AnonymousUser

Logout

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस: सप्ताहव्यापी कार्यक्रम गरी मनाइँदै

'आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान' भन्ने मूल नाराकासाथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस साताव्यापी रूपमा मनाइँदैछ।

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको दाबी

सियोल र वासिंटनले प्योङयाङलाई अमेरिका र दक्षिण कोरियामाथि कुनै पनि आणविक आक्रमण गरेमा उत्तर कोरियाली शासनको अन्त्य हुने चेतावनी दिइरहेका बेला उक्त परीक्षण गरिएको हो।

एस्टन भिल्लासँग ब्रेन्टफोर्ड पराजित, ब्राइटनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई २–१ तथा आर्सनलले ब्राइटनलाई २–० गोल अन्तरले पराजित गरेको हो।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

हाल देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

काभ्रेभञ्ज्याङबाट १६ टन प्याज बरामद

धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय एक बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

श्रमसचिव भन्छन्– ‘फ्री भिसा फ्री टिकट’मा वैदेशिक रोजगारीमा पठाउन सकिँदैन

श्रमसचिव केवलप्रसाद भण्डारीले म्यानपावर कम्पनीले श्रमिकहरूबाट एक महिनाको पारिश्रमिक बराबर र सीपयुक्त श्रमिकबाट फरक सेवाशुल्क लिन सक्ने गरी मन्त्रालयले छलफल गरिरहेको बताए।

उखु किसानलाई दिन बाँकी ५२ करोड तत्काल उपलब्ध गराउने सरकारको निर्णय

सरकारले उखु किसानहरूलाई भुक्तान गर्न बाँकी ५२ करोड रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ।

तत्काल मन्त्रिपरिषद् फेरबदलको सम्भावना छैन: सञ्चारमन्त्री

सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले सरकार र सत्ता गठबन्धनभित्र मन्त्री फेरबदलको विषयमा चर्चासमेत नभएको बताएकी छन्।

राष्ट्रिय झण्डा

मनाइयो राष्ट्रिय झण्डा दिवस

काठमाडौँमा छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ। दिवसका अवसरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आइतबार काठमाडौँको वसन्तपुरबाट रत्नपार्कसम्म र्‍याली निकालेको थियो। २०७५ पुस १ गतेबाट राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको हो। झण्डाको महत्त्वबारे प्रचार गर्न दिवस मनाउने गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताए। 

बांग्लादेशलाई पहिलोपटक यू१९ एशिया कपको उपाधि

यूएईलाई पराजित गर्दै बांग्लादेशले पहिलोपटक यू१९ एशिया कपको उपाधि जितेको छ।

नेप्से २७.७५ अंकले बढ्यो, पाँच अर्बमाथिको कारोबार

आइतबार नेप्से २७.७५ अंकले बढेर २०२२.३५ को बिन्दुमा कायम भएको छ। ११ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

अन्तरमन्त्रालय समन्वयमा समस्या छ: भौतिक पूर्वाधारमन्त्री

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला मन्त्रालयगत समन्वयमा अभावका कारण अर्थ, कानून र वन मन्त्रालयमा गएका फाइलहरू त्यहीँ अड्किने गरेको बताउँछन्।

स्थगित यू१६ युथ लिग पुस दोस्रो हप्तादेखि शुरू हुने

स्थगित यू१६ युथ लिग पुसको दोस्रो हप्तादेखि शुरू हुने भएको छ। ६ महिना सञ्चालन हुने भनिए पनि ५ खेलपश्चात साउन अन्तिमदेखि लिग रोकिएको थियो।

भ्रमण भिसा : १ हजार ५१२ जनामा २४६ को नक्कली

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा संगठित रूपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ।

भन्सारमा ‘४५ प्रतिशत पुरस्कार’ व्यवस्था खारेजीको माग गर्दै विरोध प्रदर्शन

आजपाले भन्सार नियमावलीमा व्यवस्था गरिएको ‘४५ प्रतिशत पुरस्कार’को प्रावधान खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ।

पाँच महिनामा ३ खर्ब ८३ अर्ब आम्दानी, ४ खर्ब ५२ अर्ब खर्च

सरकारले मंसिर मसान्तसम्म आम्दानीभन्दा खर्च बढी गरेको देखिएको छ। यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६.०७ प्रतिशत आम्दानी भएको छ भने २५.८७ प्रतिशत खर्च भएको छ।

अन्य दल भ्रष्टाचारमा संलग्न भए, राप्रपाको जनमत बढ्यो: राजेन्द्र लिङ्देन

राप्रपाले जनता, शुभेच्छुक तथा शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिने अध्यक्ष लिङ्देनले बताएका छन्।

मुग्लिनबाट पोखरा गइरहेको बस दुर्घटना, १८ जना घाइते

घाइतेमध्ये १० जनाको दमौली अस्पताल र आठ जनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

'लोककथाका पात्रलाई लेखकको संसारमा ल्याएको छु'

'यो उपन्यास इतिहास र संस्कृतिबारे रुचि राख्ने गैरआख्यानका पाठक र काल्पनिक कथामा रुचि भएका पाठक दुवैका लागि उत्तिकै पठनीय छ। कथा काल्पनिक भए पनि ऐतिहासिक अभिलेखमा रहेका मिति तलमाथि गरिएको छैन।'

नारायणगढ–मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकस्थित तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले पुस ७ गतेपछि (बिहान ११ देखि दिउँसो ३ बजेसम्म) सवारी बन्द गर्न लागिएको हो।