AnonymousUser

Logout

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु, २ पुरुषको शव फेला

काठमाडौँ, भक्तपुर, चितवन, बारा लगायतका स्थानमा भएका सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

कर्णाली नदीको विवाद मिलाउन सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच विज्ञ टोली गठन गर्ने सहमति

कर्णाली नदीका कारण बर्दिया र कैलालीमा सीमा विवाद वर्षाैंदेखि रहेको छ। नदीले निरन्तर धार परिवर्तन गर्दा र नापी पनि नभएका कारण दुवै जिल्लाका बासिन्दाले जग्गा आफ्नो सीमामा पर्ने दाबी गर्दै आएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो तागतले भ्याएसम्म र आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन्।

हामीले गरेका कामहरूको राम्रोसँग प्रचार हुन सकेन : प्रधानमन्त्री

लोडसेडिङको अन्त्य गरी आफूले नै नेपाललाई ‘उज्यालो नेपालको नयाँ युगमा प्रवेश’ गराएको दाबी गरेका प्रधानमन्त्री दाहालले त्यसको राम्रोसँग प्रचार हुन नसकेको गुनासो गरे।

नेपाल सुपर लिग : प्ले अफबाट बाहिरियो वीरगन्ज

वीरगन्ज युनाइटेड बुटवल लुम्बिनीसँग १–० गोल अन्तरले पराजित भएसँगै प्ले अफ दौडबाट बाहिरिएको हो।

प्रदेशलाई अधिकारसम्पन्न बनाउने कानून नल्याए सिंहदरबार घेर्छौं : विश्वप्रकाश शर्मा

सत्तारुढ दल कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महासमिति बैठकसम्म प्रदेशलाई अधिकारसम्पन्न बनाउने गरी केन्द्र सरकारले कानून नल्याएर सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।

युवाहरूका सपना पूरा हुने अवसर नेपालमै छ : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताए।

अम्रिसोको मूल्य प्रतिकिलो १५०, किसान उत्साहित 

धरानस्थित कृषिउपज बजारका अनुसार प्रतिकिलो अम्रिसो १५० रुपैयाँमा किनबेच भइरहेको छ। गत वर्ष यही समयमा १०० रुपैयाँ सम्ममा बिक्री भएको थियो।

‘भिजिट भिसा’मा विदेश पठाइ मानव तस्करी गरेको अभियोगमा १ जना पक्राउ 

भिजिट भिसामा विदेश जान लागेका युवाको शंकास्पद कागजातसहित मोरङका विनोद कार्कीलाई काठमाडौँको बल्खुबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

फ्रान्सले किन रोक्यो भारतीय बोकेको चार्टर विमान?

विमानबाट मानव तस्करी भएको आशंका गरिएको छ। यस विषयमा शनिबार बिहानसम्म भारतीय विदेश मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई जग्गा उपलब्ध गराएरै छाड्छु: प्रधानमन्त्री

प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलन गुणस्तरीय स्वास्थ्य सेवाका दृष्टिले निकै महत्त्वपूर्ण र रचनात्मक रहेको प्रधानमन्त्री दाहालले बताएका छन्। 

सर्लाहीका चिनी मिलले थाले उखु ‘क्रसिङ’

सरकारले यस वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ निर्धारण गरेको छ। तर, मूल्य निर्धारणप्रति उखु उत्पादक किसान भने असहमत छन्।

इमरान खानको पार्टी पीटीआईको चुनाव चिन्ह खारेज

निर्वाचन आयोगले खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को चुनाव चिन्ह ‘ब्याट’ खारेज गरिदिएको छ। पार्टीभित्र निर्वाचन हुन नसकेको भन्दै आयोगले यस्तो कारबाही गरेको हो। 

म्यानचेस्टर सिटीलाई पहिलोपटक क्लब विश्वकपको उपाधि

शुक्रबार राति साउदी अरेबियामा भएको फाइनलमा सिटीले ब्राजिलियन टोली फ्लुमिनेन्सलाई ४–० ले पराजित गर्दै पहिलोपटक उपाधि जित्न सफल भएको छ।

नारायणगढ–मुग्लिन सडक शनिबारदेखि दैनिक ४ घण्टा बन्द हुँदै

चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन्। भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि यातायात नै रोकेर काम गर्न लागिएको हो।

वर्षा र हिमपातको सम्भावना

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

पर्व

सात गाउँ जात्राको रौनक

यतिबेला काठमाडौँको दक्षिण भेगका सबै गाउँहरू जात्रामय छन्। काठमाडौँको दक्षिण भेगका कीर्तिपुर, पाँगा, नगाउँ, सतुंगल, बोसिगाउँ, ल्होंखा र मच्छेगाउँ मिलेर गरिने जात्रा ‘सात गाउँ जात्रा’ अर्थात् ‘न्हयगां जात्रा’ बनाइँदै छ। सात गाउँको जात्रा मूलतः अष्टमातृका देवीहरूको जात्रा हो। हरेक गाउँमा जात्रा चलाइने आआफ्नै देवीहरू छन्। कीर्तिपुरमा चाहिँ इन्द्रायणी देवीको जात्रा चलाइन्छ। आजका दिन कीर्तिपुरमा बाघभैरव मन्दिर परिसरबाट जात्रा शुरू हुन्छ। यसमा इन्द्रायणी देवीलाई खटमा राखी कीर्तिपुर नगर परिक्रमा गराइन्छ। धूमधामसाथ मनाइने यो जात्रा हेर्न अन्य स्थानका मानिसहरू पनि कीर्तिपुर पुग्ने गर्छन्।

नयाँ विश्वविद्यालय स्थापनाका लागि अनुमति दिन नहुनेमा सांसदको जोड

सांसदहरूले सञ्चालनमै रहेका विश्वविद्यालयमा पढ्ने विद्यार्थी नभएको, ती विश्वविद्यालयको अवस्था सुधार्नसमेत नसकिएको अवस्थामा नयाँ विश्वविद्यालय खोल्ने अनुमति दिनु उचित नहुने बताएका छन्।

राखेपको प्रस्तावमा प्राधिकरणले जारी गर्‍यो खेलकुद बीमालेख

बीमालेख जारी भएपछि सबै प्रतियोगितामा खेलाडी दुर्घटना बीमालाई अनिवार्य बनाइ खेलाडीलाई आत्मविश्वासका साथ खेल्ने वातावरण सिर्जना गर्ने राखेप सदस्यसचिव टंकलाल घिसिङको भनाइ छ।

कुलदेवता मानेर पुज्दै आएको ‘ढुंगा’ जब डाइनोसरको अण्डा भएको थाहा भयो

ती कुलदेवताले हरेक प्रतिकूल परिस्थितिमा रक्षा गर्ने जनविश्वास छ। तर वैज्ञानिकहरूले डाइनोसरका अण्डा बताएपछि त्यहाँका स्थानीय अन्योलमा छन्।