देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ।
उदयपुर सिमेन्टका अध्यक्ष र हेटौँडा सिमेन्टका महाप्रबन्धकले जर्जर वित्तीय अवस्थाका दुवै उद्योगमा राज्यले २ अर्ब लगानी गर्नुपर्ने बताउँदा अर्थसचिव व्यापारको ग्यारेन्टी नगरी लगानी गर्न नसकिने बताउँछन्।
वैदेशिक रोजगारीमा पठाउने बाहनामा ४६ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन्।
एकीकृत समाजवादी पार्टीले केन्द्रीय परिषद् बैठक र मिति तोकिएका सबै जिल्ला अधिवेशनहरू स्थगित गर्ने निर्णय गरेको छ।
चालु यामका लागि उखुको मूल्य निर्धारण र गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन्।
कतिबेला मानिसको काँधमा चढेर जुम्रा टिपेको अभिनय गर्छन् त कतिबेला पर्खाल तथा रुखमा चढ्छन्।
सांसदहरूले एनसेलको छानबिन दूरसञ्चार प्राधिकरण आफैँले गर्न सक्ने भए पनि छुट्टै समिति बनाइएको भन्दै समितिको काम, कारबाहीमाथि आशंका व्यक्त गरेका थिए।
नेप्से मंगलबार उच्च अंक बढेको छ। कारोबारमा आएकामध्ये विभिन्न १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
अन्तर्राष्ट्रिय करिअरको अन्त्यतिर रहेका विश्वविजेता स्टार्क आठ वर्षपछि आईपीएलमा फर्किएका हुन्। उनले सन् २०१४ मा रोयल च्यालेन्जर्स बैंग्लोरमार्फत आईपीएलमा डेब्यू गरेका थिए।
राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलले शेयर किनबेच गरेको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले गरेको काम कारबाहीको सम्बन्धमा जानकारी माग्ने पत्र लेख्ने निर्णय पनि गरेको छ।
स्पोर्टिङ इलाम एफसी ‘डी’ मेचीले सान्त्वना जित हात पार्दै दोस्रो संस्करणको नेपाल सुपर लिग अन्त्य गरेको छ।
सर्वोच्च अदालतले एनसेलको शेयर खरिद–बिक्रीलाई मान्यता नदिन माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
एनसेल प्रकरणमा कहीँ न कहीँ गलत छ भन्ने लागेरै छानबिन समितिसमेत बनाएको प्रधानमन्त्री दाहालले जानकारी दिए।
चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीबाट भारत सम्बलका ४५ वर्षीय अनिल गिरी र सोही ठाउँका ३० वर्षीय राजपाललाई प्रहरीले पक्राउ गरेको छ।
सडकको ३३ किलोमिटर खण्ड कालोपत्रका लागि ठेक्का लागेको पाँच वर्ष बितेको छ। ठेक्काको समय बारम्बार थपिँदासमेत काम भएको छैन।
चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणामा आगामी पाँच वर्षसम्म सहकार्य गर्ने उद्देश्यले सम्झौता भएको छ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी ती वस्तुलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको थियो।
सोमबार राति गएको भूकम्पमा गान्सु प्रान्तमा १०० र छिङहाइ प्रान्तमा ११ जनाको मृत्यु भएको छ।