न्यायका लागि काठमाडौँको माइतीघर मण्डलमा ६१ दिनदेखि अनशनरत वैवाहिक बलात्कारपीडित आरतीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आफन्तले बताएका छन्।
आज भदौ ८ शुक्रबार, यो हप्ताभर सबैभन्दा बढी सदनको अवरोध चर्चामा आयो। साथै कोशी प्रदेशको विश्वासको मत, ललितानिवास जग्गा प्रकरणमा सीआईबीको अनुसन्धानले चर्चा पाउँदा अन्य केही जनचासोका विषय भने ओझेलमा परे।
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै पारसले सामाजिक, आर्थिक सबै रूपमा नेपाली क्रिकेटलाई धनी बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।
रास्वपाले निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि विनियोजन विधेयकमा सरकारले छुट्याएको बजेटबारे सर्वोच्च अदालतबाट आएको आदेशको स्वागत गर्ने निर्णय गरेको छ।
प्रतिगामी शक्तिका विरुद्ध र जनतालाई समाजवादको यात्राका डोर्याउन समाजवादी मोर्चा बनाएको प्रधानमन्त्री दाहालको भनाइ छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिका क्षेत्रभित्र शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ।
मेयर हर्कराज राईले अपिलमा हाल केही दिनदेखि भइरहेको धार्मिक तथा सामाजिक विवादले धरानलाई संवेदनशील बनाइरहेको उल्लेख गरेका छन्।
शनिबारदेखि सिरहाको अम्बासमा बस्ने भनिएको एमाले सचिवालय बैठक प्रतिकूल मौसमका कारण स्थगित भएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन्।
जितका लागि पाएको ८५ रनको लक्ष्य मलेसियाले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
रक्षामन्त्री पूर्णबहादुर खड्काले देशमा कुनै पनि बाहनामा साम्प्रदायिक द्वन्द्व भड्काउन खोज्ने तत्त्वप्रति आमनागरिक, तिनै तहका सरकार र सबै राजनीतिक दलसमेत सचेत हुनुपर्ने बेला आएको बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता आएको आरोप लगाएका छन्।
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नयाँ पार्टीहरूप्रति लक्षित गर्दै अहिले ओलीभन्दा पनि १० हातमाथि गएर निन्दा र भर्त्सनामा उत्रिनेहरू आएको टिप्पणी गरेका छन्।
पर्व
काठमाडौँ– डेक नेपाल प्रालिले काठमाडौँमा बुधबारदेखि आयोजना गरेको १४औँ तीज मेला अवलोकनकर्ताको उत्साहजनक उपस्थिति देखिएको छ। वर्ल्ड ट्रेड सेन्टरमा सञ्चालित तीज मेलाको अवलोकनका साथै स्थानीय सामग्री खरिद गर्न सकिन्छ। मेलामा सामग्री किन्न आएकी काठमाडौँ वनस्थलीकी प्रमिला कुँवरले तीजका लागि आवश्यक सामग्री एकै ठाउँमा सस्तो मूल्यमा किन्न पाउँदा खुशी लागेको बताइन्। “सबै सामग्री एकै ठाउँमा पाइने, त्यो पनि सस्तो मूल्यमा। खुशी लाग्यो,” उनले भनिन्। मेलामा विशेष गरी तीज पर्वका अवसरमा प्रयोग गर्ने महिलाले चुरा, पोते, लत्ताकपडा, शृंगारका सामग्री राखिएका छन्। आर्थिक अवस्था कमजोर भएका महिलाले निर्माण गरेका हस्तकलाका सामग्रीहरू पनि प्रदर्शनमा राखिएका हुन्। धनकुटाकी ४७ वर्षीया रजनी राई चित्रकारले विगत चार वर्षदेखि आफूले बनाएका हस्तकलाका सामग्री मेलामा प्रदर्शन गर्दै आएको बताइन्। “आकर्षक खालका सामग्रीहरू बिक्री वितरण गर्दै आएकी छु। व्यापार राम्रै भएको छ,” उनले भनिन्। डेक नेपाल प्रालिका व्यापार तथा बजार व्यवस्थापक स्मृति श्रेष्ठले मेला आगामी भदौ १० गतेसम्म चल्ने बताइन्। उनका अनुसार यो कम्पनीले तीज मेलासँगै पाकिस्तानी मेलालगायत विभिन्न प्रदर्शनी गर्दै आएको छ। तीजको अवसर पारेर अघिल्लो वर्ष पनि यस्तै मेला आयोजना गरिएको थियो।
बैठकले तमोर जलविद्युत् आयोजनाको विस्तृत अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा उच्चस्तरीय समिति पनि गठन गरेको छ।
विमान दुर्घटनामा मारिएका रुसी सैन्य समूह, वाग्नरका प्रमुख प्रिगोजिनको मृत्युको रहस्य खुल्न बाँकी छ। पश्चिमा मुलुकहरु भने यसलाई दुर्घटना मान्न तयार छैनन्।
३६ वर्षीय ब्रेको हृदयघातका कारण बिहीबार मृत्यु भएको हो। डब्लूडब्लूई कन्ट्याक चिफ अफिसर ट्रिपल एचले सामाजिक सञ्जालमार्फत् ब्रेको मृत्यु भएको जानकारी दिएका हुन्।
जेलको वेबसाइटमा राखिएको ट्रम्पको रेकर्डमा गोरो वर्णको, ६ फीट ३ इन्च अग्लो, ९७ किलो, स्ट्रबेरी रंगको कपाल र नीलो आँखा भएको भनी उनको हुलिया उल्लेख गरिएको छ।
पानी परिरहेकाले सडक मर्मत गरेर यातायात सुचारु गर्न समस्या भइरहेको मेलम्ची नगरपालिकाले जनाएको छ।
ललिता निवास, नक्कली शरणार्थी तथा सुन तस्करी प्रकरणमा चयनात्मक अनुसन्धान र अभियोजन भएकाले बृहत् नागरिक आन्दोलनले शनिबार काठमाडौँको भद्रकालीमा खबरदारी गर्न लागेको हो।
कैलालीको टिकापुर, चिसापानीलगायत आसपासका स्थानमा पनि भारी वर्षा भइरहेको छ। ती स्थानमा शुक्रबार दिउँसोसम्म नै भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।