AnonymousUser

Logout

पहाडी भूभागमा चट्याङहित हल्का वर्षाको सम्भावना

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

विरोध

सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मी सडकमा

स्वास्थ्यकर्मीहरू तेस्रो दिन बिहीबार माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शनसहित शान्तिपूर्ण र्‍याली गरेका छन्। विभिन्न बहानामा स्वास्थ्यकर्मीहरूमाथि आक्रमण, दुर्व्यवहार एवं कुटपिट भएको भन्दै उनीहरू त्यसको विरोधमा विगत तीन दिनदेखि आन्दोलनमा छन्। दोषीलाई कारबाही नहुँदासम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ। उनीहरूले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने लगायतका माग राखेका छन्।

सत्तासँग आमनागरिक रुष्ट छन् – पूर्वप्रधानन्यायाधीश कार्की 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा सुशासन, विकास र समृद्धिको खाँचो रहेको तर सत्तामा बस्नेहरूले त्यसतर्फ ध्यान नै नदिएको बताइन्।

संघीयताविरोधीहरू सामाजिक सद्भाव बिगार्न सक्रिय भए: मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा सामाजिक सद्भाव बिथोल्ने क्रियाकलापमा संघीयताविरोधीहरू सक्रिय रहेका दाबी गरेका छन्।

एमाले बागमती अधिवेशन : शुक्रबारका लागि सारियो मतदान

सहमतिको प्रयास जारी रहेकाले शुक्रबारसम्मका लागि मतदानको कार्यक्रम स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए। 

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

एनआरएनएको अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन्। एनआरएनएको ११औँ महाधिवेशन आउँदो असोज ३० गते काठमाडौँमा शुरू हुँदैछ।

एकीकृत समाजवादीले ‘समाजवादी जागरण’ अभियान गर्ने

एकीकृत समाजवादी महासचिव घनश्याम भुसालले ‘समाजवादी जागरण अभियान’मा समृद्धि र समाजवादका लागि हुनुपर्ने ठोस कार्यक्रमबारे जनतालाई जानकारी दिइने बताए।

अन्धाधुन्ध रूपमा भइरहेको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले राम्रो प्रयत्न गरेन : माधव नेपाल

एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले माइतीघर मण्डलमा आन्दोलनरत शिक्षकहरूको न्यायोचित र जायज मागहरू पूरा गर्नुपर्ने बताए।

कोशी प्रदेशको जस्तो अवस्था आउन नदिन केन्द्र सरकारमा सहभागी भएको जनमतको दाबी

जनमत पार्टी प्रवक्ता डा. शरदसिंह यादवले २०८४ मा मधेश प्रदेशमा दुई तिहाइ सिट जित्दै बहुमतको सरकार निर्माणको लक्ष्य निर्धारण गरेको बताएका छन्।

इन्द्रजात्रा अवलोकन गर्न हिँडेर गद्दी बैठकसम्म पुगे राष्ट्रपति पौडेलसहितका उच्चपदस्थहरू (तस्वीरहरू)

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति, उपराष्ट्रपतिलगायत उच्चपदस्थहरू तथा जनप्रतिनिधिहरू जुद्ध सालिकदेखि हिँडेर हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक पुगेका थिए।

रेखाको गोलमा हारबाट जोगियो नेपाल

बंगलादेशविरुद्धको खेलमा ८२औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई हारबाट जोगाइन्।

प्रधानमन्त्री दाहालले गरे कैलाश पर्वत र मानसरोवरको अवलोकन

चीन भ्रमणमा रहे‍को प्रधानमन्त्री दाहालसहितको टोलीले बिहीबार कैलाश पर्वत र मानसरोवरको अवलोकन गरेको छ।

भ्रमपूर्ण सूचना आतंक बढ्न थाल्यो: मन्त्री शर्मा

सञ्चारमन्त्री रेखा शर्माले भ्रमपूर्ण सूचना आतंक बढेसँगै सूचनाको हकसम्बन्धी अधिकारमाथि चुनौती सिर्जना भएको बताएकी छिन्।

स्वास्थ्यसेवा बन्द नहुने वातावरण बनाउन मानवअधिकार आयोगको आग्रह

स्वास्थ्यसेवा बन्द गरी आन्दोलन नगर्न र नागरिकको स्वास्थ्योपचारको हक सुनिश्चित गर्न आयोगले सरकार, स्वास्थ्यकर्मी र सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ।

७ वर्षपछि भारत पुग्यो पाकिस्तानी क्रिकेट टाेली, भावुक बने बाबर

पाकिस्तान र भारतबीच लामो समयदेखि चल्दै आएका विभिन्न विवादका कारण यी देशले एकअर्काकाे भूमिमा खेल्न बन्द नै गरेका थिए।

धार्मिक सद्भाव कायम राख्न पहलकदमी गर्ने माओवादी केन्द्रको निर्णय

देशका विभिन्न स्थानमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बल्लिने गतिविधि देखा पर्न थालेको माओवादी केन्द्रको निष्कर्ष छ।

सर्लाहीमा चिताबाट शव बरामद, श्रीमान्‌सहित ३ जना पक्राउ

घटना शंकास्पद देखिएपछि प्रहरीले मृतक मृतकका श्रीमान् सुनिल साहसहित परिवारका तीन जनालाई पक्राउ गरेको छ।

ओलाङचुङगोलाका ८८ जनालाई सीमा प्रवेशपत्र प्रदान, नाका खुलाउन पहल

सिमानादेखि नेपालतर्फ ३० किलोमिटरसम्म बसोबास गर्ने स्थानीयलाई सीमा प्रवेशपत्र प्रदान गरिएको हो। नाका सुचारु भए उनीहरू तिब्बतको रिउ बजारसम्म आउजाउ गर्न पाउँछन्।

देवघाटस्थित नारायणी नदीमा नुहाउने क्रममा २ जना बेपत्ता

बिहीबार बिहान सात बजेतिर नदीमा नुहाउन गएका कैलाली धनगढी– ३ मिलनचोकका पंकज दाहाल र भारत आसामका १९ वर्षीय भोजराज अधिकारी बेपत्ता भएका छन्।  

विश्व रेबिज विरुद्धको दिवस: नेपालमा चुनौती बन्दै रेबिज

हरेक वर्ष सेप्टेम्बर २८ मा विश्व रेबिज विरुद्धको दिवस मनाउने गरिन्छ। रेबिज रोकथाम र यस रोगविरुद्ध भइरहेको प्रगतिको जागरूकता जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो।