AnonymousUser

Logout

विमल स्मृति कृति पुरस्कारका लागि २१ पुस्तकको प्रारम्भिक सूची

विमल गुरुङ स्मृति पुस्तकालयले कृति पुरस्कारका लागि २१ पुस्तकको प्रारम्भिक सूची र कविता प्रतियोगितामा छनोट भएका १० उत्कृष्ट कविताको सूची सार्वजनिक गरेको छ।

उकालो साप्ताहिक ब्रिफिङ: बालेन–ई:बीच सहमति, आन्दोलनमा चिकित्सक

काठमाडौँ महानगरका मेयर बालेनसँग जवाफ माग्दै राष्ट्रिय सभागृहअगाडि उभिएर विरोध जनाएका अभियन्ता ईःसँग भएको सम्झौता, सुरक्षाको माग गर्दै चिकित्सकहरूको आन्दोलनसहित यो साता यी खबरले बनाए ‘हेडलाइन’।

अभिनेता अनमोल केसी पक्राउ

केसीलाई आपराधिक विश्वासघातअन्तर्गतको कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गरी भक्तपुरको साँगाबाट पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

स्वास्थ्यकर्मीको दरबन्दी बढाउन सांसदको माग

सांसदले स्वास्थ्यकर्मीको दरबन्दी बढाउँदै स्वास्थ्य संस्थाहरूलाई स्रोतसाधन सम्पन्न बनाउन सरकारसँग माग गरेका छन्।

माधव नेपाल भन्छन्– देश र जनताको हितका निम्ति एकीकृत समाजवादी अग्रपंक्तिमा उभिन्छ

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देश र जनताको हितका निम्ति आफ्नो पार्टी सदैव अग्रपंक्तिमा उभिन तयार रहेको बताएका छन्। 

शासकीय मानसिकता नफेरिएसम्म संघीयता कार्यान्वयनमा समस्या: कावा प्रधानमन्त्री

संघीयता कार्यान्वयन नभईकन जस्तोसुकै ऐननियम बनाए पनि राम्रो परिणाम प्राप्त हुन नसक्ने कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काको भनाइ छ।

ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी विधेयक दर्ता गर्न निर्देशन

संसदीय समितिले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका सम्बन्धमा आवश्यक पर्ने विधेयक चालु अधिवेशनमा संघीय संसद्मा दर्ता गर्न सरकारलाई निर्देशन दिएको छ।

काठमाडौँको मार्की खेलाडी हिसुब, बिकेश पुगे इलाम

हिसुबले गत संस्करण जावलाखेल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका थिए। उनले लिगका लागि खेलेका २५ खेलमा ४ गोल र ४ गोलका लागि मौका सिर्जना गर्दिएका थिए।

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच पाँचबुँदे सहमति भएको छ।

चिकित्सकका माग वार्तामार्फत सम्बोधन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले स्वास्थ्यसेवालाई मर्यादित, सुरक्षित र भयरहित बनाई निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।

पाकिस्तानमा विस्फोट हुँदा ५० जनाको मृत्यु

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएकाहरूलाई लक्ष्य गरी विस्फोट गराइएको बताउँदै गृह मन्त्रालयले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

सरकारले तस्कर र अपराधीको संरक्षण गरिरहेको ओलीको आरोप

गठबन्धन सरकारले जनता र देशका पक्षमा राम्रो काम गर्न नसकेको एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी छ।

अर्थ समितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन भएनन्: सभापति चालिसे

भत्ता लिन बैठक बसेर निर्देशन दिने, तर सरकारले कार्यान्वयन नगर्दा नकारात्मक सन्देश गएको अर्थ समिति सभापति सन्तोष चालिसेको भनाइ छ।

अर्थ समितिको कार्यविधि स्वीकृत, सदस्यको स्वार्थ जोडिए छलफलबाट अलग बस्नुपर्ने

समितिमा आएको विषयमा कुनै सदस्यको निजी वा व्यक्तिगत स्वार्थ जोडिएको देखिएमा सदस्य स्वयंले त्यसमा हुने छलफल र निर्णयबाट आफूलाई अलग राख्नुपर्ने कार्यविधिमा उल्लेख छ।

प्रधानमन्त्री दाहाल छेन्दुमा, शनिबार स्वदेश फर्किने

प्रधानमन्त्री दाहालले शुक्रबार साँझ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम छ।  

४ लाख आप्रवासी ‘ड्यारियन ग्याप’को बाटो हुँदै अमेरिकातर्फ

आप्रवासीका लागि २६५ किलोमिटर लामो जोखिमपूर्ण ड्यारियन ग्यापको बाटो मेक्सिको हुँदै अमेरिका पुग्ने प्रमुख करिडोर बनेको छ।

विद्युत् खम्बाको बत्ती निभाउने क्रममा करेन्ट लागेर मृत्यु

शुक्रबार बिहान रामग्राम नगरपालिका–७ का जयप्रकाश यादव खम्बाको बत्ती निभाउन गएका थिए। सोही क्रममा उनलाई करेन्ट लागेको थियो।   

एमालेको कोशी प्रदेश अधिवेशन शुरू हुँदै, अध्यक्षमा ३ आकांक्षी

प्रदेश अध्यक्षमा नेताहरू विनोद ढकाल, घनश्याम खतिवडा र टीकाराम चेम्जोङको दाबी रहेको छ। 

नेदरल्यान्ड्समा गोली प्रहारबाट ३ जनाको हत्या, बन्दुकधारी पक्राउ 

प्रहरीका अनुसार बन्दुरधारीले पहिले एउटा घरमा आगजनी गरेका थिए। त्यसपछि शहरको मध्यभागमा रहेको मेडिकल सेन्टरमा आक्रमण गरेका थिए। 

एशियाली खेलकुद: ९१ स्वर्णसहित चीन शीर्ष स्थानमा

नेपालले कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन। सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।