कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको हो।
अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न निवेदन बुझाएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिए।
नेपाली बजारमा छापावाल सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार ९०० रुपैयाँले वृद्धि भएको छ।
डिसेम्बरदेखि मेक्सिकाली दूतावासमा बस्दै आएका पूर्वउपराष्ट्रपति जर्ज ग्लासलाई गिरफ्तार गर्न इक्वेडरको प्रहरी राजधानी क्विटोस्थित दूतावासमा प्रवेश गरेको थियो।
निर्धारित ९० मिनेटमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा मच्छिन्द्रका छिरिङ गुरुङ र हिसुब थपलियाले गोल गर्दै उपाधि दिलाए।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकीसहित पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
इजरायली सेनाले अक्टोबर ७ मा दक्षिणी इजरायली समुदायमाथि भएको आक्रमणका क्रममा हमासले बन्धक बनाएका इलाद कात्जिरको शव बरामद गरेको जनाएको हो।
निर्वाचन आयोगका अनुसार इलाममा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि स्वतन्त्र आठसहित २० जनाले शनिबार मनोनयन पत्र दर्ता गराएका छन्।
आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा (१) मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ।
गर्मी
गर्मी शुरू भएसँगै सिन्धुपाल्चोकको सुकुटेमा पर्यटकको चहलपहल बढेको छ। काठमाडौँदेखि नजिकै रहेको सुकेटेमा व्यस्त जीवन र थकान मेट्न मानिसहरू पुग्न थालेका छन्। सुनकोशीको माछा र र्याफ्टिङ प्रमुख आकर्षण हुन्। यहाँको र्याफ्टिङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ। सिजनमा शुक्रबार र शनिबार सुनकोशीमा ट्राफिक जाम नै हुने गरेको छ।\n\n
लेखक दर्लामी ‘मारीखोलाको ढुङ्गो’ उपन्यासमा आफूले देखेको र भोगेको समयलाई इमानदारीपूर्वक उतारेको बताउँछन्।
कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई वर्तमान अवस्थामा बहुमत ल्याउने पार्टी बनाउनु अपरिहार्य भएको बताएका छन्।
हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ।
लुम्बिनीमा सम्पन्न भएको अन्तर्राष्ट्रिय पिस म्याराथनको सबै पुरस्कार नेपाली धावकले जितेका छन्।
‘जो गाईको रक्षक हुन्, उनीहरूलाई गोर्खा सेनामा पठाइएन। आदिवासीहरूलाई भर्ती गराउँदा धर्मको महलमा हिन्दू लेख्न लगाइन्थ्यो वा गल्लावालहरूले त्यही लेखिदिन्थे तर हिन्दू थिएनन्।’
हाते पम्पबाट तानिएको दूषित पानीसेवन गर्दा चारदेखि आठ वर्ष उमेर समूहका बालबालिकाको मृत्यु भएको छ।
श्रेष्ठले निर्धारित २१.१ किमीको दुरी एक घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै उपाधि चुमेकी हुन् ।
देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लट्ठा चुँडिएकाले आवागमन बन्द गरिएको विदुर नगरपालिकाले जनाएको छ।
राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा चेन्नाईले दिएको १६६ रनको लक्ष्य घरेलु टोली हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका पहाडी तथा तराईका विभिन्न स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।