AnonymousUser

Logout

आईपीएल: दिल्लीसँग चेन्नई २० रनले पराजित

आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको हो।

यस्तो रहनेछ सोमबारको माैसम

गण्डकी प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

निगमले प्रतिलिटर ४ रुपैयाँले बढायो पेट्रोलको मूल्य

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँका दरले बढाएको छ।

नक्कली बिल र स्टिकरबारे आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिने–दिने प्रणाली प्रभावकारी बनाउनुपर्ने प्रधानमन्त्री दाहालले बताए।

कास्की जिप दुर्घटनामा २ जनाको मृत्यु

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा भएको दुर्घटनामा परी घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

अनलाइनमार्फत ठगी गरेको आरोपमा वीरगन्जबाट ३ चिनियाँ नागरिक पक्राउ

अनलाइन लोटरी तथा सपिङको प्रलोभन देखाइ नेपाली तथा विदेशी नागरिकलाई ठगी गरेको आरोपमा प्रहरीले तीन चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

क्यानडा पठाइदिने भन्दै ४० लाख ठगी, १ जना पक्राउ

क्यानडामा पठाइदिने नाममा आकर्षक तलबको प्रलोभनमा पारी पीडितबाट ४० लाख रकम लिई सम्पर्कविहीन भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

हंसमुखी डुंगामा भालुको सवारी

पार्क घुम्न जाने पर्यटकहरूले ती भालुलाई भाग्यमानी भालु भन्ने गरेका छन्।

वर्षमा दुईपटक भर्नाको नीति ल्याउने शिक्षा मन्त्रालयको तयारी

शिक्षासचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसईई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुईपटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताएका छन्।

महाराजगन्ज नगरपालिका–२ का वडा अध्यक्ष १५ हजार घुससहित पक्राउ

अख्तियारले कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ का वडा अध्यक्ष उजेर अलिलाई घुससहित पक्राउ गरेको छ।

सुनिल र विकललाई २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका सुनिल पौडेल र विकल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ।

नेप्से परिसूचकमा १७.३० अंकले घट्यो, ३ अर्ब बराबरको कारोबार

मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ।

एचडीयू उपकरण किन्दा अनियमितता, स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशकसहित ६ जनाविरुद्ध मुद्दा

एचडीयू उपकरण खरिद गर्दा अनियमितता गरेको अभियोगमा स्वास्थ्य निर्देशनालय, धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेव मेहतासहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

असिनापानीले पाक्न लागेको हिउँदेबालीमा क्षति

असिनापानीले गहुँ, मकै, जौ, सागलगायत हिउँदेबाली नष्ट गरेको गंगाजमुना गाउँपालिका–१ रिगाउँस्थित किचेतका दिनेश तामाङले बताए।

लक्षण देखिनुभन्दा वर्षौं अगाडि नै शरीरमा क्यान्सरको संकेत देखिन सक्छः अनुसन्धान

मानव कोशिकाहरू ट्युमरको रूपमा विकास हुनुभन्दा धेरै वर्ष पहिले नै त्यसमा केही न केही परिवर्तनहरू देखिने गरेको अनुसन्धानले जनाएको छ।

गाजामा युद्धविराम गर्न कायरोमा वार्ताको तयारी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सकारात्मक संकेत गरेसँगै वार्ताको वातावरण बनेको हो। वार्ता इजिप्टको कायरोमा आइतबार शुरू हुँदैछ। 

बाबर आजम पुनः पाकिस्तान क्रिकेट टिमको कप्तान नियुक्त

पाकिस्तान क्रिकेट बोर्डको चयन समितिबाट सर्वसम्मत सुझाव आएपछि टी२० र एकदिवसीय दुवै टिमका लागि बाबर आजम कप्तान नियुक्त भएका हुन्।

बाजुरामा शैक्षिकसत्र शुरू हुनुअघि नै पाठ्यपुस्तक

हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका बाजुराका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र शुरू हुनु एक महिना पहिले नै पाठ्यपुस्तक पाएका हुन्।

नदी सफाइ स्वर्णिम योजना: ५ महिनामा २ हजार २४८ मेट्रिक टन फोहोर संकलन 

आइतबार रुद्रमती र बागमतीको दोभानबाट रुद्रमतीतर्फ सफाइ शुरू भएको छ। श्रम बैंकबाट लिइएका ५५ जना जनशक्तिलाई ४ समूह बनाएर सफाइ थालिएको महानगरले जनाएको छ। 

महालेखा परीक्षकमा तोयम राया सिफारिस

संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई महालेखा परीक्षकमा सिफारिस गर्ने निर्णय गरेको छ।