घोडाघोडी नगरपालिका–१० का २७ वर्षीया श्रीमालु र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको धुरीमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
नैनीतालको बेतालघाट मल्लागाँउबाट टनकपुरतर्फ आइरहेको जिप मंगलबार बिहान दुर्घटना भएको हो। मृत्यु भएका सबै नेपाली नैनीताल क्षेत्रमा पानी सम्बन्धी परियोजना निर्माणमा मजदुरी गर्दै आएका थिए।
सोमबार प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख ३६ हजार ३०० रुपैयाँ पुगेको छ।
मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ।
विद्युत् अवरुद्ध हुँदा पातारासी पालिकाका–४, ५ र ६ वडाका करिब ८०० घर विद्युत् सेवाबाट वञ्चित भएका छन्। गाउँपालिका, वडासहित अन्य सरकारी निकाय, बैंक तथा वित्तीय संस्थाको सेवा प्रभावित भएको छ।
मटिहानी बजारमा सञ्चालित भरत फर्निचर उद्योगमा आगलागी हुँदा ३५ लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको हो।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाढीग्रस्त क्षेत्रको भ्रमण गर्ने कुनै योजना नभएको बताएपछि स्थानीय प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले आर्थिक सहयोगको माग गरेका छन्।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
घोडेजात्रा
घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गरेको छ। सेनाले प्रदर्शन गरेको अश्वकला अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशलगायत टुँडिखेल पुगेका थिए। \n\nसो क्रममा घोडादौड, म्युजिकल रेस, सोजम्मलगायत प्रतिस्पर्धा गराइएको थियो भने सैनिक कुकुरको कौशल प्रस्तुत गरिएको थियो। प्रदर्शनमा उत्कृष्ट हुनेहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरेका थिए।\n\nकाठमाडौँ उपत्यकाका नेवार समुदायले चैत्र कृष्ण औँसी तिथिमा मनाइने घोडेजात्रालाई ठूलो चाडको रूपमा पनि मनाउने गर्दछन्। यस दिन विवाह भएर गएका आफ्ना छोरीचेलीलाई बोलाएर भोज खुवाउने प्रचलन छ भने काठमाडौँको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ या पिशाचेश्वर महादेवको पूजाअर्चना गर्ने पनि परम्परा छ। तस्वीर : कृष्पा श्रेष्ठ
बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदामघरमा भएको आगलागीबारे छानबिन गर्न एआईजी वंशीराज दाहालको अध्यक्षतामा नौ सदस्यीय छानबिन समिति गठन भएको छ।
नेपालले घरेलु मैदानमा वेस्टइन्डिज ‘ए’ टिमसँग पाँच खेलको टी२० शृंखला खेल्ने भएको छ।
मंगलबारदेखि शुरू हुने दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा १३ टोली सहभागी हुने भएका छन्।
संसदीय समितिले राष्ट्रिय सुरक्षासँग जोडिएका विभिन्न ६ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाई गर्ने गरी सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ सम्बन्धी प्रतिवेदन पारित गरेको छ।
बलम्बुस्थित सशस्त्र प्रहरीको गोदामघरमा आगलागी भएको छ।
नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान यथावत् राखेपछि प्रतिनिधिसभा बैठकलाई सहज बनाउने विषयमा सभामुखले बोलाएको बैठक निष्कर्षविहीन भएको छ।
कांग्रेसका केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ।
नागरिकताका आधारमा प्रतिव्यक्ति १० किलो नुन वितरण गर्दै आइएको सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले बताए।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा ६ सयले वृद्धि भएको छ।
नदीमा जलविद्युत् बाँध निर्माण र अतिक्रमणले साहसिक जलयात्रा पर्यटन पूर्णरूपमा विस्थापित हुने व्यवसायीहरूको भनाइ छ।