AnonymousUser

Logout

नेपालले टस हार्‍यो, भारतले पहिले ब्याटिङ गर्ने

नेपालले समूह ‘ए’मा मंगोलिया र माल्दिभ्सलाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। भारतले भने सिधै क्वार्टरफाइनल खेल्न लागेको हो।

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी

सोमबार राति सम्पन्न मतगणनामा अध्यक्षका अर्का प्रत्याशी विनोद ढकाललाई ८२ मतान्तरले पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन्।

पर्व

महिलाहरूले ताने इन्द्रजात्राको रथ

इन्द्रजात्राको अन्तिम दिन नानी चाः महिलाहरूले जीवित देवी कुमारी, गणेश र भैरवको रथ तानेका छन्। रथलाई किलागल: इन्द्रचोक हुँदै वसन्तपुर पुर्‍याइन्छ, सोमबार राति ८ः३७ बजे इन्द्रध्वज प्रदान गरिन्छ र यसै समारोह बीच राष्ट्रप्रमुखद्वारा कुमारीको प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ। 

एमाले कर्णाली अध्यक्षमा गुलाबजंग शाह निर्वाचित

एमाले कर्णाली प्रथम अधिवेशनबाट अध्यक्षमा गुलाबजंग शाह निर्वाचित भएका छन्।

नक्कली कागजात पेस गरी जापानमा प्रशिक्षार्थी कामदार पठाउने १४ म्यानपावर कम्पनी निलम्बित

तालिमको शंकास्पद प्रमाणपत्र पेस गरी श्रम स्वीकृति लिएको प्रारम्भिक अनुसन्धानमा देखिएपछि १४ म्यानपावर कम्पनीलाई निलम्बन गर्ने निर्णय गरिएको विभागले जनाएको छ।

चीनको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण 

अर्थशास्त्रीहरूको विश्लेषणअनुसार यस वर्ष पूर्वी एशिया र प्रशान्त क्षेत्रको आर्थिक वृद्धि दर अन्य सबै उदीयमान बजार र विकासशील अर्थतन्त्रको औसतभन्दा बढी छ।

दलहरूमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यक छ: वर्षमान पुन

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले शान्तिप्रक्रियाका बाँकी रहेका कामहरूलाई सबै राजनीतिक दलहरू मिलेर टुंग्याउनुपर्ने बताए।

स्वास्थ्यमन्त्री भन्छन्– विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउँछौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विशेष बजेट ल्याएर भए पनि स्वास्थ्यकर्मीको दरबन्दी बढाउने बताएका छन्।

अख्तियारमा एक वर्षमा झन्डै २१ हजार उजुरी, सबैभन्दा धेरै संघीय मामिलासम्बन्धी

आयोगले आर्थिक वर्ष २०७९/८० मा १८ हजारभन्दा बढी उजुरीहरू फर्स्योट गरिएको जनाएको छ।

‘परीक्षा अनुत्तीर्णलाई न्यायाधीश नियुक्त गरेर न्यायालयप्रतिको विश्वासमाथि कुठाराघात गरियो’

एमाले सचेतक महेश बर्तौलाले न्यायाधीश नियुक्तिको यथार्थताको सम्बन्धमा न्याय परिषद् र न्याय सेवा आयोगले संसदीय समितिसमक्ष स्पष्ट पार्नुपर्ने बताए।

कोरोनाविरुद्धको खोप विकासमा योगदान पुर्‍याउने दुई वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार

यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको एमआरएनए खोप विकासमा संलग्न दुई वैज्ञानिकले प्राप्त गरेका छन्।

संसदीय समितिको बैठकमा बिनातयारी प्रस्तुत हुन्छन् सांसद

संसदीय समितिहरूले छलफलका नाममा बोलाएर सन्दर्भभन्दा बाहिरका विषयमा समय लिने गरेको र उपलब्धिहीन काममा समय खर्चिनुपरेको छलफलमा सहभागी एक सहसचिव बताउँछन्।

एशियाली खेलकुद : भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रा समाप्त

समूह ‘बी’को ६४ केजीमा नेपालकी शारदा चौधरी पाँचौँ स्थानमा खुम्चिएसँगै भारोत्तोलनमा नेपाली महिला खेलाडीको यात्रा समाप्त भएको छ।

नेप्सेमा सामान्य अंकको सुधार, २ कम्पनीको शेयरमा सकारात्मक सर्किट

सोमबार सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

एशियाली खेलकुद : भलिबलमा दक्षिण कोरियासँग पराजित हुँदै बाहिरियो नेपाल

भलिबलमा दक्षिण कोरियासँग पराजित हुँदै नेपाल १९औँ एशियाली खेलकुद प्रतियोगिताबाट बाहिरिएको छ।

राष्ट्रिय फुटबल टोली स्वदेश फर्कियो

१९औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला फुटबल टोली स्वदेश फर्किएको छ।

विवादास्पद माफी मिनाहाबारे संसदीय समितिले गृहमन्त्रीसँग जवाफ माग्ने

संसदीय समितिले राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा दिइएको कैद माफी मिनाहाका सम्बन्धमा गृहमन्त्रीसँग जवाफ माग्ने भएको छ।

स्मार्ट सिटी, सुरक्षित नागरिक आवास र एकीकृत बस्ती विकास गर्न बजेट पुगेन: मन्त्री गुरुङ

मन्त्री गुरुङले बनेका शहरलाई व्यवस्थित गर्ने र बन्ने शहरको संरचनाबारे पहिल्यै ध्यान दिनुपर्ने आवश्यकता रहेको बताइन्।

‘पेमेन्ट गेटवे’ प्रकरणः बहालवाला सचिव मरासिनीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

‘पेमेन्ट गेटवे’ प्रकरणमा बहालवाला सचिवसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ। 

फ्रान्समा सार्वजनिक यातायातदेखि सिनेमा हल जताततै उडुसको बिगबिगीः ओलम्पिकमा असर पर्ने चिन्ता

सार्वजनिक यातायातमा चढ्न मान्छेहरू डराउन थालेका छन्। उडुसको संक्रमण हुने डरले यात्रुहरू सिटमा नबसेर उभिएरै यात्रा गर्न थालेका छन्।