AnonymousUser

Logout

नेप्से ७.२९ अंकले घट्यो, कारोबार रकम ९६ करोडमा सीमित

आइतबार नेप्से परिसूचक ९.२९ अंकले घटेर १८५१.२३ को बिन्दुमा सीमित भएको छ। 

अपांगता पुनर्स्थापना केन्द्र

असहायको सहाय: अपांगता पुनर्स्थापना केन्द्र

काठमाडौँको भृकुटीमण्डपस्थित अपांग पुनर्स्थापना केन्द्र २०५८ सालमा स्थापना भएको हो। यसको मुख्य उद्देश्य अपांगता भएका व्यक्तिलाई व्यावसायिक र सिपमूलक तालिम दिई गुणस्तरीय सेवा प्रदान गर्नु रहेको छ। आर्थिक रूपमा कमजोर भएकालाई नि:शुल्क र अन्यलाई सहुलियतमा सेवा दिँदै आइरहेको छ।

अन्तःशुल्क स्टिकर दुरुपयोगको आरोपमा मोरङबाट एक व्यापारी पक्राउ

अन्तःशुल्क स्टिकर दुरुपयोगको आरोपमा मोरङको धनपालथान गाउँपालिका–४ का एक व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।

सडक बत्तीको महसुल सम्बन्धित पालिकाहरूबाटै असुल गर्न प्राधिकरणलाई अर्थको जवाफ

३३१ पालिकाको गत असारसम्मको सडक बत्तीको बक्यौता रकम ६ अर्ब ८ करोड रुपैयाँ छ। अधिकांश पालिकाको बक्यौता २०७४ सालपछिको हो।

कोशीका मुख्यमन्त्री कार्कीले मन्त्रीहरूलाई दिए जिम्मेवारी

मुख्यमन्त्री कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले मन्त्रीहरू शमशेर राई, गणेशप्रसाद उप्रेती र कमलप्रसाद जबेगूको कार्यविभाजनसहित जिम्मेवारी तोकेका छन्।

यी हुन् विश्वमै सबैभन्दा बढी उमेरका तिम्ल्याहा दाजुभाइ, सबैले देखे चौथो पुस्ता

आफूहरू यति धेरै वर्षसम्म बाँच्नुको रहस्यबारे ल्यारी भन्छन्, ‘हामीले धुम्रपान, मध्यपान र नसा कहिल्यै गरेनौँ।’

जर्मनीमा हिमपातका कारण ७०० उडान रद्द, बस–रेल सेवा स्थगित

जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेसन सोमबारसम्मका लागि बन्द गरिएको छ।

अन्जिला र गीता आई लिग खेल्न भारत प्रस्थान

अन्जिलाले दोस्रोपटक सेथुबाट लिग खेल्न लागेकी हुन्। उनी गत सिजन पनि सेथुमा आबद्ध भएकी थिइन्।

अन्तर्दृष्टि पुरस्कारका लागि ३ जनाको नाम घोषणा

यस वर्षको अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार गोरखाको अमरज्योति जनता माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक किशोरकुमार श्रेष्ठलाई प्रदान गरिनेछ।

‘फोहोरको गन्ध’ले कृषि उत्पादनमा ह्रास, बस्ती स्थानान्तरण गर्न माग

ककनी गाउँपालिकाका सिसडोल, ओखरपौवा र चाउथे क्षेत्रका स्थानीयमा फोहोरका कारण विभिन्न स्वास्थ्य समस्या आउन थालेको छ। खेतबारीमा उब्जनीसमेत हुन छाडेको छ।

फिलिपिन्समा ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महसुस गरिएको थियो। 

प्रिमियर लिग: वल्भ्समाथि आर्सनलको जित

शीर्षस्थानमा रहेको आर्सनलले १४ खेलबाट ३३ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २९ अंक छ। 

पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

लुम्बिनी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पर्यटन

सन्दकपुरको सौन्दर्य

उत्तरी इलामको सन्दकपुर डाँडा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थान हो। समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको यहाँबाट सूर्योदयको मनोरम दृश्य देख्न सकिन्छ। यहाँबाट सगरमाथा, कन्चनजंघासहित मनोरम हिमशृंखला पनि अवलोकन गर्न सकिन्छ। प्राकृतिक दृश्यसँग रमाउँदै सूर्योदय र हिमशृंखला अवलोकन गर्न आउनेहरूको यहाँ चहलपहल रहन्छ। आसपासका क्षेत्र जैविक विविधताका साथै कतिपय दुर्लभ वन्यजन्तुको वासस्थान समेत रहेकाले अनुसन्धानकर्ताहरू पनि यो क्षेत्रमा पुग्ने गर्दछन्। तस्वीरः विमल वैद्य

पहिचानको मुद्दालाई वार्ताबाट सम्बोधन गर्न प्रदेश प्रमुखको सुझाव

प्रदेश प्रमुख खापुङले बजेट कार्यान्वयनमा जोड दिँदै पहिचानको मुद्दालाई वार्ताको माध्यमबाट समाधान हुनेमा आफू विश्वस्त रहेको बताए।

जापोरिजिया आणविक प्लान्टमा विद्युत् काटिँदा दुर्घटनाको खतरा बढ्यो: युक्रेन

युक्रेनले विद्युत् लाइन काटिँदा जापोरिजिया आणविक केन्द्र ‘दुर्घटना’को जोखिममा परेको जनाएको छ।

‘अल्लो’लाई आम्दानीको स्रोत बनाउँदै गृहिणीहरू

भाङ्ग्रा, कोटलगायत सामग्री बनाउन मात्र प्रयोग गरिने अल्लोबाट हिजोआज झोला, गलबन्दी, जुत्ताचप्पल, कोटपाइन्ट, जुहारी कोटलगायत सामान बन्ने गरेका छन्।

ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु, ३ घाइते

गोरखाको शहीद लखन गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

गाजामा इजरायलको आक्रमणमा १९३ जनाको मृत्यु

युद्धविराम अन्त्यसँगै इजरायलले गाजामा थालेको आक्रमणमा परी १९३ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्री यादव भन्छन्– मेलम्चीको पानी एक महिनाभित्र काठमाडौँ पुर्‍याउने लक्ष्य छ

निर्माण व्यवसायीको ढिलाइ र बाढीले आयोजना संरचनामा क्षति पुर्‍याएकाले मेलम्चीको पानी काठमाडौँ पठाउन केही समय लागेको मन्त्री यादवको भनाइ छ।