कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
विकासका लागि संरक्षित क्षेत्रभित्र प्रयोग गर्न दिँदा सम्बन्धित विज्ञहरूसँग छलफल गरी वैज्ञानिक किसिमको गुरुयोजना तथा एकीकृत परियोजनाको कार्यविधि तत्काल कार्यान्वयन नगर्न परमादेशमा भनिएको छ।
अमेरिकी खुफिया समुदायको विश्वव्यापी खतरा मूल्यांकन २०२३ का अनुसार उपग्रह प्रक्षेपण वाहनहरूको विकासले इरानलाई अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलहरू विकास गर्न मद्दत पुगेको छ।
बाबाआमा बीचको सम्बन्ध विच्छेदले बालबालिकामा पार्ने प्रभावलाई बालचलचित्रका माध्यमबाट उजागर गर्ने प्रयास गरेको फिल्मका लेखक विजयराज आचार्य बताउँछन्।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबारका खेलमा त्रिभुवन आर्मी र मधेश प्रदेश विजयी भएका छन्।
काठमाडौँ महानगरपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ।
धरहरामा पार्किङ
धरहराको पहिलो तलामा निःशुल्क पार्किङ शुरू भएको छ। काठमाडौँ महानगरले आइतबार नि:शुल्क पार्किङ सञ्चालनमा ल्याएको हो। महानगरले केही दिनअघि न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेको थियो। त्यसको विकल्पका रूपमा धरहरामा व्यवस्था गरिएको हो।
मानिसहरूले यो जहाजलाई प्रतिष्ठित जहाज टाइटानिकसँग तुलना गरिरहेका छन्। तर यो टाइटानिक जहाजभन्दा पनि पाँच गुणा ठूलो भएको बताइएको छ। जहाजमा २८ प्रकारका क्याबिन छन्।
प्रतिपक्ष दलका सांसदहरूले भारतसँग हालै गरिएको विद्युत् व्यापारसम्बन्धी सम्झौता तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले परिभाषित रूपमा मात्रै एसिड प्राप्त गर्न सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
आइतबार नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ को बिन्दुमा कायम भएको छ।
अस्ट्रेलियालाई पराजित गर्दै वेस्ट इन्डिजले शृंखला १–१ को बराबरीमा सकाएको छ। पहिलो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयासलाई आफूहरूले असफल बनाएको दाबी गरेका छन्।
जैमिनी नगरपालिकामा पनि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ओखरखेतीका लागि अनुदान दिएपछि किसानले परम्परागत खेती छाडेर ओखरखेती शुरू गरेका छन्।
सर्वोच्चले कसैको कुनै अभिव्यक्ति अशोभनीय वा उत्तेजनापूर्ण छ भन्ने आधारमा नै स्वतः त्यसलाई अदालतको अवहेलनाजन्य विषय ठान्न नसकिने पनि ठहर गरेको छ।
उत्तर कोरियाले सन् २०२१ पछि जमिन र समुद्र दुवैबाट प्रहार गरिने लामो दूरीका क्रुज क्षेप्यास्त्र कम्तीमा पनि १० चरणमा परीक्षण गरेको छ।
हतुवागढी–९ कोप्चेबाट दैनिक जेटबोट सञ्चालन भइरहेको छ। १९ किमि टाढा रहेको चतारा जलयात्राबाट २० देखि २५ मिनेटमा पुग्न सकिन्छ।
गत वर्ष गरिएको अध्ययनमा देशभर दुई हजार ५२२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेका थिए। त्यसमध्ये सबैभन्दा धेरै मधेशका ९४४ जना थिए।
कर्मचारी तथा सेवाग्राही आमाको सहजताका लागि स्तनपान कक्ष स्थापना गरिएको तुलसीपुर– १३ वडाध्यक्ष मोहन पौडेलको भनाइ छ।
सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन्। यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ।