AnonymousUser

Logout

बीआरआईलाई राष्ट्रको हितमा कसरी प्रयोग गर्ने सोच्नुपर्ने बेला आएको छ : सभामुख

दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको सभामुख देवराज घिमिरेको भनाइ छ।

अर्थतन्त्रलाई लयमा ल्याउने कोशिश भइरहेको छ: अर्थमन्त्री

राज्यका विभिन्न निकायले लिने निर्णयका कारण आर्थिक गतिविधिमा प्रभाव परेको उल्लेख गर्दै अर्थमन्त्री डा. महतले सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन्। 

विरोध

मूल्यवृद्धिको विरोधमा मसाल जुलुस

एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुहरूमा भइरहेको अस्वाभाविक मूल्यवृद्धिविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौँको बानेश्वरमा मसाल जुलुससहित विरोध प्रदर्शन गरेका छ। प्रदर्शनकारीले राष्ट्रिय युवा संघ नेपालको कार्यालयदेखि मसाल बाल्दै मुख्य सडकमा प्रवेश गरेर सडक एकछिन अवरोध गरेका थिए। राष्ट्रिय युवा संघले शनिबार ७७ जिल्लामै एकसाथ विरोध प्रदर्शन गरेको हो।

जोहानेसवर्ग आगलागी: १२ बालबालिकासहित ७६ जनाको मृत्यु

दक्षिण अफ्रिकाको संसद्ले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ। प्रहरीले पनि आपराधिक मुद्दा दर्ताको तयारी गरेको छ। यद्यपि कुन निकायलाई विपक्षी बनाइयो भन्नेबारेमा स्पष्ट भएको छैन। 

प्रकृतिको कुचीकार गिद्ध: बस्ती विकाससँगै संकटमा वासस्थान  

सिमलका रुख काटिनुका साथै बढ्दो बस्ती र यातायातका साधन एवम् उद्योगबाट निस्कने धुलो धुवाँका कारण गिद्ध संकटमा परेका छन्। 

स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित २ जना पक्राउ

पक्राउ पर्नेमा सिरहा नगरपालिका–१७ माडरका प्रेमकुमार यादव र ७ नम्बर वडाका सञ्जयकुमार साह छन्।

‘गिद्ध भएन भने महामारी फैलिन्छ’

'गिद्धले मरेको र सडेगलेको सिनो खाने भएकाले यसलाई अशुभ मान्ने चलन छ। गिद्ध घरमा बस्यो भने स्वस्तिशान्ति गर्ने प्रचलन विद्यमान छ। गिद्धप्रतिको यो गलत बुझाइ चिर्नुपर्ने आवश्यकता छ।'

आत्मालोचनासहित जनतामा गएका छौँ: प्रधानमन्त्री

माओवादीले शनिबार तीन महिने रूपान्तरण अभियान शुरू गरेको छ। सो क्रममा २५ लाख मतदाताको घरमा पुग्ने जनाएको छ।

दाङको गणपति तेल मिलमा आगलागी, डेढ करोडभन्दा बढीको क्षति

आगलागीबाट मिलको दुईतले पक्की भवनमा पूर्ण रूपमा क्षति पुगेको र दाल पिस्ने मेसिनमा पनि क्षति पुगेको छ। 

४८ एसपी र १२० डीएसपीको सरुवा

कास्कीका एसपी अजय केसीलाई प्रहरी अंगरक्षक गण नक्साल सरुवा गरिएको छ। अंगरक्षक गणका काजीकुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी पठाइएको छ।

माओवादीको ३ महिने अभियान शनिबारदेखि, २५ लाख मतदातासँग भेट्ने लक्ष्य

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान नौ बजे पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गर्ने तयारी छ।

इजरायली लिगको डेब्यु खेलमै सावित्राको ४ गोल

हापोएल रानानाबाट इजरायलको शीर्ष लिगमा डेब्यु गरेकी सावित्राले शुक्रबार राति रमाट हाशोरोनविरुद्ध ४ गोल गरेकी हुन्।

देउवाले मनोनीत गरे १५ विभाग प्रमुख, कुनमा को?

केन्द्रीय समितिको पछिल्लो बैठकले पास गरेको कार्यतालिकाअनुसार विभाग गठन गर्ने समयसीमाको अन्तिम दिन शुक्रबार देउवाले १५ विभागको प्रमुख तोकेका छन्।

कोशी, मधेश र बागमतीमा भारी वर्षाको सम्भावना

लुम्बिनी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

५० प्रतिशत ऊर्जा सौर्य र वायुबाट लिने व्यवस्था गर्न इप्पानको माग

सौर्य ऊर्जा उत्पादनमा मुख्य समस्या जग्गा उपभोगको रहेको भन्दै इप्पानले समयाअनुकूल सरकारले नीतिहरू परिमार्जन गर्नुपर्ने माग गरेको छ।

पारस खड्का भन्छन्– अब ममाथि नै प्रश्न उठ्ने छ

प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित पारस खड्का यसअघि आफैँले उठाउँदै आएको परिवर्तनको प्रश्न अब आफैँमाथि आउने बताउँछन्।

सभामुखको प्रश्नः सरकार संसदीय समितिका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन?

सभामुख देवराज घिमिरेले विधायिका संस्थामा सांसदहरूले खेल्ने भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन्।

नेपालको नक्सालाई छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सालाई छिमेकी दुवै मुलुक र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने स्पष्ट पारेको छ।

‘विधागत पत्रकारिता हाते पुस्तक’ सार्वजनिक

बागमती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयले प्रकाशित गरेको ‘विधागत पत्रकारिता हाते पुस्तक’ सार्वजनिक गरिएको छ।

उकालो साप्ताहिक ब्रिफिङ: कालो धनले डोर्‍याएको अर्थतन्त्र, चुच्चे चर्चा

अदालतमा अभियोग दर्तासँगै ललितानिवास जग्गा प्रकरण मत्थर भएको छ भने अहिले चीनले हालै जारी गरेको नक्सामा नेपालको ‘चुच्चे नक्सा’ले समेटेको भूभाग नपरेको विषय चर्चामा छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।