत कार्यालयका तत्कालीन प्रमुख, जग्गाधनीसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।