AnonymousUser

Logout

कोशी नामकरण विवाद चाँडै समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री दाहालले कोशी प्रदेश नामकरणको विषयमा सबै राजनीतिक दल र आन्दोलनरत पक्षबीच संवाद गरी सकारात्मक ढंगले समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।

कानून समितिमा थालियो केही नेपाल ऐन संशोधन विधेयकमाथि छलफल 

कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको छ।

प्रधानमन्त्री कप : एपीएफको लगातार दोस्रो जित, सुदूरपश्चिमले तालिकामा खाता खोल्यो

एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। जितसँगै एपीएफ अंक तालिकाको शीर्ष स्थानमा यथावत् रहेको छ।

एनएसएल : शीर्ष स्थानमा रहँदै पोखराले टुंग्यायो लिग चरणका खेल

पोखरा थन्डर्सले अंकतालिकाको शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको लिग चरणका खेल टुंग्याएको छ।

एक वर्ष पुगेपछि नयाँ धक्का दिएर क्रमभंग गर्दै छु: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढंगबाट क्रमभंग गर्ने तयारी गरिरहेको र त्यो निर्णयमा जनताको पनि साथ रहने विश्वास लिएको बताएका छन्।

देशलाई पूर्ण विद्युतीकरण गर्दै समृद्धिको यात्रामा अग्रसर भएका छौँ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले देशभित्र उत्पादित विद्युत् देशभित्रै खपत गर्नका लागि सरकारले केही दिनअघि मात्र विद्युत् खपत वृद्धिसम्बन्धी कार्ययोजना पारित गरेको स्पष्ट पारेका छन्।

नेपालमा कोभिडको नयाँ भेरिएन्ट फेला परेको छैन: स्वास्थ्य मन्त्रालय

यसअघिका कोभिड महामारीमा प्रयोग गरिएको खोप प्रभावकारी भएकाले नयाँ भेरिएन्ट भित्रिए पनि तत्काल गम्भीर असर नपर्ने मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री कप महिला क्रिकेट: कोशी र गण्डकी विजयी

मूलपानी रंगशालामा भएको खेलमा गण्डकीसँग कर्णाली प्रदेश ४४ रनले पराजित भएको छ। उता, लगातार दोस्रो जित दर्ता गरेको कोशी अंक तालिकाको शीर्षस्थानमा छ।

धनुषाको संहपुर तनावग्रस्त, प्रहरीको गोलीबाट २ जना घाइते

स्थानीयले इलाका प्रहरी कार्यालय तोडफोड गर्न थालेपछि हंसपुर तनावग्रस्त बनेको छ। स्थानीयले प्रहरीको दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन्।

नियमित पोसाकभन्दा फरक पोसाक किन्न लगाउने विद्यालयलाई काठमाडौँ महानगरले कारबाही गर्ने

विद्यालयहरूले नियमित पोसाकबाहेक चाडपर्वका नाममा विभिन्न पोसाक खरिद गर्न लगाएको भन्ने गुनासो आएपछि काठमाडौँ महानगरले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।

कोशी प्रदेशमा पर्यटन पूर्वाधार बनाउन स्विस सरकारले २ अर्ब ५० करोड सहयोग गर्ने

पूर्वका पर्यटकीय क्षेत्रलाई लक्षित गरी करिब ४०० किलोमिटर पैदलमार्ग र इलाममा चिया बगैँचा निर्माण गर्ने योजना छ।

चेक गणतन्त्रको विश्वविद्यालयमा गोली प्रहार: १४ जनाको हत्या, २५ घाइते

विश्वविद्यालयको दर्शन विभागको भवनमा बिहीबार एक विद्यार्थीले अन्धाधुन्ध गोली चलाएका थिए। जवाफी कारबाहीमा गोली चलाउने विद्यार्थीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।

बाल संगठनलाई काठमाडौँ महानगरको ३० लाख सहयोग

बाल संगठनमा आश्रय लिइरहेका बालबालिकाको आवास, खाद्यान्न र स्वास्थ्योपचारका लागि  ३० लाख रुपैयाँ सहयोग गरिएको काठमाडौँ महानगरले जनाएको छ।

कस्तो रहनेछ शुक्रबारको मौसम?

कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ।

अन्तर्घातबाट मुक्त गर्दै कांग्रेसलाई बहुमत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ: देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस ठूलो राजनीतिक दल रहेको र भविष्यमा पनि बहुमत प्राप्त गर्ने पार्टीका  रूपमा स्थापित गर्ने गरी अगाडि बढ्न नेता/कार्यकर्तालाई आग्रह गरे।

म्याग्दीमा नदीमा २ जनाको शव फेला

म्याग्दीमा नदीमा दुई जनाको शव फेला परेको छ।

सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा, पुस १२ गते सुनुवाइ हुने

परमादेशबमोजिम अहिलेसम्म जलवायु परिवर्तनसम्बन्धी कानून नबनाएको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।

घरेलु कामदारमाथि शोषणः यूएईमा १५३ रोजगारदातालाई ५० हजार दिर्हाम जरिबाना

ती रोजगारदाताहरूले आफ्नोमा काम गर्ने घरेलु श्रमिकलाई अर्काको घरमा काम गर्न लगाएका छन्। जुन् यूएईको कानून विपरीत छ।

०.५ प्रतिशतभन्दा कम जनसंख्या भएका जातजातिलाई अल्पसंख्यकमा राख्ने मन्त्रिपरिषद्को निर्णय 

राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कुल जनसंख्याको ०.५ प्रतिशतभन्दा कम जनसंख्या भएका जातजातिलाई सरकारले अल्पसंख्यकमा राख्ने निर्णय गरेको छ।

योजना आयोगले स्वीकृत गर्‍यो बजेट ‘क्यालेन्डर’ परिमार्जन प्रस्ताव, मन्त्रिपरिषद्मा पेस गर्ने तयारी

बजेट तर्जुमादेखि संसद्मा संशोधनसम्मको कार्यतालिकालाई व्यवस्थित गर्नेगरी नयाँ प्रस्ताव तयार पारिएको अध्ययन समिति संयोजक रामकुमार फुयाँलले जानकारी दिए।