पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुनेछ। आयोजनाले ‘अस्फाल्ट प्रविधि’बाट कालोपत्रको कामलाई अगाडि बढाएको छ।
पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी गण्डकी र कर्णालीको पहाडी भूभागमा हल्का वर्षासमेत हुने सम्भावना छ।
उच्च अदालत पाटनले राहुल महरालाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेको छ।
उच्च अदालत पोखराले बेगनास तालमा मोटरबोट सञ्चालनबारेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
सर्वोच्च अदालतले राष्ट्रिय मानवअधिकार आयोगको सुधारका लागि ऐन संशोधनको प्रक्रिया यथाशीघ्र अघि बढाउन निर्देशनात्मक आदेश गरेको छ।
विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन एमडी सुनिल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
राष्ट्रियसभा निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानको परिणामअनुसार कोशी प्रदेशमा मात्र एमालेले एक सिट जितेको छ।१८ सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न भएका खेलमा मधेश, बागमती प्रदेश र विभागीय टोली एपीएफ विजयी भएका छन्।
आइतबारयता नेप्से परिसूचक निरन्तर घटिरहेको छ। बिहीबार नेप्से ३.९४ अंकले घटेर २०८४.०९ को बिन्दुमा कायम भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले २०८१ देखि २०९१ सम्म ‘आन्तरिक रोजगार प्रवर्द्धन दशक’ अभियान चलाउने तयारी भइरहेको बताएका छन्।
जैमिनी नगरपालिकाको वडा नं ९ मा पर्ने लाम्सुगाउँ, बागलुङ नगरपालिकाको वडा नं ११ मा पर्ने रायडाँडा, ओख्लेगाउँ बसाइँसराइका कारण रित्तिँदै गरेका गाउँका नमूना हुन्। यी गाउँहरूका अधिकांश घर खाली छन्।
साउदीका तत्कालीन शेख अब्दुलअजीजले सन् १९५१ मा राजकुमारले रक्सी पिएर एक बेलायती कूटनीतिज्ञको हत्या गरेपछि मदिरा बिक्रीमा प्रतिबन्ध लगाएका थिए।
उनीहरूले नदीमा डुबाएपछि चमत्कार भई बच्चाको ज्यान बच्ने ठानेका थिए।
राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने प्रधानमन्त्री दाहालको भनाइ छ।
आईएल–७६ सैन्य विमान युक्रेनले खसालेको रुसको आरोप छ। विमानमा चालक दलका ६ सदस्यसहित ७४ जना सवार थिए।
बुधबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओसँग ४–२ ले पराजित भएसँगै बार्सिलोना क्वार्टरफाइनलबाट बाहिरिएको छ।
प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख मतदाता रहेको यस निर्वाचनमा बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुँदैछ।
देशको पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ।
आईसीसी यू१९ विश्वकपअन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाललाई पाकिस्तानले पाँच विकेटले हराएको हो।
शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पमा ती विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको छ।