AnonymousUser

Logout

च्याम्पियन्स लिग: पहिलो लेगमा पीएसजीविरुद्ध बार्सिलोनालाई अग्रता

पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको खेलमा बार्सिलोना ३–२ ले विजयी भएको हो। 

इस्लाम धर्मावलम्बीले इद मनाउँदै, देशभर सार्वजनिक बिदा

बुधबार चन्द्रमा नदेखिएकाले बिहीबार इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए। ‘सेवइ’ खाएर र सामूहिक रूपमा नमाज पढेर यो पर्व मनाइन्छ।

देशका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना

दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ।

मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

मानव बेचबिखन तथा ओसारपसारको आरोपमा रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले पक्राउ परेका छन्।

युरोपमा अनियन्त्रित आप्रवासन: यस्तो छ ईयूले ल्याउन खोजेको सुधार

पछिल्लो समय नेपालीहरूको नयाँ रोजगार गन्तव्य बन्दै गएको युरोपमा अनियमित आप्रवासन बढीरहेको छ। यसैलाई सुधारका लागि युरोपेली संसद्ले बुधबार मतदान गरेको छ।

वन डढेलो संकट घोषणा गर्न माग

नेपाल वन प्राविधिक संघले वन ढडेलो संकट घोषणा गर्न सरकारसमक्ष माग गरेको छ।

गण्डकीका मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश– ‘दीर्घकालीन असर पर्ने काम नगर्नू’

अदालतले मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ।

दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल: आर्मी र जावलाखेललाई उपाधि

प्रतियोगिता 'नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ'को आयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार सम्पन्न भएको हो।

हेपाटाइटिसबाट विश्वभर दैनिक साढे ३ हजार मानिसको मृत्यु

संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेन्सीका महानिर्देशक डा. गेब्रेयससले प्रतिवेदनले विचलित पार्ने चित्र देखाएको बताएका छन्।

राष्ट्रियसभा उपाध्यक्षमा बिमला घिमिरे निर्वाचित

एमालेकी सांसद बिमला घिमिरेको पक्षमा ३९ सांसदहरूले मतदान गरेका थिए भने विपक्षमा १६ मत परेको थियो।

६ वर्षपछि सार्वजनिक भयो चिकित्सा शिक्षा जाँचबुझ प्रतिवेदन

चिकित्सा शिक्षा क्षेत्रमा देखिएका समस्याबारे समाधानका उपायसहितको प्रतिवेदनको सिफारिस अनुसार तत्काल कार्यान्वयन शुरू हुने मन्त्रालयले जनाएको छ।

यसरी सफा गरिँदैछ रुद्रमती (तस्वीरहरू)

काठमाडाैँ महानगरको श्रम बैंकबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर नदीको सफाइ थालिएको हो।

दश करोड भन्दा बढीको अवैध सामान बरामद

अवैधरूपमा हुने चोरी निकासी कारोबारीमा कडाइ गरेपछि भन्सार राजस्वमासमेत वृद्धि भएको छ।

झन्डै ११ अंकले घट्यो शेयरबजार, साढे तीन अर्ब पनि पुगेन कारोबार

यसअघि लगातार दुई दिन बढेको नेप्से बुधबार १०.७१ अंकले घटेर २०२५.३० विन्दुमा झरेको छ। 

पतञ्जलीले दोस्रो पटक मागेको माफी पनि सर्वोच्चद्वारा अस्वीकार, कारबाही गर्ने चेतावनी 

भ्रामक विज्ञापनको मुद्दामा रामदेव र पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक बालकृष्णले मागेको माफी अदालतले दोस्रो पटक पनि खारेज गरेको छ।

प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभा वैशाख २ गतेसम्मलाई स्थगित

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको सदन अवरोधका कारण बैठक ४ दिनका लागि स्थगित गरिएको हो।

बागमतीका नगरप्रमुख भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पाँच करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उपनिर्वाचनका लागि आचारसंहिता लागू

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न प्रतिनिधिसभाको इलाम– २ र बझाङको प्रदेशसभा (१) निर्वाचन क्षेत्रमा आचारसंहिता लागू भएको छ।

‘स्थानीय सरकार कमजोर हैनन्, एकात्मक शासनमा रमाएकाले अधिकार दिन नचाहेर क्षमताको प्रश्न उठाए’

‘विधिको शासन अन्त्य हुनु भनेको बलियोले निर्धालाई सिध्याउनु हो। संघ सरकारले स्थानीय तहको कर्तव्यलाई आफ्नो ठान्नु भएन। संघको कर्तव्यलाई स्थानीय तहले पनि आफ्नो ठान्नु हुँदैन।’

पाकिस्तानी सिनेटको अध्यक्षमा पूर्वप्रधानमन्त्री गिलानी निर्वाचित

पाकिस्तान पिपुल्स पार्टीको तर्फबाट निर्वाचित सांसद गिलानी सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए।