स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताए।
पक्राउ परेकामध्ये झापाका केदार चौधरीले ३५ जनालाई बेलायत पठाइदिन्छु भन्दै ९ देखि २० लाख रुपैयाँसम्म लिएर ६ करोड रुपैयाँ ठगेको आरोप छ।
बागमती प्रदेशमा नेकपा एमालेका तर्फबाट नियुक्त भएका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
बसको ठक्करबाट विगु गाउँपालिका–३ बुलुङकी एक महिलाको मृत्यु भएको छ।
मंगलबार नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ को विन्दुमा कायम भएको हो।
खामलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको परिसर प्रमुख, एसएसपी भूपेन्द्र खत्रीले बताए।
जसपाका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले संविधान र अहिलेको व्यवस्था नै समाजवादको वाधक भएको टिप्पणी गरेका छन्।
पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा एक दम्पती मृतावस्थामा भेटिएका छन्।
विश्वभरका वैज्ञानिकहरूले केही समयदेखि रकेटलाई यातायातको माध्यमको रूपमा प्रयोग गर्ने सम्भावनाको खोजी गरिरहेका छन्।
सांसदले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न ध्यानाकर्षण गराएका छन्।
इजरायली सेनाले अल–शिफा अस्पताल र त्यस वरपर दुई हप्ता लामो सैन्य अभियान समाप्त गरेपछि सोमबारको आक्रमण भएको हो। आक्रमणबाट अस्पतालको सबैभन्दा ठूलो भवन भग्नावशेषमा परिणत भएको छ।
मार्कीचोक–नयाँ भरतपुर खण्डमा ८० वटा टावर निर्माण गर्नुपर्ने छ। त्यसमध्ये ३५ वटाको जग हालिएको छ। पाँच वटा टावर खडा गरिएको छ।
सोमबार एक लाख ३१ हजार ६०० रुपैयाँ पुगेको छापावाल सुन एक लाख ३१ हजार २०० रुपैयाँमा झरेको छ।
बागमतीमा अझै चार वटा मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ। एक साताभित्र मन्त्रिपरिषद् विस्तार एवं कार्यविभाजन गरिसक्ने मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए।
कैलालीका विभिन्न गाउँका किसान व्यावसायिक रूपमा च्याउखेतीमा लागेका छन्। यस खेतीबाट लगानीको तीन गुणासम्म आम्दानी लिन सकिने उनीहरूको भनाइ छ।
सहकारी विभागका अनुसार नेपालमा सहकारीको संख्या ३१ हजारभन्दा धेरै छ, जसमा ७३ लाख ८१ हजार सदस्य छन्।
राजस्थान ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा छ। एक मात्र जितविहीन टोली मुम्बई तालिकाको पुछारमा छ।
कोशी, बागमती, गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो।
वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन्।