समूह ‘डी’मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन्। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्नेछ।
हाल पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कानून न्याय तथा मानवअधिकार समितिले प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा रहेका बेला भारतसँग नेपालले गरेका सम्झौताहरूका विषयमा जानकारी लिने भएको छ।
एन्फा यू१६ लिगमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ। जितसँगै संकटा ९ खेलबाट १९ अंक जोड्दै शीर्ष स्थानमा छ।
सरकारले मन्त्रालयगत ऐनहरू छुट्टाछुट्टै रूपमा संशोधनका लागि ल्याउनु पर्नेमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत एकै ठाउँमा राखेर ल्याउनु उपयुक्त नहुने सांसदहरूको भनाइ छ।
रोजगारी, सेवासुविधा तथा शिक्षाका लागि ठूला शहर र जिल्ला बाहिर बसाइँ सर्नेको संख्या बढेको बढै छ। ग्रामीण बस्तीमा प्रयोगविहीन अवस्थामा रहेका पुराना घर जीर्ण बन्दै गएका छन्।
यो हप्ता नागरिक अगुवाको विरोधबीच भारतीय दूतावासमार्फत २० करोड खर्चिने गरी भएको सम्झौता, संसद्को प्रश्नोत्तरमा देखिन नचाहने प्रधानमन्त्री, सहकारी चर्चालगायतका खबरले ‘हेडलाइन’ बनाएका छन्।
एमालेले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताबारे पार्टीसँग छलफल नगरेको जनाउँदै त्यसबारे स्पष्ट पार्न सरकारसँग माग गरेको छ।
सर्लाहीको बरहथवामा प्रहरी र प्रदर्शनकारीबीचको झडपका क्रममा एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्युको आदेश जारी गरेको छ।
पीडितले रुसबाट फर्केर दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
सर्लाहीको बरहथवा नगरपालिकामा नगर अस्पताल हस्तान्तरणको विषयलाई लिएर प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ।
आलुको पकेट क्षेत्र मानिने पर्वतका जलजला गाउँपालिकाका बनौँ, शालिजा, लेखफाँट, क्याङ, भुकताङले, बाँसखर्कलगायतका स्थानमा गरिएको आलुखेती बाँदरले सखाप पारेपछि किसान चिन्तित बनेका छन्।
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले नेपालमा जलवायु परिवर्तनसम्बन्धी लगानी भित्र्याउन सक्ने अवस्था नरहेको बताएका छन्।
काठमाडौँ उपत्यकामा छिटोभन्दा छिटो मेलम्चीको पानी विवरण गर्न माग गर्दै ललितपुरको पाटनमा उपभोक्ताले रित्ता भाँडा देखाएर प्रदर्शन गरेका छन्।
विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्न नआएका विभिन्न १५ आयोजनाका प्रवर्द्धकलाई रोलक्रमबाट हटाएको छ।
नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमार्फत उजुरी आएपछि भट्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
गोलीकाण्डका अभियुक्त पनि मृत फेला परेका छन्। उनले आफैँलाई गोली हानेर आत्महत्या गरेको हुन सक्ने अधिकारीले आशंका गरेका छन्।
प्रधानमन्त्री दाहालले चीनका प्रतिनिधि आएका विषयमा भारतीय विदेशमन्त्री एस जयशंकरले असहमति राखेको भन्ने कुरामा सत्यता नभएको दाबी गरेका छन्।
धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएसँगै त्रिभुवन विश्वविद्यालयमा कात्तिक १७ गतेदेखि उपकुलपति पद खाली छ।
बुधबार साँझ माडी क्षेत्रमा देखिएको ध्रुवे हात्ती बिहीबार वयरघारी गाउँ पुगेको थियो। सोही दिन उक्त गाउँका चार घर भत्काएको छ।