AnonymousUser

Logout

भिसा प्राप्त गरेका कामदारलाई इजरायल नजान श्रम मन्त्रालयको आग्रह

इजरायलमा केयर गिभर कामको लागि २४ जनाले भिसा प्राप्त गरिसकेका थिए। उनीहरूको उडानको समय बुधबार बिहान १ बजेको लागि तय भएको थियो। 

दशैँतिहार नजिकिएसँगै भरियालाई भ्याईनभ्याई (तस्वीरहरू)

दशैँतिहार, छठपर्वको आगमनसँगै काठमाडाैँको महाबौद्धमा चहलपहल बढेको छ। चाडपर्वका बेला व्यापार बढ्ने हुँदा भरियालाई पनि भारी बाेक्न अहिले भ्याईनभ्याई छ।

विश्व मानसिक स्वास्थ्य दिवस: उपचारमा पहुँच बढाउने चुनौती

नेपालमा पछिल्लो समय मनोचिकित्सकको परामर्श लिने बिरामीको संख्या बढ्दो छ। मानसिक स्वास्थ्यमा ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ।

आज राष्ट्रिय शोक: राष्ट्रिय झण्डा आधा झुकाइने

इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएको थियो। सोही सम्झनामा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको हो।

विश्वकप क्रिकेट: न्युजिल्यान्डद्वारा नेदरल्यान्ड्स ९९ रनले पराजित

भारतको हैदरावादमा ३२३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४६.३ ओभरमा अलआउट हुँदै २२३ रन बनायो।

कोशी, बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

सम्झना

इजरायलमा ज्यान गुमाएका विद्यार्थीहरूको सम्झना दीप प्रज्वलन

काठमाडौँ– गत शनिबार इजरायलमा भएको प्यालेस्टिनी सैन्य समूह हमासको हमलामा परी मारिएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन गरिएको छ। नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समितिले सोमबार ललितपुरको मंगलबजारमा इजराइल र हमासबीचको युद्धमा परी निधन भएका नेपाली विद्यार्थीहरूको सम्झनामा दीप प्रज्वलन गरेको हो। दीप प्रज्वलनमा उपस्थितहरूले मृतक विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनीहरूले इजरायलमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी नेपाल फर्काउन सरकारसँग माग गरेका छन्। आक्रमणमा १० जना नेपाली विद्यार्थीको निधन भएको थियो भने केही नेपाली घाइते भएका छन्।

गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

अमेरिकी हार्वर्ड विश्वविद्यालयकी प्राध्यापक क्लाउडिया गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ। 

इजरायलमा रहेका नेपालीको उद्धारमा प्रभावकारी भूमिका खेल्न सरकारलाई दलहरूको सुझाव

सर्वदलीय बैठकमा दलहरूले इजरायल द्वन्द्वमा फसेका नेपालीहरूको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र मृतकको शव नेपाल ल्याउने कार्यमा प्रभावकारी कदम चाल्न सरकारलाई सुझाव दिएका छन्।

विरोध

माफी मिनाहाको विरोधमा राष्ट्रपति भवनअगाडि प्रदर्शन

मानवअधिकार तथा शान्ति समाजले महाराजगन्जस्थित राष्ट्रपति भवनअगाडि विरोध प्रदर्शन गरेको छ। राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्नुपर्ने लगायतका माग गर्दै शान्ति समाजले विरोध प्रदर्शन गरेको हो। विरोध प्रदर्शनको क्रममा १३ जना प्रदर्शनकारी पक्राउ परेका छन्। ‘राष्ट्रपति महोदय, न्यायको सार्वभौम मान्यता विपरीत माफी मिनाहा घोषणा किन?’, ‘हत्या हिंसा महिमामंडन गर्न पाइँदैन’, ‘हिंसा र अपराधीकरणलाई बढवा दिने काम बन्द गर’, ‘राष्ट्रपति महोदय, लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउने?’

इजरायलस्थित दूतावासले भन्यो– विद्यार्थीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न थालियो

तेल अबिबस्थित नेपाल दूतावासले युद्ध जारी रहेको इजरायल-गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा फसेका नेपाली विद्यार्थीमध्ये केहीलाई सुरक्षित स्थानमा सारिएको र केहीलाई सार्ने क्रम जारी रहेको जनाएको छ।

इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकारले विमान पठाउने

सरकारले इजरायलस्थित नेपाली दूतावासलाई स्वदेश फर्कन चाहने नेपालीको विवरण संकलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने व्यवस्था गर्न र स्वदेश फर्कन चाहनेलाई विवरण प्रविष्ट गराउन निर्देशन गरेको छ।

माओवादीले सत्तागठबन्धनमा छलफलपछि मात्र शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव राख्ने

विद्यालय शिक्षा विधेयकमाथि संशोधन प्रस्ताव दर्ताअघि सत्तागठबन्धनमा छलफल गर्ने पार्टीले निर्णय गरेको मा‌ओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

हरेक स्थानीय तहमा सहुलियत मूल्य पसल खोल्ने व्यवस्था मिलाउन संसदीय समितिको निर्देशन

संसदीय समितिले गैरकानूनी तरिकाले खुला सीमामार्फत भित्रिने चिनीलगायतका अन्य सम्पूर्ण वस्तुलाई नियन्त्रण गर्न सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्न सरकारलाई निर्देशन दिएको छ।

दलाल, बिचौलिया र भ्रष्टले अर्थतन्त्रलाई कमजोर बनाए : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले उच्च तहको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योग धन्दा धराशायी बनाएको टिप्पणी गरे।

इजरायल–हमास द्वन्द्वको चपेटामा परेका नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्न आफन्तको आग्रह

आफन्तले सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर इजरायलको द्वन्द्वको चपेटामा परेका नेपाली विद्यार्थीहरूलाई तत्काल उद्धार गर्न आग्रह गरेका छन्।

इजरायलमा मारिएका नेपालीको शव ल्याउन जहाज तयारी अवस्थामा राख्ने सरकारको निर्णय

 इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो। 

इजरायल–प्यालेस्टाइन युद्धमा ज्यान गुमाउनेकाे संख्या ११ सय नाघ्याे

सोमबार पनि गाजा नजिकका क्षेत्रमा इजरायली सेना र प्यालेस्टिन विद्रोही समूह हमासबीच बमबारी चलिरहेको छ।

दशैँका लागि अग्रिम टिकट बुकिङ खुला, गाेंगबुस्थित बसपार्कमा भिड (तस्वीरहरू)

गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमतिपश्चात् टिकट बुकिङ खुलेको हो। याेसँगै काठमाडाैँकाे गोंगबुस्थित नयाँ बसपार्कमा टिकट काट्नेकाे घुइँचाे लागेकाे छ।

इजरायलमा रहेका नेपालीकाे उद्धार तथा स्वदेश फिर्तीकाे लागि अनलाइन रजिस्ट्रेसनकाे व्यवस्था

इजरायल प्यालेस्टाइन युद्धका कारण समस्या र त्रासमा रहेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि रजिस्ट्रेसन खुला गरिएको हाे।