AnonymousUser

Logout

तराईमा बाक्लो हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना

दिउँसो, पहाडी भूभागमा आंशिकदेखि  साधारणतया बदली रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

नेपाल एयरलाइन्सको व्यवस्थापन करारमा दिने सरकारको तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमको पुनर्संरचना निम्ति करार व्यवस्थापनमा जाने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

एनसेलको बिक्री भएको शेयर दर्ता नगर्न दिएको आदेशलाई निरन्तरता

उच्च अदालत पाटनले एनसेलको बिक्री भएको शेयर दर्ता नगर्नु/नगराउनु भनी दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। 

‘व्यक्तिगत खाताबाट व्यावसायिक कारोबार गरेर कर छली’

व्यावसायिक कारोबारमा व्यक्तिगत खाता प्रयोग हुनेमा कम्पनीका सञ्चालक, शेयरधनी, परिवारका सदस्य तथा कर्मचारी बढी हुने गरेको प्रतिवेदनमा औँल्याइएको छ।

आगामी आर्थिक वर्षको बजेट अधुरा आयोजना सम्पन्न गर्नेमा केन्द्रित हुन्छ : प्रधानमन्त्री

बहुवर्षीय स्रोत सुनिश्चितता दिइएका आयोजना तथा कार्यक्रममा आवश्यक बजेट विनियोजन गरिसकेपछि मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट राख्ने व्यवस्था गर्नुपर्ने प्रधानमन्त्री दाहालको जोड छ।

मधेश सरकारबाट बाहिरियो जनमत, जनमुखी काम गर्न नदिएको आरोप

मधेश प्रदेश सरकारबाट बाहिरिएको जनमत पार्टीले जनमुखी काम गर्दा बाधा अड्चन गरेको, मन्त्रालय बारम्बार फुटाउने र आफूहरूमातहतका मन्त्रालयहरू पनि एकल ढंगले चलाउने गरेको आरोप लगाएको छ।

भिजिट तथा पर्यटन भिसामा विदेश जानेलाई नयाँ नियम

गृह मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि नयाँ कार्यविधि जारी गरेको छ।

संघीय संसद् अधिवेशन माघ २२ गते बोलाउन राष्ट्रपतिलाई मन्त्रिपरिषद्को सिफारिस

मन्त्रिपरिषद्को बैठकले माघ २२ गते अपराह्न ४ बजे संघीय संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

लगातार तेस्रो दिन पनि घट्यो नेप्से

मंगलबार चार अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। चन्द्रागिरि हिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

नेवानि र विमानस्थल सुधार प्रतिवेदन तत्काल बुझाउन सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरूको सुधारका लागि हालसम्मका अध्ययन प्रतिवेदन यथाशीघ्र समितिसमक्ष पेस गर्न सरकारलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री कपमा एपीएफको लगातार तेस्रो हार

एपीएफ अर्को विभागीय टोली आर्मीसँग ४ विकेटले पराजित भयो। एपीएफले दिएको १२२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो।

कर्णालीबाट ६ महिनामा ११ करोडको कृषि वस्तु निर्यात हुँदा ७१ करोडको आयात

चालु वर्षको ६ महिनामा मात्रै कर्णालीमा २१ करोड ४९ लाख ५६ हजार रुपैयाँको तरकारी आयात हुँदा ९४ लाख ५० हजार रुपैयाँको मात्रै तरकारी निर्यात भएको छ।

भिजिट भिसामा कडाइ गर्न ल्याइएको १७बुँदे निर्देशन खारेज

गृह मन्त्रालयले भिजिट भिसासँग सम्बन्धित १७बुँदे निर्देशन खारेज गरेको छ।

प्रधानमन्त्री कप: कोशीको सातौँ हार, कर्णालीको तेस्रो जित

कर्णालीले कोशीलाई ६ विकेटले पराजित गरेको छ। १५१ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले २८.३ ओभरमा ४ विकेट गुमाउँदै १५३ रन बनायो।

सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा मन्त्रालयले माग्यो सुझाव

सामाजिक सद्भाव, साँस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकलाई जिम्मेवार र जवाफदेही बनाइने ऐनमा उल्लेख छ।

साना हतियारको अवैध व्यापार रोकिनुपर्छ: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री साउदले नेपालको परराष्ट्र नीति कुनै पनि सुरक्षा गठबन्धनको पक्षमा नहुने पनि दोहोर्‍याएका छन्।   

मेलम्चीको बाढीले प्रतिघरधुरी ७० लाख रुपैयाँ क्षति पुर्‍याएको तथ्यांक सार्वजनिक

वातावरणविद प्रवीणमान सिंह र अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले मेलम्ची नगरपालिका तथा हेलम्बु गाउँपालिकाको सहयोगमा गरेको अध्ययनपछि क्षतिको तथ्यांक सार्वजनिक गरिएको हो।

आयुष घलानलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

आहा रारा पोखरा गोल्डकपको २३औँ संस्करणको उद्घाटन समारोहमा घलानलाई नगद ५० हजार पाँच रुपैयाँसहित सम्मान गर्न लागिएको हो।

एमालेको ध्यानाकर्षणपत्र बुझेपछि प्रधानमन्त्रीले भने– बजेटलाई जनमुखी बनाउँछौँ

एमालेले उठाएका विषय मध्यपहाडी क्षेत्रका जनता, राजनीतिक दल र सरकारको समेत मुद्दा भएकाले सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाए।

न्युरोड क्षेत्रमा पार्किङ निषेध गरिँदै, विकल्पमा काठमाडौँ टावर

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ गर्न रोक लगाइने महानगरको भनाइ छ।