सर्वोच्च अदालतका नवनियुक्त ५ जना न्यायाधीशहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
आयोगले राष्ट्रियसभा निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक/एक मतदानस्थल र सोही मतदानस्थलमा दुई/दुई वटा मतदान केन्द्र रहने व्यवस्था गरिएको जनाएको छ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको ३० करोड ६८ लाख ६० हजार ८०० रुपैयाँ बराबरको शेयर कारोबार भयो।
फागुन पहिलो साता विधान सम्मेलन गर्ने तयारी गरेको माओवादी केन्द्रले मस्यौदा तयार पार्न ७ सदस्यीय समिति बनाएको छ।
गाउँमा दूध संकलन गर्ने सहकारी तथा विभिन्न संस्थाले दलित समुदायले उत्पादन गरेको दूध नउठाइदिने गुनासो बढिरहेको छ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती र एपीएफ क्लबले विजयी शुरूआत गरेका छन्।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच क्षेत्रीय संगठनहरू सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ।
निजी स्रोतका शिक्षक एवं कर्मचारीलाई तलब दिन चन्दा सहयोगदेखि विद्यालयको दुई बिघा क्षेत्रफलमा हुने घाँस बिक्री गरेरसमेत आर्थिक जोहो गर्नुपरेको विद्यालयका प्रधानाध्यापक गौरीदत्त भट्टराई बताउँछन्।
इलाममा रन्जित, राधा–४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ। चुलाचुली गाउँपालिका, माई नगरपालिका एवं माङसेबुङ, सन्दकपुर र माईजोगमाई गाउँपालिकाको तल्लो क्षेत्र बढी धान उत्पादन हुने ठाउँ हुन्।
बिहीबार एक सूचना जारी गर्दै निगमले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलामी बिक्रीमा राखेको जनाएको छ।
गाजाका प्यालेस्टिनीले लामो समयदेखि गरिबी, जोखिम र उच्च बेरोजगारी दरको निरन्तर सामना गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
जेलमा रहेकाले इमरान खान चुनाव लड्न योग्य भने छैनन्। इस्लामावाद उच्च अदालतले खानको अपिलमा फैसला दिएपछि मात्रै उनले चुनाव लड्न पाउने नपाउने निश्चित हुनेछ।
दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया चुकी शाहीसहित पाँच जनाको मृत्यु भएको छ।
उद्घाटन खेल बिहान साढे ९ बजे बागमती र मधेशबीच त्रिवि मैदान कीर्तिपुरमा हुनेछ। सोही समयमा एपीएफ र सुदूरपश्चिमबीच मूलपानी मेदानमा खेल हुनेछ।
देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मर्यादित कामको पहुँच अभिवृद्धि तथा रोजगारीका उपयुक्त अवसर सिर्जना गर्ने उद्देश्यका साथ आईएलओको साझेदारीमा पाँचवर्षे ‘मर्यादित कामका लागि देशीय कार्यक्रम’ कार्यान्वयनमा आएको छ।
भारतको देहरादुनमा भएको सातौँ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ४ स्वर्णसहित ११ पदक जितेका छन्।
अति विशिष्ट पदाधिकारीको सुरक्षा संवेदनशीलता र सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको प्रशासनको भनाइ छ।
अध्यागमन विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आफू मातहतको अध्यागमन कार्यालयको निरीक्षण गरेको छ।
नेपाल–श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री नेपाल आएका परराष्ट्र मन्त्रालयले जनाएको छ।