AnonymousUser

Logout

इन्द्रजात्रा

काठमाडौँमा शुरू भयो इन्द्रजात्रा

काठमाडौँमा मंगलबारदेखि इन्द्रजात्रा शुरू भएको छ। हनुमानढोका दरवार स्क्वायरमा १०ः३७ मा इन्द्रध्वज उत्थान गरेपछि औपचारिक रूपमा इन्द्रजात्रा शुरू भएको हो। वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी इन्द्रजात्रा मनाउने गरिन्छ। यसलाई काठमाडौँमा मनाइने सबैभन्दा ठूलो, रमाइलो र महत्त्वपूर्ण जात्राका रूपमा लिइन्छ।

शेयरधितो कर्जामा १५० प्रतिशतको जोखिमभार राख्नु गलत: पूर्वअर्थमन्त्री खतिवडा

राष्ट्रबैंकले धितोपत्र बजारमा अनावश्यक हस्तक्षेप गरिरहनु धितोपत्र बजारका लागि राम्रो नभएको उनकाे भनाइ छ।

मणिपाल घटनापछि माओवादी स्वास्थ्य विभागबाट डा. दीपक काेइरालाकाे राजीनामा

आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत चिकित्सकमाथिको हातपात बढीरहेकाले याे कुरा सह्य नभएको भन्दै उनले पार्टी परित्याग गरेका छन्। यहीबीच अस्पतालले पनि विज्ञप्ति जारी गरेकाे छ।

ललिता निवास प्रकरणः सर्वोच्चले माग्यो बाबुराम भट्टराई र माधवकुमार नेपालमाथि मुद्दा नलाग्नुको कारण

शक्ति र पहुँचका भरमा उनीहरूलाई उन्मुक्ति दिइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

कानूनको पालना नहुँदा सरकारको बेरुजु बढ्याे: कावा महालेखापरीक्षक

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बाेल्दै कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्लेले संसदले बनाएको कानूनको पालना नहुँदा सरकारको बेरुजु बढेको बताएका छन्। 

जनकपुरधाममा अधिकांश मासुपसल मापदण्डविपरीत

मासु जाँचसम्बन्धी ऐन नियमअनुसार न्यूनतम मापदण्डसमेत पालना नगरेको र गुणस्तरहीन मासुसमेत भेटिएको छ।

नेप्से परिसूचक १८.४५ अंकले बढ्याे, २ अर्ब ९ कराेडकाे काराेबार

मेन्छियाम र मनकामना इन्जिनियरिङ हाइड्राेपावरकाे शेयर १० प्रतिशतले बढेकाे छ।

राष्ट्रियसभाको बैठक फेरि सर्‍यो

यसअघि १२ असोजमा बस्ने तय भएको बैठक मंगलबार संघीय संसद सचिवालयले एक सूचना जारी गरी असाेज १८ गतेका लागि बस्ने जानकारी दिएको छ। 

कुटपिटको विरोधमा माइतीघरमा चिकित्सकको प्रदर्शन

चिकित्सकहरूले दोषीलाई खुल्ला छुट डाक्टरमाथि बुटैबुट, डाक्टर कुट्न पाइँदैन, पेसा छोडौँ कि देश छोडौँ? लगायतका प्लेकार्ड बोकेर नारा लगाइरहेका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो।

अजरबैजानमा इन्धन डिपो विस्फोट: २० जनाको मृत्यु

अजरबैजानका  राष्ट्रपति इल्हाम अलीयेभले द्वन्द्वग्रस्त नागोर्नो–काराबाख क्षेत्रका आर्मेनियालीहरूको अधिकारको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एशियाली खेलकुद: जुडोमा नेपालको यात्रा समाप्त

जुडोतर्फ पुरुष १०० केजीमाथि नेपालका रन्जेश गोल काजकिस्तानका खेलाडीसँग र महिला ७८ केजीमाथि आकृति जोशी उज्बेकिस्तानका खेलाडीसँग पराजित भए।

इन्द्रजात्रामा काठमाडौँको यातायात प्रभावित हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

महानगरका अनुसार असोज ११ गते बसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा सञ्चालन हुने हुनेछ।

काठमाडौँबाट सुर्खेत गइरहेको बस दुर्घटना, २५ जनाभन्दा बढी यात्रु घाइते

४५ जना यात्रु सवार बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ शिवखोलामा दुर्घटनामा परेको छ।

ताप्लेजुङ मैवाखोलाका पहिरो प्रभावित ६५ परिवार एकीकृत आवासमा

मैवाखोला गाउँपालिकाले एक करोड ५० लाख ५३ हजार रुपैयाँ लागतमा अस्थायी एकीकृत आवास निर्माण गरी पहिरोबाट पिडीत परिवारलाई स्थानान्तरण गरेको छ। 

एशियाली खेलकुद: २२८ पदकको छिनोफानो

मंगलबार बिहानसम्म आयोजक चीन ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्षस्थानमा छ।

तनहुँमा डेंगी संक्रमणबाट १ हप्तामा २ जनाको मृत्यु

दमौली अस्पतालमा बिरामीको संख्या बढेपछि नगरपालिकाअन्तर्गतका एक डाक्टरसहित पाँच जना स्वास्थ्यकर्मीलाई पनि अस्पतालमा खटाउने गयारी गरिएको छ। 

समूहमा भ्रमण गर्ने चिनियाँलाई भिसा जारी गर्दै अस्ट्रेलिया

कोरोना महामारीपछि पहिलो पटक भिसा जारी गर्ने प्रक्रिया थालिएको अस्ट्रेलियाको व्यापार एवं पर्यटन मन्त्रालयले जनाएको छ।  

बारामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या, २ भारतीय पक्राउ

हत्यामा संलग्न रहेको आशंकामा भारतीय नागरिकहरू राहुल साह र सामलाल महतोलाई प्रहरीले पक्राउ गरेको छ। 

कस्तो रहनेछ मंगलबारको मौसम?

कोशी, मधेश, बागमती र गण्डकीका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

सर्वोच्चको आदेश: आमाको मात्र नाम राखेर पनि नागरिकता दिनू

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले गत साउन २३ मा गरेको फैसलाको पूर्णपाठमा जिल्ला प्रशासन कार्यालय ललितपुरलाई आमाको नाम मात्र राखेर पनि नागरिकता दिन भनिएको छ।