AnonymousUser

Logout

इन्ज्युरी समयमा सम्हालिन नसक्दा चितवन जितबाट वञ्चित

चितवनले विमल घर्तीमगरको गोलमार्फत अग्रता लिए पनि दोस्रो हाफको इन्ज्युरी समयमा जुनियर एकेन्गुइले गोल फर्काउँदै काठमाडौँलाई हारबाट जोगाए।

यू१९ एशिया कप : देवको कप्तानीमा नेपाली टोली घोषणा, गुलशनको पुनरागमन

क्यानले यूएईमा हुने यू१९ एशिया कपका लागि देव खनालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।

नामिबिया लगातार तेस्रो पटक टी२० विश्वकपमा छनोट

अफ्रिका छनोटमा लगातार पाँचौँ जित हासिल गर्दै नामिबिया १० अंकका साथ तेस्रोपटक विश्वकपमा छनोट भएको छ।

झापामा पिकअप र सिटी रिक्सा ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

झापाको गौरादह–२ मा मंगलबार सिटी रिक्सा र पिकअप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मेलम्चीको पानी साताभित्र काठमाडौँ ल्याउने व्यवस्था नगरे आन्दोलन गर्ने काठमाडौँवासीको चेतावनी

काठमाडौँवासीले एक हप्ताभित्र मेलम्चीको पानी काठमाडौँ ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन थाल्ने बताएका छन्।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यापार मेलाले पछिल्लो समय सुस्ताउँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको बताए।

२५ दिनभित्र प्रहरी समायोजन प्रक्रिया अघि नबढे विकल्प रोज्ने प्रदेश सरकारहरूको संयुक्त चेतावनी

प्रदेश मन्त्रीहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर संघीय संसद्ले पारित गरिसकेको ऐनको मर्म र भावनाअनुसार अविलम्ब प्रहरी समायोजन गरी प्रदेश मातहत ल्याउने प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएका छन्।

जोखिम बढेपछि गौरमा सडक किनारबाट माटो झिक्न रोक

सडकको सौन्दर्य गुमेको, दुर्घटना बढाएको र मानवीय तथा भौतिक क्षतिका घटना बढेपछि नगरभित्रका सडक किनारमा जथाभाबी खन्न प्रतिबन्ध लगाइएको गौर नगरप्रमुख शम्भु साहले जानकारी दिए।

अस्ट्रेलियाले जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने

अस्ट्रेलियामा १४ देखि १७ वर्ष उमेर समूहका करिब सात बालबालिकामा एक जनाले भेप प्रयोग गर्ने गरेको सरकारी विज्ञप्तिमा उल्लेख छ।

केपी ओली कप: समूह चरणबाट बाहिरिए पुलिस र सुदूरपश्चिम 

समूह ‘सी’को अन्तिम खेलमा मंगलबार सुदूरपश्चिम प्रदेशसँग पराजित भएसँगै पुलिस पनि प्रतियोगिताबाट बाहिरिएको छ।

सुनको मूल्य हालसम्मकै उच्च 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। 

उर्लाबारी आगलागीः उपचारका क्रममा थप १ घाइतेको मृत्यु 

आगलागीमा परी घाइते भएका उर्लाबारी–७ का ४३ वर्षीय रामनरेश मरिताको सोमबार राति उपचारका क्रममा मृत्यु भएको छ। 

माडीको वैकुण्ठ तालमा पौडी खेल्न प्रतिबन्ध

प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि चितवनको माडीस्थित वैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ।

कृषि पढ्ने विद्यार्थी घटे, पाठ्यक्रम परिमार्जन गर्ने तयारी

प्रयोगात्मक कक्षा बढ्ने गरी नयाँ पाठ्यक्रम लागू गर्न लागिएको छ। हालसम्म प्रयोगात्मक ३७ र लिखित ६३ प्रतिशत रहेकामा प्रयोगात्मकलाई ४५ प्रतिशत पुर्‍याउने तयारी छ।

गाजामा जारी युद्धविराम थप २ दिन बिस्तार

इजरायल र हमासबीच गाजामा शुरू भएको चार दिने युद्धविराम मंगलबार सकिँदै थियो।

कस्तो रहनेछ मंगलबारको मौसम?

देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

भारतको गुजरातमा चट्याङ र असिनापानीबाट २४ जनाको मृत्यु

भारतको गुजरातमा चट्याङ र असिनापानीबाट २४ जनाको मृत्यु भएको छ। गुजरातका केही क्षेत्रमा २४ घण्टाको अवधिमा १४४ मिलिलिटरसम्म वर्षा भएको बताइएको छ।

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री बुधबार दुबई जाँदै

प्रधानमन्त्री दाहालले डिसेम्बर १–२ मा आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सरकारलाई गाभीले क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप उपलब्ध गराउने

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले एचपीभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरलाई बचाउने भएकाले देशभरिका किशोरीलाई एचपीभी खोप लगाउनका लागि खोप माग गरिएको जानकारी दिए।

नेपाल सुपर लिग : अमथको गोलमा इलामको पहिलो जित

नेपाल सुपर लिगअन्तर्गत दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा इलामले झापा एफसीलाई १–० गोल अन्तरले पराजित गरेको छ।