AnonymousUser

Logout

नेप्से ३३.२० अंकले घट्यो, १ अर्ब ८३ करोडको कारोबार

आइतबार सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

पशुपति विकास कोषका सदस्य–सचिव थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव मिलनकुमार थापा, तत्कालीन सदस्य–सचिव प्रदीप ढकालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा तयार भएको छ।

आस्थाका आधारमा पठनपाठन प्रभावित पार्न नहुनेमा सरकार सचेत छ: शिक्षामन्त्री

शिक्षामन्त्री अशोककुमार राईले सदनमा प्रस्तुत गरिएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्ने विषय समावेश गरिएको बताएका छन्।

भूराजनीतिले देशको अवस्था पेचिलो र जटिल छ: माओवादी केन्द्र

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले जनताको जीवनस्तर परिवर्तनका लागि प्रधानमन्त्री दाहाल गम्भीरतापूर्वक लागेको दाबी गरे।

शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय सहयोगका लागि आग्रह गरेको छु : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपालको शान्तिप्रक्रियालाई ठोस निष्कर्षमा पुर्‍याउन आवश्यक सहयोगका लागि विश्व समुदायसँग आग्रह गरेको बताएका छन्। 

निगमले फिर्ता लियो पेट्रोलियम पदार्थको मूल्यवृद्धि

आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिएको छ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिइसकियो: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले चाडपर्व र आमउपभोक्ताको हितलाई ध्यानमा राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने निर्णय लिइएको बताएका छन्।

सदनमा रविले भने– कर्मचारीलाई बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ, निर्क्योल गरियोस्

रास्वपाका सभापति रवि लामिछानेले कर्मचारीलाई सधैँ बोनस बाँड्ने निगम कसरी घाटामा जान्छ भन्दै प्रश्न गरे।

सुन तस्करी प्रकरण: ४ सदस्यीय छानबिन आयोग गठन

आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन आयोग गठन गरेको छ। 

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन निगमलाई निर्देशन

शनिबार राति बढाएको मूल्य फिर्ता लिन र पहिले कै मूल्य कायम प्रधानमन्त्री दाहालले निगमलाई निर्देशन दिएका हुन्।

१३ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

२०८८ असोज १५ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ।

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

बैठकमा सुन तस्करी छानबिन आयोग गठन, मूल्यवृद्धिलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

सुन तस्करीबारे छानबिन आयोगको कार्यादेशमा सहमति जुट्यो, आयोग आजै गठन हुने

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमति भएको एमालेका सचेतक महेश बर्तौलाले बताए। 

विवेक ओझाको ऐँठनलाई मदन पुरस्कार, टेकवीर मुखियालाई जगदम्बा श्री सम्मान

मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ऐँठनलाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

माल्दिभ्सलाई पराजित गर्दै नेपाल क्वार्टरफाइनलमा, अविनाशले लिए ६ विकेट

नेपालको जितमा अभिनाश बोहराले सर्वाधिक ६ विकेट लिए। ३.४ ओभर बलिङ गरेका उनले ११ रन मात्र खर्चिए। अविनाश टी–२० आईमा ६ विकेट लिने पहिलो नेपाली बलर बनेका छन्।

जिसस ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन

७३ वर्षीय खनालको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा शनिबार राति निधन भएको हो। उनी दुई वर्षदेखि आमाशयको क्यान्सरबाट पीडित थिए।

नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य, रोहितको अर्धशतक

नेपालका कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले। उनले  २७ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५२ रन जोडे।

प्रतिनिधिसभा बैठक बस्दै, विद्यालय शिक्षा विधेयक पेस हुने

विद्यालय शिक्षा विधेयक संसद्‌मा दर्ता भएसँगै शिक्षकहरू आन्दोलित भएका थिए। सरकारले वार्ता गरी उनीहरूका माग सम्बोधन गर्ने भएपछि विधेयक अघि बढाउन लागिएको हो।

माल्दिभ्सविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेपाल र माल्दिभ्सबीच हालसम्म दुई टी–२० आई खेल भएको छ। दुवै खेलमा नेपाल विजयी भएको थियो।

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।