पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा मे १ झ २८५६ नम्बरको बोलेरो जिपलाई प्रदेश ०२– ००१ ख ९६७६ नम्बरको टिपरले ठक्कर दिएको थियो।
रुस युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको सन्दर्भमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरुले सघाएको भन्दै कडा आलोचना गरे।
डोटीको जोरायल गाउँपालिका–४ स्थित लक्ष्मी सरस्वती बहुउद्देश्यीय सहकारीले ६९ टन उन्नत जातको मकैको बीउ बिक्री गर्ने भएको छ।
नामिबिया र नेदरल्यान्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियालाई पराजित गर्नु पर्ने छ।
ढाकाको बेली रोडमा रहेको एक चर्चित बिरयानी रेस्टुरेन्टमा बिहीबार राति स्थानीय समयअनुसार ९:५० बजे आगलागी भएको थियो।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
नेपाल पहिलो सहभागितामै उपविजेता बनेको छ। फाइनल खेलमा नेपाल जोर्डनसँग टाइब्रेकरमा ५–३ गोलले पराजित भएको हो।
स्वर्गद्वारी गुठीपीडित किसान घोराहीमा भइरहेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउँदै सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति गठन गरेको छ।
आर्थिक पत्रकारको छाता संगठन सेजनले संस्थामा आबद्ध सदस्यहरूको स्वास्थ्य बीमा गरेको छ।
एकीकृत समाजवादीले नेताहरू बीचका वैचारिक मतभिन्नतालाई पनि एउटै दस्ताबेजमा समावेश गरी राष्ट्रिय महाधिवेशनमा छलफल गर्ने भएको छ।
कैदीबन्दीले उत्पादन गरेका सामग्रीमध्ये बाँसका सामग्रीले राम्रो बजार मूल्य पाउने गरे पनि ढाकाटोपी तथा सल र पर्स भने बिक्री नभएको गुनासो आउने गरेको जेलर सोमप्रसाद आचार्य बताउँछन्।
कांग्रेस महामन्त्री थापाले सम्पत्ति शुद्धीकरण विभागले टाक्स फोर्सले दिएको सुझावबमोजिम घरजग्गा, आयात निर्यात, सहकारीको कारोबार आदिबाट सम्पत्ति शुद्धीकरणका विषयमा काम गर्न आवश्यक रहेको बताए।
काँकडभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडकका चार हजार ७२३ रुख काट्न थालिएको छ।
सहायता लिन सडकमा पर्खिरहेका प्यालेस्टिनीहरूको भिडमा इजरायली सेनाले बम आक्रमण गरेको हो।
राज्य व्यवस्था समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आग्रह गरेको छ।
विश्वमा ४० लाखभन्दा धेरै मानिस ‘लिप डे बेबी’ छन्। यस दिन जन्मेका व्यक्तिहरूलाई लिपर्स वा लिपलिंग्स भनिन्छ। लिप डे बच्चा जन्मिने सम्भावना १ हजार ४६१ मा १ जना हुन आउँछ।
बिहीबार कुल ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँको कारोबार भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ नबढाए विकास निर्माणका नयाँ योजना ल्याउन नसकिने बताएका छन्।
नेपालले छिमेकमा भइरहेको आर्थिक समृद्धि र रूपान्तरणको द्रुत गतिबाट फाइदा उठाउन सक्नुपर्ने परराष्ट्रमन्त्री साउदको भनाइ छ।
वैदेशिक रोजगारीको लागि कुवेत भनेर श्रीलंकाको कोलम्बो पुर्याई मानव बेचबिखनमा संलग्न एक जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।