AnonymousUser

Logout

पाकिस्तानलाई हराउँदै भारतले जित्यो यू–१९ साफ च्याम्पियनसिपको उपाधि

पाकिस्तानलाई हराउँदै यू–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ।

इन्धनको मूल्य बढ्यो, ग्यास प्रतिसिलिन्डर २ हजार ११० पुग्यो

निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २१५ रुपैयाँ मूल्यवृद्धि गरेको छ। मूल्यवृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ११० रुपैयाँ पुगेको छ।

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदै सहमति, आन्दोलन फिर्ता

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदै सहमति भएको छ। सरकारसँग सहमति भएसँगै चिकित्सकहरूले आन्दोलन अन्त्य गर्ने भएका छन्।

‘चिकित्सकको आन्दोलन बिरामीविरुद्ध होइन, राज्यको गैरजिम्मेवार प्रवृत्तिविरुद्ध हो’

‘डाक्टरले कानून हातमा लिए भने डाक्टर पनि दोषी हो। तर डाक्टरलाई कसैले हात हाले त्यसमा हात हाल्ने मान्छे नै दोषी हुन्छ। त्यसमा ‘इफ बट’ हुनुहुँदैन।’

एमाले कर्णाली प्रदेश अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा

एमाले कर्णाली प्रदेश अध्यक्षमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ।

पितृको सम्झना

पशुपतिनाथमा पितृको सम्झना

सोह्रश्राद्ध अर्थात् पितृपक्ष शनिबार शुरू भएको छ। चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस अवसरमा काठमाडौँको पशुपतिनाथ क्षेत्रमा श्राद्ध गर्नेहरूको भीड लागेको छ।

देशमा भएका सकारात्मक काम माओवादीको अग्रसरतामा: गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री श्रेष्ठ भन्छन्, ‘परिवर्तन र संविधान ल्याउन अजेन्डा प्रस्तुत गर्नेदेखि लिएर स्थापित गर्ने जनआन्दोलन सञ्चालन गर्नेदेखि संविधान जारी गर्नेसम्म मुख्य भूमिका खेल्ने पार्टी माओवादी नै हो।’

एशियाली खेलकुद : भारत्तोलनको ५५ केजी प्रतिस्पर्धाबाट बाहिरिइन् टीकामाया

१९औँ एशियाली खेलकुदअन्तर्गत भारोत्तोलनतर्फ ५५ केजीको प्रतिस्पर्धाबाट टीकामाया गुरुङ बाहिरिएकी छन्।

एमाले कर्णाली प्रदेश अधिवेशनः शाही र सिंहले लिए उम्मेदवारी फिर्ता

एमाले कर्णाली प्रदेश अध्यक्ष पदका लागि उम्मेदवारी दिएका राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन्।

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

मौसमविद्का अनुसार अहिले देशको पूर्वी क्षेत्रबाट न्यूनचापीय क्षेत्रको विकास भइरहेकाले अबको दुई/चार दिन देशका कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बन्द हुँदै दिल्लीस्थित अफगानी दूतावास

भारत सरकारको असहयोग र अपमानजनक व्यवहारका कारण दूतावास बन्द गर्न लागिएको अफगानिस्तानले जनाएको छ। 

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ: प्रधानमन्त्री

चीनको छेन्दुबाट सहजै द्विपक्षीय उडान हुने र अन्य शहरबाट पनि प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारे छलफल भएको प्रधानमन्त्रीको भनाइ छ।

नेपाललाई भारतको रियल टाइम मार्केटमा विद्युत् बेच्न अनुमति, ४४ मेगावाट बिक्री गर्न पाउने

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले १९.४ मेगावाटको तल्लो मोदी र २४.२५ मेगावाटको काबेली बी–१ जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीको अनुमति दिएको छ।

अमेरिका र चीनको भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतले स्वागत गरेका छन्। 

न्युयोर्कमा शक्तिशाली आँधी: आपत्कालीन अवस्था घोषणा

बाढीका कारण न्युयोर्क शहरका सबैजसो सबवे प्रणाली, सडक र राजमार्ग डुबानमा परेका छन्। 

१४ दिनको विदेश भ्रमणपछि आज स्वदेश फर्किँदै प्रधानमन्त्री

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र संघको ७८औँ महासभामा भाग लिन भदौ ३० गते अमेरिका प्रस्थान गरेका थिए। उनी उतैबाट असोज ५ गते चीन गएका थिए।

एमाले बागमतीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

सचिवमा नवराज सिलवाल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी हस्त पण्डितलाई एक मतले पराजित गरेका हुन्।

कस्तो रहनेछ शनिबारको मौसम?

कोशी, मधेश र बागमतीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाँडीगाउँमा पनि मनाइयो इन्द्रजात्रा (भिडियो)

हाँडीगाउँमा मनाइएको इन्द्रजात्रा महोत्सवमा देवीदेवताको पूजाआजासहित रथयात्रा, लोप हुन लागेका खेल प्रतियोगिताका साथै नेवारी खानाका स्टलसमेत राखिएका थिए।

काठमाडौँमा बढे डेंगीका बिरामी, अझै एक महिना जोखिम

काठमाडौँ महानगर स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेंगीका बिरामी नगण्य मात्रामा थिए, तर अहिले बिस्तारै बिरामी बढिरहेका छन्।