AnonymousUser

Logout

न्युरोडस्थित सुन गाल्ने कारखानामा प्रहरीको छापा, करिब ८ किलो सुन बरामद

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सात किलो ८०० ग्राम सुन बरामद गरेको छ।

‘मिचोङ’ चक्रवात: दक्षिण भारतमा १३ जनाको मृत्यु, ३ लाख ९००० प्रभावित

तटीय बस्तीमा बाढी पसेपछि दक्षिणी भारतमा कम्तीमा तीन लाख ९० हजार मानिस प्रभावित भएका छन्। भारी वर्षाका कारण मंगलबार १४० भन्दा बढी रेल सेवा र ४० उडान रद्द गरिएको थियो।

किन लगातार बढिरहेको छ सुनको मूल्य?

लगानीकर्ताले अन्य क्षेत्रभन्दा सुनलाई सुरक्षित लगानीको रूपमा लिएकाले विश्व बजारमा सुनको मूल्यवृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यको भनाइ छ।

डब्ल्यूएचओले भन्यो– गाजा मानवताको सबैभन्दा अन्धकार समयमा छ

दुई दिनयता गाजाको स्थिति लगातार बिग्रिँदै गएको डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले बताएका छन्।

अवैध रूपमा औषधि बिक्री गर्ने फार्मेसीमा सिलबन्दी

कपन क्षेत्रका औषधि पसलबाट लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि प्रहरी र औषधि व्यवस्था विभागको टोलीले अनुगमन गरेको थियो।

गृहमन्त्री श्रेष्ठको मुटुमा समस्या, गंगालाल हृदय केन्द्रमा उपचार हुँदै

मंगलबार राति सहिद गंगालाल हृदय केन्द्रमा भर्ना भएका गृहमन्त्री श्रेष्ठको ‘एन्जिओप्लास्टी’ गरिएको छ। 

रुसी सेनामा नेपाली युवा पठाएको आरोपमा १२ जना पक्राउ

प्रहरीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा रुसी सेनामा नेपाली युवा पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ।

नेपालमा ‘मिचोङ’ सामुन्द्रिक आँधीको असर: हल्का वर्षा र हिमपातको सम्भावना

कोशी, मधेश र बागमतीमा आंशिकदेखी सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशीका एक–दुई स्थानमा हल्का वर्षासमेत हुनेछ।

सरकारले एनसेल खरिद–बिक्री प्रकरणबारे अध्ययन गर्न छानबिन समिति बनाउने

सञ्चारमन्त्री रेखा शर्माले एनसेलको शेयर नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा बिक्री भएको बताइन्।

विरोध

सिंहदरबार प्रवेशमा कडाइ

सिंहदरबार प्रवेश गेटहरूमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। सर्वसाधारण प्रवेश गर्ने दक्षिण गेटसहितका गेटहरूमा चेकजाँचमा कडाइ गरिएको हो। सिंहदरबारभित्र छिर्ने सवारीसाधन र पैदल यात्रुहरूलाई चेकजाँच गरिएको छ। प्रहरीले सवारीसाधन तथा झोला चेकजाँच गरेर मात्रै प्रवेश अनुमति दिएको छ। सिंहदरबार क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

नेपाल सुपर लिग: ललितपुरले वीरगन्जसँग अंक बाँड्यो

४ खेलबाट ६ अंक जोडेको ललितपुर दोस्रो स्थानमा यथावत् छ भने ३ खेलबाट १ अंकका साथ वीरगन्ज पुछारमा छ।

एनसेल खरिद–बिक्रीबारे छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले एनसेलको शेयर खरिद–बिक्री  शंकास्पद रहेको ठहर गर्दै सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

रुकुम हत्याकाण्डका २४* अभियुक्तलाई जन्मकैद

रुकुम जिल्ला अदालतले चौरजहारी नगरपालिका–८ को सोतीमा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा संलग्न २४ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

यू१९ टोलीलाई खेलकुदमन्त्रीको सुझाव– चौका र छक्कामा मात्रै ध्यान नदिनू, सम्हालिएर खेल्नू

‘छक्का र चौका हान्ने सुरमा चाहिँ सबै कुरा नगुमाउनू। म क्रिकेट खेलाडी होइन, तर मैले हेर्दा छक्का र चौका हान्ने सुरले नेपाली टोली चुकेको जस्तो लाग्छ,’ मन्त्री लिम्बूले भने।

सरकारले सेवानिवृत्त सुविधामा शोषण गरेको स्वयंसेविकाहरूको आरोप

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले महिला स्वयंसेविकाहरूले उठाएका माग जायज रहेकाले सरकारले सम्बोधन गर्नुपर्ने बताए।

एकीकृत समाजवादीले महाधिवेशन जेठमा गर्ने

नेकपा एकीकृत समाजवादीले आगामी माघमा गर्न लागेको अधिवेशनको समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएपछि करिब चार महिनापछि सारेको छ।

दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ५४ करोडको कारोबार

मंगलबार विशालबजार कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् भने सिँगटी हाइड्रो लिमिटेडको शेयर मूल्यमा सकारात्मक ‘सर्किट’ लागेको छ।

राष्ट्रियसभा उम्मेदवार चयनमा कांग्रेस नेताद्वय बलबहादुर र अर्जुननरसिंहको असहमति

सत्तारुढ दल नेपाली कांग्रेसका नेताद्वय बलबहादुर केसी र अर्जुननरसिंह केसीले राष्ट्रियसभाको उम्मेदवार चयनमा असहमति व्यक्त गर्दै फरक मत राखेका छन्।

चिसोमा पदयात्रा: यसरी अपनाउन सकिन्छ सावधानी

हिमपात भएसँगै हिमालमा हिउँ थपिने तथा दिउँसो घाम लागेर हिमपहिरो आउने हुन्छ। यस्तो समयमा बढी जोखिम हुन्छ। त्यसैले जोखिम क्षेत्र पहिचान गरेर मात्र हिँड्नुपर्छ।

एनसेलको आयकरसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित

एनसेल आजियाटा लिमिटेडको मुद्दाको सुनुवाइ मंगलबार स्थगित भएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।