AnonymousUser

Logout

झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा १७ करोड अनियमितता भएको अख्तियारको निष्कर्ष, विशेष अदालतमा मुद्दा दायर

अख्तियारले सर्प पाल्ने नाममा प्राप्त १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा दिई सम्पूर्ण रकम खर्च भइसक्दासमेत योजनाको उद्देश्य प्राप्तितर्फ शून्य प्रगति रहेको जनाएको छ।

प्यालेस्टिनी आक्रमण भएको क्षेत्रमा रहेका १७ नेपाली विद्यार्थीमध्ये १२ जना सम्पर्कविहीन

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना कृषिका विद्यार्थीमध्ये आक्रमण भएको स्थानमा १७ जना कार्यरत रहेकोमा दुई जना सकुशल भएको, तीन जनाको उपचार भइरहेको र बाँकी १२ जना सम्पर्कविहीन भएको उनले जानकारी दिए

विश्वकप आयोजना गर्ने साउदी अरबकाे प्रस्तावमा नेपालको समर्थन

सन् २०३४ को विश्वकप आयोजनाका लागि एशियाली देशबाट मात्र प्रस्ताव लिने फिफाको निर्णय छ। त्यही अनुसार एशियाबाट साउदी अरबले प्रतियोगिता आयोजनामा दाबी प्रस्तुत गरेको छ। 

बीआरआईमा आधारित परियोजना अगाडि बढाउन नेपाल प्रतिबद्धः प्रधानमन्त्री

विद्युत् उत्पादनको क्षमता वृद्धि गरी विद्युतीय सामग्रीको प्रयोग बढाउने र डिजेल, पेट्राेलको आयात घटाउनेतर्फ सरकारले काम गरिरहेको पनि उनले बताए

अफगानिस्तानमा शक्तिशाली भूकम्प: १०० जनाको मृत्यु, ५०० बढी घाइते

भूकम्पबाट ६०० परिवारका चार हजार २०० मानिस प्रभा‍वित भएका छन्।

तुइनको डोरी चुँडिएर कर्णालीमा खस्दा १ मजदुर बेपत्ता

हुम्लाको सर्केगाड–२ रिपस्थित खडीखेत घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा नदीमा खसेर मुगुका ३८ वर्षीय मक्करसिंह नेपाली बेपत्ता भएका छन्। 

जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति भएको अनुमान

जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकस्थित मार्टमा राति ११ बजे लागेको आगो आइतबार बिहान मात्रै नियन्त्रणमा आएको छ।

गाजापट्टीमा इजरायलको जवाफी आक्रमण: २३० जनाको मृत्यु

इजरायली सेनाले गाजाका विभिन्न सात क्षेत्रका बासिन्दालाई आफ्नो घर छाडेर आश्रयस्थलमा शरण लिन आग्रह गरेको छ। 

एमाले उपत्यका विशेष कमिटी अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत

अध्यक्षका अर्का दाबेदार चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत भएका हुन्।

कोशी, बागमती र लुम्बिनीमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशीमा एक साताभित्र सरकार गठन गर्न आह्वान

कोशी प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका आह्वान गरेका छन्।

प्यालेस्टिनी आक्रमणमा इजरायलमा रहेका ९ नेपाली घाइते

नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि दूतावासको इजरायली अधिकारीसँग सम्पर्क र समन्वय भइरहेको परराष्ट्र मन्त्रालयको भनाइ छ।

इजरायलमा नेपाली कृषि विद्यार्थी भएको क्षेत्रमा प्यालेस्टिनी आक्रमण, दूतावासमा सम्पर्क गर्न आग्रह

दक्षिणी इजरायलको अलुमिन किबुजस्थित विभिन्न कृषि फार्ममा तालिम लिइरहेका नेपालीहरू रहेको क्षेत्रमा आक्रमण भएको हो। आक्रमण जारी रहेकाले नेपाली रहेका क्षेत्रमा पुग्न सक्ने अवस्था नभएको दूतावासको भनाइ छ।

विश्व समुदायद्वारा इजरायलमाथि हमासको आक्रमणको निन्दा, तत्काल हिंसा रोक्न आह्वान

यूएन, ईयू, अमेरिका, भारत, रुसलगायत देशले हमासले इजरायलमाथि गरेको आक्रमण तत्काल रोकेर बृहत् तथा स्थायी शान्तिका लागि दुवै पक्षलाई आह्वान गरेका छन्। इरानले भने हमासको पक्षमा समर्थन जनाएको छ।

खेलकुद विश्वविद्यालय स्थापनाका लागि सरकारसँग छलफल गर्ने माधव नेपालको प्रतिबद्धता

तल्लो तहदेखि नै खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सके खेलाडीको टिम राम्रो बन्ने एकीकृत समाजवादी अध्यक्ष नेपालको भनाइ थियो।

सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १४ घाइते

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।

एशियाली खेलकुदमा नेपाललाई कराँतेमा ऐतिहासिक रजत पदक

नेपाललाई कराँतेमा एशियाली खेलकुदमा रजत पदक दिलाउने एरिका गुरुङ पहिलो नेपाली खेलाडी बनेकी छिन्।

हमासको आक्रमणमा २२ जनाको मृत्यु, इजरायलले भने– हामी युद्धमा छौँ

तेल अवीवस्थित नेपाली दूतावासले अप्ठ्यारोमा परेका नेपाली नागरिकको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।

दशैँ मनाउन घर फर्किँदा एमाले कार्यकर्ताको उद्देश्य अरूको भन्दा फरक हुनुपर्छ: ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले दशैँ मनाउन घर फर्किने हरेक कार्यकर्तालाई पार्टीको अभियान लिएर जान निर्देशन दिएका छन्।

प्रधानमन्त्री भन्छन्– स्थानीय तह अधिकारसम्पन्न हुन सकेको छैन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने प्रयास भइरहेको बताएका छन्।