AnonymousUser

Logout

‘मानवअधिकार प्रवर्द्धनमा चलचित्र सबैभन्दा प्रभावकारी माध्यम’

निर्माताहरूसँग सहकार्य गरेर चलचित्रका माध्यमबाट मानवअधिकारको प्रवर्द्धन गर्ने योजनाअनुसार मानवअधिकार आयोग अगाडि बढेको अध्यक्ष तपबहादुर मगरको भनाइ छ।

अग्रता जोगाउन नसक्दा धनगढीसँग बराबरीमा रोकियो इलाम

बराबरीसँगै अपराजित धनगढी चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा छ। पाँच खेलबाट एक जित र एक बराबरी खेलेको इलाम चार अंकसहित छैटौँ स्थानमा छ।

सरकारले पोखरा र लुम्बिनी विमानस्थल सञ्चालनमा बेवास्ता गर्‍यो: ओली

एमाले अध्यक्ष ओलीले लुम्बिनीमा बुद्ध धर्मावलम्बी र चीनबाट पोखरालगायतका स्थान घुम्न वार्षिक रूपमा १० लाखसम्म पर्यटक आउन सक्ने भन्दै त्यसका लागि सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताए। 

चितवनका किसानले पाएनन् दूधको २२ करोड भुक्तानी

हरेक १५–१५ दिनमा दूधको भुक्तानी पाउनुपर्ने, लामो समयसम्म दूधको भुक्तानी नपाउँदा दुग्ध उत्पादक किसानले पशुलाई आहार खुवाउनसमेत कठिन भइरहेको बताएका छन्।

भ्रष्टाचार निवारणका लागि अहिलेको प्रयत्न पूर्ण छैन: प्रधानमन्त्री

भ्रष्टाचारका प्रकृतिमा प्रविधिको विकाससँगै जटिलता उत्पन्न हुँदै गएकाले यसको नियन्त्रणमा पनि राज्य त्यत्तिकै चनाखो हुनुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिएका छन्।

अरुण तेस्रो आयोजना: मुआब्जाका लागि फेरि मूल्यांकन गरिने

आयोजना प्रवेश मार्गमा पर्ने ४५४ रोपनी जग्गाको मुआब्जा नपाएपछि स्थानीय बासिन्दाले विरोध गर्दै आएका छन्।

ताप्लेजुङको फुङलिङस्थित १ घरमा आगलागी, ५ लाख बराबरको क्षति

शनिबार बिहान फुङलिङ नगरपालिका–५ उकालीपानीस्थित लालबहादुर गुरुङको घरमा आगलागी भएको छ।

जुम्लाको तापक्रम माइनसमा, जनजीवन प्रभावित

एक सातादेखि बढेको चिसोले बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन्। अस्पतालमा बिरामीको संख्या पनि बढेको छ। 

गाजामा युद्धविराम आह्वान गर्ने राष्ट्रसंघीय प्रस्तावमा अमेरिकाको भिटो

सुरक्षा परिषद्का १३ सदस्यले शुक्रबार यूएईद्वारा पेस गरिएको मस्यौदा प्रस्तावको पक्षमा मतदान गरेका छन्। 

ठगी मुद्दामा वडा सदस्यसहित ४ जना पक्राउ

पोखरा महानगरपालिका–६ का वडा सदस्य दीपेन्द्र पहारीसहित चार जनालाई प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको छ।

कस्तो रहनेछ शनिबारको मौसम?

तराईमा बिहान लागेको हुस्सु तथा कुहिरो मध्यान्नपछि क्रमिक रूपमा हट्दै जानेछ। 

नेपाल सुपर लिग : वीरगन्जलाई दोस्रो अंक

बराबरीसँगै वीरगन्ज ४ खेलबाट २ अंकसहित नवौँ स्थानमा यथावत् छ। समान खेलबाट ३ अंक जोडेको झापा अंक तालिकामा सातौँ स्थानमा छ।

पोर्चुगलका लागि प्रस्तावित राजदूत नेपालको नाम अनुमोदित

संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको नाम अनुमोदन गरेको छ।

उकालो साप्ताहिक ब्रिफिङ: रूकुममा तीन वर्षपछि फिरेको न्याय र मिडिया–संकट सन्दर्भ

यो हप्ताको न्युजलेटरमा रूकुम अदालतको ऐतिहासिक फैसला, रेस्ट अफ वर्ल्डका प्रधानसम्पादक अनुप काफ्लेसँग मिडिया–संवाद र ज्यान जोखिममा राखी विदेशी सेनामा भर्ती हुने युवाका कथा प्रमुखतासाथ चर्चा गरिएको छ।

विदेशमा उत्पादित आलु, प्याज र स्याउमा भ्याट लगाइएको छैन  : राजस्व विभाग

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका व्यापारी विरोधमा उत्रिएपछि विभागले सूचना जारी गर्दै आन्तरिक रूपमा उत्पादन भएका आलु, प्याज, तथा स्याउमा भ्याट नलगाइएको जनाएको छ।

यू१९ एशिया कप : पाकिस्तानसँग नेपाल पराजित

एसीसी यू१९ एशिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ। अब नेपालले दोस्रो खेल अफगानिस्तानसँग आइतबार खेल्ने छ।

महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय

सरकारले खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतम र सदस्यहरूमा यशोदा कार्की र कुलभूषण शेखर शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।

राज्य व्यवस्था समितिले एनसेलको शेयर खरिद–बिक्रीबारे प्रधानमन्त्रीसँग जानकारी लिने

राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री दाहाललाई आगामी सोमबारको बैठकमा बोलाएर एनसेलको शेयर खरिद–बिक्रीका सम्बन्धमा यथार्थ जानकारी लिने निर्णय गरेको छ।

यू१९ एशिया कप: नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य 

नेपालले एसीसी यू१९ एशिया कपमा पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ। उत्तम रंगु थापामगर र दीपेश कँडेलले अर्धशतकीय साझेदारी गरेका छन्।

वर्षायाममा १५ अर्ब २४ करोडको विद्युत् निर्यात

विद्युत् प्राधिकरणले जेठदेखि मंसिर २० गतेसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन भएको जनाएको छ।