नेपाल सरकारबाट नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी भएपछि गाेरखामा पहिलाेपटक आमाकाे नामबाट नागरिकता दिइएकाे हाे।
अध्यक्ष नेपालले सरकारलाई कसैले कमजोर पार्न नचाहेको स्पष्ट पार्दै कांग्रेस पनि यही सरकारको पक्षमा रहेको र एकीकृत समाजवादी पनि यही सरकारको पक्षमा रहेको बताए।
ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध बनाइएकाे पृथ्वी राजमार्ग पीडित पक्ष र प्रहरीबीच सहमतिपछि खुलाइएकाे हाे।
भारतको पूर्वी उत्तरी राज्य सिक्किमको टिस्टा नदी किनारमा रहेको लिचेन उपत्यकामा बुधबार बिहान एक्कासि बाढी आएको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्प जोखिमको क्षेत्र रहेकाले जुनसुकै बेला पनि भूकम्प जानसक्ने बताउँछन्।
नेपालले पहिलो खेलमा सोमबार बंगलादेशलाई ३७–२४ अंकले पराजित गरेको थियो। दोस्रो खेलमा मंगलबार इरानसँग १९–४३ ले पराजित भएको थियो।
नेपथ्यको अन्तिम प्रस्तुति असोज २१ गते व्यापारिक शहर टोरन्टोस्थित क्यानाडाकै विख्यात सभागृह ‘म्यासी हल’मा हुनेछ।
बाढीले पुलमा क्षति पुर्याएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका बासिन्दा प्रभावित भएका छन्।
घटनापछि स्थानीयले पृथ्वी राजमार्गको मलेखु क्षेत्रमा यातायात बन्द गराएका छन्। ट्रक चालक रौतहट चन्द्रपुर–२ का ४१ वर्षीय अशोक बम्जनलाई प्रहरीले नियन्त्रण लिएको छ।
सहभागी ४५ मुलुकमध्ये ३६ मुलुकले पदक प्राप्त गरेका छन्। नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ।
डेमोक्र्याटको समर्थनमा सरकारी खर्च विधेयक पारित गरेपछि सभामुख म्याकार्थीप्रति आफ्नै दलभित्र असन्तुष्टि बढेको थियो।
जितसँगै रियल समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ। नापोली दोस्रो स्थानमा छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा दिउँसो भारी वर्षा हुने महाशाखाले जनाएको छ।
दलहरूको आयव्यय विवरण महालेखा परीक्षकको कार्यालयबाट अडिट गराइदिनासाथ निर्वाचनमा भइरहेको अत्यधिक खर्च कम हुने निर्वाचन विज्ञको भनाइ छ।
‘भेप’मा लुकाएर ल्याइएको ९ केजी सुन प्रकरणमा सीआईबीले पूर्वसभामुख कृष्णबहादुर महरासँग सोधपुछ गरेको छ।
शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
सरकारले चाडपर्वमा उच्च माग हुने खाद्य तथा गैरखाद्य वस्तु कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गर्दै वस्तु बिक्रीवितरण गर्नेजस्ता अनुचित कार्य गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।
बुधबारको खेलमा बंगलादेशलाई पराजित गर्दै इरान विजयी भए नेपालले एशियाडको महिला कबड्डीतर्फ पहिलो सहभागितामै कम्तिमा कास्य पदक पक्का गर्ने छ।
बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रसिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा पराजित गरिन्।
विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान ११ः२ बजे शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।