AnonymousUser

Logout

अलैँचीको मूल्य ४ वर्षयताकै उच्च, प्रतिमन ८५ हजार पुग्यो 

गत साल पुसमा २८ हजार रुपैयाँ प्रतिमन बिक्री भएको अलैँची खहिले ८५ हजारमा बिक्री भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा माग बढेका कारण नेपालमा अलैँचीको मूल्य बढेको व्यवसायी बताउँछन्।

त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द

उपकुलपति छनोट तथा सिफारिस समितिले यसअघि प्रकाशन भएको सूचना रद्द गर्दै त्यसबारे आवश्यक व्यवस्था गरी पछि अर्को सूचना प्रकाशन गर्ने जनाएको छ। 

इटालियन सिरी ए: इन्टर मिलानलाई ५ अंकको अग्रता 

शनिबार राति भएको खेलमा इन्टर मिलानले भेरोनलाई २–१ गोल अन्तरले पराजित गरेको छ। जितपछि इन्टर युभेन्टसलाई ५ अंकले पछि पार्दै ४८ अंकसहित शीर्ष स्थानमा छ।

तराईमा हुस्सु, कोशी र गण्डकीका उच्च पहाडी भूभागमा हिमपातको सम्भावना 

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। 

पर्व

साकेला नाचेर मनाइयो उँधौली पर्व

किरात समुदायले टुँडिखेलमा साकेला नाचेर उँधौली पर्व मनाएका छन्। बाली भित्राइसकेपछि नयाँ अन्न प्रयोग गर्नुपूर्व प्रकृतिलाई धन्यवाद दिँदै साकेला नाच्ने गरिन्छ। परम्परागत पोसाकमा सजिएर गोलो घेरा बनाएर ढोल बजाउँदै किरात महिला पुरुषले साकेला नाचेर उँधौली पर्वको खुशियाली साटेका हुन्। यो सुनुवार, राई, लिम्बू र याक्खाहरूले मनाउने पर्व हो। वर्ष मंसिर पूर्णिमाका दिनबाट शुरू हुने उँधौली पर्व मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाइन्छ।

जापान भूकम्पमा मृतकको संख्या १०० नाघ्यो, २०० बढी बेपत्ता

जापानको इशिकावा प्रान्तमा गत सोमबार गएको ७.६ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु हुनेको संख्या १०० नाघेको छ भने २०० भन्दा बढी बेपत्ता छन्।

लेखक दिपा दाहालको पुस्तक ‘कोभिड: नसोचेको–नभोगेको संकट’ विमोचित

लेखक दाहालले कोभिड महामारीका बेलाको सरकारको लापरबाही, बेथिति, बदमासी, भ्रष्टाचार, अनियमितता, कालोबजारीलगायत विषय पनि पुस्तकमा समावेश गरिएको बताइन्।

सर्लाही घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गर्‍यो ३ सदस्यीय समिति

गृह मन्त्रालयले सर्लाहीको बरहथवामा शुक्रबार भएको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति बनाएको छ।

‘अरू देशको दूतावासमार्फत सिधै रकम ल्याउने गरी परियोजना बनाउने कुरा राष्ट्र हितविपरीत’

नेपालजस्तो स्वतन्त्र मुलुकमा अरू कुनै पनि देशको दूतावासबाट सोझै रकम ल्याउने गरी कुनै पनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हितविपरीत भएको उनको भनाइ छ।

एकीकृत समाजवादीमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा ३ नेतालाई

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका तीन नेतालाई सर्वाधिकार दिई गठबन्धनको बैठकमा पठाउने निर्णय भएको बताए।

डेढ वर्षमा हात्तीको आक्रमणबाट झापामा १२ जनाको मृत्यु, १३ घाइते

खेतबारीमा लगाएका अन्न र फलफूल खाएर विनाश गर्ने हात्ती पछिल्लो समय मानिसप्रति आक्रामक बन्दा धेरैले अकालमा ज्यान गुमाउनुपरेको हात्ती संरक्षण अभियानकर्मी शंकर लुइँटेल बताउँछन्।

पश्चिम म्याग्दीका महिला फुटबलप्रति आकर्षित

दरबाङस्थित पुरानो जनप्रिय खेलमैदान युवा पुस्ताका लागि ‘स्पोर्ट सेन्टर’ बनेको छ भने महिलाका लागि ‘रिफ्रेस सेन्टर’ बनेको छ।

अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न सर्वोच्च अदालतको रोक

अदालतले अरुण तेस्रो निर्माण कार्यमा सहजताका लागि सुरक्षा प्रबन्ध मिलाउनसमेत जिल्ला प्रशासन कार्यालय संखुवासभालाई निर्देशन दिएको छ। 

बरहथवा घटनाका दोषीमाथि कडा कारबाही गर्ने सर्लाहीका प्रजिअको प्रतिबद्धता

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बरहथवा नगरपालिकामा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

राष्ट्रियसभा निर्वाचनमा एमालेसँग सहकार्य नगर्ने सत्ता गठबन्धनको निर्णय 

सिट बाँडफाँट टुंगो लगाउन शनिबार अपराह्न चार बजे फेरि गठबन्धनको बैठक बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। 

गोविन्द केसी, प्रेम चलाउने, लेनिन विष्टसहित ९ जना माइतीघरबाट पक्राउ

यसअघि शनिबार बिहान डा. केसीले विज्ञप्ति प्रकाशित गर्दै विभिन्न मागसहित माइतीघर मण्डलाको ‘कथित’ निषेधित क्षेत्र तोड्ने बताएका थिए।

भारतीय चीज आयात रोक्न माग गर्दै उद्योगी काठमाडौँमा

भारतीय चीजका कारण नेपाली चीजको बिक्रीमा समस्या भएको उद्योगीको गुनासो छ। आफूहरूले उत्पादन गरेको चीज पाँच महिनादेखि उद्योगमै थन्किएको इलामका महेन्द्र प्रधानले बताए।

सहकारी नियमन गर्ने छुट्टै निकाय गठनको तयारी हुँदैछ: अर्थमन्त्री

सहकारी नियमनको अभावमा समस्या आएको तर, बचत दुरुपयोग गर्नेहरू कानूनको कठघरामा उभिनैपर्ने अर्थमन्त्री महतको भनाइ छ।

सर्लाहीको बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा भने कायम

सर्लाहीको बरहथवामा नगर अस्पतालको विषयलाई लिएर शुक्रबार भएको प्रदर्शनमा बरहथवा नगरपालिका– ६ का जयशंकर साहको मृत्यु भएको थियो।  

तमिल समुदायलाई मान्यता दिन श्रीलंकामा संविधान संशोधनको तयारी

भारतको प्रस्तावमा तमिल समुदायलाई मान्यता दिने गरि श्रीलंकाले संविधान संशोधन गर्ने तयारी गरेको छ। तमिल समुदायले लामो समयदेखि राजनीतिक स्वायत्तताको माग गर्दै आइरहेको छ। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।