AnonymousUser

Logout

५१ वटा विद्युतीय द्रुत चार्जिङ स्टेसन सञ्चालनमा

करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेसनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप र कार तथा २५ वटामा  साना/ठूला कार चार्ज गर्न सकिनेछ। 

कक्षा १२ को पूरक परीक्षा तालिका परिवर्तन, असोज ९ र १० गते सञ्चालन हुने

यसअघि परीक्षा असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको थियो। परीक्षा शुल्कबापत प्रतिविद्यार्थी ६०० रुपैयाँका भदौ २२ गतेभित्र बुझाइसक्नुपर्ने बोर्डले जनाएको छ।

अस्ट्रेलियामाथि लगाइएको चौपाया निर्यात प्रतिबन्ध हट्यो 

मलेसियाले अस्ट्रेलियाबाट बर्सेनि ५५ लाख डलर बराबर गाईभैँसी आयात गर्दै आएको छ। अस्ट्रेलियाबाट सबैभन्दा धेरै गाईवस्तु आयात गर्ने देश इन्डोनेसिया हो।

प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

‘मानव बेचबिखनको अवस्था भयावह छ, राष्ट्रिय नीति छिटो बनाउनुपर्छ’

बुधबार विभिन्न कार्यक्रम गरि मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस मनाइँदै छ। नेपालमा २०६४ सालदेखि यो दिवस मनाउन थालिएको हो। 

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी, हरिप्रसाद रिजाल २ मतले पराजित

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, रोल्पाका पूर्ण बहादुर बुढामगर र बर्दियाका लीला रानामगर विजयी भएका छन्।

बुर्किना फासोमा जिहादी आक्रमण: ५३ जनाको मृत्यु, भिडन्त जारी

जिहादीले सन् २०१५ मा मालीमा आक्रमण गरेयता १६ हजारभन्दा बढी सर्वसाधारण, सैनिक र प्रहरीको मृत्यु भइसकेको छ। 

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो।

जलवायु न्यायलाई प्राथमिकता दिन आग्रह

ध्यानाकर्षण पत्र बुझ्दै सभामुख घिमिरेले जलवायुजन्य चुनौती सम्बोधनका लागि आफू प्रतिबद्ध रहेको र त्यसका लागि पहल गर्ने बताएका छन्।

श्रीकृष्ण जन्माष्टमी मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँसहित देशभरका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि मेला लाग्ने गर्छ। यस अवसरमा कृष्ण र कंसको नृत्यसमेत प्रस्तुत गरिन्छ। 

कोशी र बागमतीमा हल्का वर्षाको सम्भावना 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

रिक्त न्यायाधीश नियुक्ति प्रक्रिया अविलम्ब अघि बढाउन सांसदहरूको माग

सांसदहरूले कानून न्याय तथा मानवअधिकार समितिले कारागारभित्र हुने गरेको मौलिक अधिकार र मानवअधिकार उल्लंघनका घटना अध्ययनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

भारतले नेपालका थप चार आयोजनाको १८० मेगावाट बिजुली किन्ने

नेपालले अहिले महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ११० मेगावाट गरी १८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको छ।

‘विश्वासको मत’माथि विवादसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै रिट निवेदन परेको थियो।

गोरखा सैनिकलाई ब्रिटिस सरकारले समान व्यवहार गरेन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखा सैनिकको समस्या समाधानका लागि सरकार जिम्मेवारीपूर्ण ढंगले अभिभावकत्व प्रदान गर्ने बताए।

कान्ति बाल अस्पतालका निर्देशकको स्वीकारोक्ति– व्यवस्थापकीय कमजोरीले बालिकाको ज्यान गयो

पीडितका आफन्तले परिवारले न्याय पाउनुपर्ने माग गरेका छन्। उनीहरूले न्याय नपाए अदालत जाने चेतावनीसमेत दिएका छन्।

टीआरसी विधेयक अध्ययन उपसमितिको म्याद ७ दिन थपियो

उपसमितिले थप गरिएको समय सीमाभित्र पनि कार्यसम्पादन गर्न नसकेपछि पुनः समयसीमा थप गरिएको छ।

रोहितको कप्तानीमा एक दिवसीय विश्वकप खेल्ने भारतीय टोली घोषणा

एशिया कपका लागि छनोट भएका विकेटकिपर ब्याट्सम्यान सञ्जु, तीव्र गतिका बलर प्रसिद्धि कृष्ण र युवा ब्याट्सम्यान तिलक बर्मा भने टोलीमा परेनन्।

पुटिनलाई भेट्दै उत्तर कोरियाली नेता किम, युक्रेन युद्धमा सहयोगबारे छलफल हुने अमेरिकी दाबी

यतिखेर रुसलाई हतियार तथा सेनाकाे आवश्यकता छ भने उत्तर काेरियालाई पैसा र खाद्यान्नकाे। त्यसैले हतियार सहयाेग र केही सम्झाैता गर्न किम पुटिनलाई भेट्न गइरहेका हुन्। 

विद्यमान ऐननियममा सुधारसहितको कार्ययोजना बनाउन लेखा समितिको निर्देशन

लेखा समिति सभापति ऋषिकेश पोखरेलले अर्को बैठकमा प्रस्तुत गर्ने गरी बेरुजु फर्स्योट, विद्यामान ऐननियममा सुधार र प्रतिबद्धतासहितको कार्ययोजना बनाउन समितिसचिवलाई निर्देशन दिएका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।