बिहीबार प्रतितोला एक लाख २२ हजार पुगेको सुन आज एक हजार ३०० रुपैयाँले घटेको छ।
जहाजमा ३० यात्रु र चालकदलका ४ सदस्य थिए। तर कसैलाई पनि चोटपटक भने लागेन।
प्रतियोगितामा बचत हुने रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिन्छ। एकेडेमीमा आठ जिल्लाका १४ जना बालक आश्रित छन्।
रामेछापको लिखु तामाकोशी–२ मैदानेबाट सबैभन्दा नजिकको विद्यालय वडा कार्यालयसँगै रहेको चण्डेश्वरी मावि हो। गाउँबाट विद्यालय पुग्न साढे दुईदेखि तीन घण्टासम्म लाग्छ।
हात्तीको आक्रमणबाट शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राईको मृत्यु भएको छ। हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा उनलाई आक्रमण गरेको थियो ।
इलामका सबै पालिकामा ड्रागनको खेती विस्तार भइसकेको छैन। हावापानी र तापक्रम मिल्ने क्षेत्रका किसान यस खेतीतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
हारपछि आर्सनल १९ खेलबाट ४० अंकसहित दोस्रो स्थानमा कायम छ। शीर्ष स्थानको लिभरपुलको समान खेलबाट ४२ अंक छ।
तराई भूभागमा हल्कादेखि मध्यम हुस्सु तथा कुहिरो लागेको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ।
मिटरब्याज पीडित संघर्ष समिति सर्लाहीका सदस्यलाई पक्राउ गरेपछि प्रहरी र मिटरब्याज पीडितबीच झडप भएको छ।
महोत्सव
‘सडकमै खाऔँ सडकमै रमाऔँ’ नारासहित पोखरामा २५ औँ पोखरा सडक महोत्सव शुरू भएको छ। पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित महोत्सको शुरूआत गरिएको हो। कार्यक्रम पोखराका स्थानीय क्लब तथा आमा समूहको उल्लेख्य उपस्थिति छ। अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा हरेक वर्ष यो महोत्सव हुँदै आएको छ। महोत्सवलाई रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपालले रेवान आयोजना गर्ने गरेको छ। डिसेम्बर २८ देखि जनवरी १ सम्म चल्ने यो महोत्सवमा विभिन्न सांस्कृतिक सांगीतिक, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू हुने गरेको छ भने लेकसाइडको करिब ३ किलोमिटर सडकखण्डमा त्यहाँका रेस्टुरेन्टले आफ्ना पकवानहरू पस्किने गरेका छन्। महोत्सवमा राष्ट्रियस्तरमा चर्चित गायकहरू दीपक बज्राचार्य, र्यापर लाहुरे, र्यापर राजन केसी, शिला आले, समीक्षा अधिकारी, बद्री पंगेनी, पशुपति शर्मा, पुरुषोत्तम न्यौपाने, मुक्ति एन्ड रिभाइबल, मोक्ष ब्यान्ड आदि चर्चित गायक गायिका एवं ब्यान्डहरूले आफ्नो प्रस्तुति दिनेछन्। महोत्सवमा रेवानले एड साथी तथा स्वर्णिम इन्टरटेन्मेन्टसँग व्यवस्थापकीय सहकार्य र \'नोस्टाल्जिक-थ्री\'सँग फुड कोर्ट पार्टनरका रूपमा सहकार्य गरिरहेको छ। तस्वीर : नेपाल फोटो लाइब्रेरी
नेपाल सुपर लिगको उपाधिका लागि धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने भएका छन्।
संसदीय समितिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई निर्देशन दिएको छ।
प्राधिकरणका अनुसार डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरेका ६१ उद्योगको मंसिर मसान्तसम्म कुल बक्यौता २२ अर्ब २४ करोड छ। यसमध्ये लाइन काटिएका ९ उद्योगबाट मात्र १२ अर्ब ५० करोड उठाउन बाँकी छ।
कांग्रेस केन्द्रीय समितिको बिहीबारको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको प्रस्ताव पेस गरेका थिए।
एपीएफले दिएको १२८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७५ रन मात्रै बनाउन सक्यो।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
मन्त्री शर्माले छानबिन समितिले निर्भीकतापूर्वक र स्वतन्त्रतापूर्वक तथा सरोकारवाला सबै निकायहरूसँग समन्वयमा काम गरिरहेको बताइन्।
एक शताब्दीभन्दा लामो समयको वैज्ञानिक प्रयासहरूपछि यही वर्ष विश्वले अन्ततः मलेरियासँग लड्न सस्तो भ्याक्सिन पनि पाएको छ।
संसदीय समितिले कोषको कार्यकारी निर्देशक नियुक्ति गर्ने निर्णयको माइन्युट, शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र, वैयक्तिक विवरणसहितको प्रमाणित कागजात तीन दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका कर्मचारीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।