दिउँसो सुदूरपश्चिमसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सर्वोच्च अदालतले निजी स्वामित्वको घरजग्गामा पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौँ महानगरपालिकाको निर्णयलाई बदर गरेको छ।
माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको कांग्रेस नेता शेखर कोइरालाको आरोप छ। चाँडोभन्दा चाँडो सरकार परिवर्तन गरेर कांग्रेसले नेतृत्व गर्नुपर्ने उनको भनाइ छ।
संवैधानिक इजलासले आन्तरिक राजस्व विभागले गरेको कर निर्धारणलाई वैध ठहर गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए। अदालतको फैसलासँगै १५ अर्ब रुपैयाँ बराबरको राजस्व उठ्ने उनको भनाइ छ।
एनसेल बिक्री प्रकरण
सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघले एनसेल बिक्रीविरुद्ध प्रदर्शन गरेको छ। बिहीबार काठमाडौँको पद्मकन्या बहुमुखी क्याम्पसमा विद्यार्थीले एनसेल बिक्रीमा भएको अनियमितता छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले कांग्रेस सरकारमा रहँदा कुशासन बढेको भन्दै नेतृत्त्वलाई प्रश्नसमेत गरेका छन्।
सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीलाई अदालतले सफाइ दिएको छ भने सात जना प्रतिवादीलाई जन्मकैदको फैसला भएको छ।
मन्त्रिपरिषद् बैठकले विद्युत् खपत वृद्धि तथा खनिज, इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना २०८० लाई स्वीकृत गरेको छ।
यसअघि न्यायाधीश जनक पाण्डेले दिएको रायमा न्यायाधीश कृष्णराम कोइराला सहमत भएकाले उनलाई धरौटीमा छाड्ने आदेश सदर भएको हो। अब ३० लाख धरौटी बुझाएमा खाण रिहा हुनेछन्।
प्रतिवादीहरूले एकआपसमा गुट बनाई संयुक्त रूपमा वारदात घटाएको हुँदा यसमा कसले बढी कुट्यो, कसले कम, कसको प्रहार घातक भयो अथवा कसैले कुटेन जस्ता तथ्य प्रासंगिक नहुने ठहर फैसलामा गरिएको छ।
पार्टीको अभियानका क्रममा धनकुटा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपातको प्रयास भएको छ।
जापानको शक्तिशाली सत्तारुढ पार्टी एलडीपी संलग्न रहेको चन्दा संकलन काण्डमा चार जना मन्त्रीले राजीनामा दिएका छन्।
अनुसन्धान समितिले १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा त्रिभुवन विमानस्थलका सरसफाइ सुपरभाइजरसहितका कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ भने विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ।
प्युठानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
ती चिनियाँ नागरिकसँग ‘वर्क परमिट’ नभएको तथा अनलाइनबाट अवैध कारोबार गरेको पाइएपछि देश निकाला गरिएको फिलिपिन्सले जनाएको छ।
राप्रपाले बिहीबार संविधानचोकमा महेन्द्रको सालिक राख्ने र आमसभाको तयारी गरेको थियो। सालिक राख्ने कार्यक्रमको अन्य दलले विरोध जनाएका थिए।
युनाइटेड टेलिकम लिमिटेड (यूटीएल), म्याक्स नेट सोलुसन प्राली र चितवन नेटवर्क प्रालिको अनुमति पत्र खारेज गरिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।
छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
सार्वजनिक स्थलको १०० मिटर वरपर चुरोट बेच्न र सेवन गर्नसमेत महानगरले प्रतिबन्ध लगाएको छ।
ईयूले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने मागसहित रास्वपाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।