सहायक विदेशमन्त्री लुले विकासका आकांक्षा पूरा गर्ने सन्दर्भमा पुरानो विकास साझेदारको नाताले नेपाललाई अमेरिकाको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाए।
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै १८१ रन बनायो।
सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले गरेको कामका बारेमा संसद्लाई जानकारी गराउन निर्देशन दिएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले मानिस भगवान्सँग पनि डराउन छोडेको र अराजकता, जथाभाबी बोल्नेसँग रमाउन थालेको बताएका छन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले करका दर प्रस्ताव गर्दा सकारात्मक र नकारात्मक पक्षको समीक्षा गरिने र सोहीअनुसार संशोधन गर्न सकिने बताएका छन्।
सोमपाल कामीको अर्धशतकमा नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको हो। सोमपालले १०१ बलमा ७५ रनको अर्धशतकीय इनिङ्स खेले।
सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम तय भएको छ।
प्रसारण लाइनमा प्राधिकरण र निजी क्षेत्रले निर्माण गरेका आयोजनाको ११० मेगावाट विद्युत् जोडिएको छ। २५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ।
काठमाडौँको माइतीघर मण्डलामा भेला भएका निर्माण व्यावसायीले ठेक्काको म्याद थप्नसमेत माग गरेका छन्।
मानवीय क्षति नभए पनि ट्रक पानीमा डुबेको सुनसरी प्रहरीले जनाएको छ।
दक्षिण अफ्रिकाको डर्बनमा जारी वार्षिक सम्मेलनले महिला र पुरुष टोलीको पुरस्कार बराबर बनाउने घोषणा गरेको हो। अब, एकदिवसीय, टी–२० र अन्य आईसीसी प्रतियोगिताको पुरस्कार राशी समान हुनेछ।
रुसी भाडाको सेनाको नेतृत्व गरेका प्रोगोजिनलाई बिषाक्त पदार्थ सेवन गराएर हत्या गर्ने प्रयास हुनसक्ने भएकाले यसप्रति सजग रहनसमेत बाइडेनले आग्रह गरेका छन्।
कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा दिउँसो पनि मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ।
काठमाडौँ जिल्ला अदालतले सर्वोच्चको अन्तरिम आदेश आफूविरुद्ध नरहेको र विवाह गर्ने जोडी पनि महिला पुरुष नभएको भन्दै विवाह दर्ता गर्न अस्वीकार गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकास व्यवस्थापन विज्ञका रूपमा डा. पपुलर जेन्टल नियुक्त भएका छन्।
इन्ज्युरी समयमा सावित्राले गोल गर्दै नेपाललाई हारबाट जोगाइन्। अब नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्ने छ।
सांसदहरूले भुटानी शरणार्थी र बालुवाटार जग्गा काण्डजस्तै सुकुमबासीको नाममा हुकुमबासीले जग्गा पाउने कसरत भइरहेको आशंका गर्दै त्यस्तो भए पछि कर्मचारीहरू पनि फस्न भन्दै सचेत गाएका छन्।
हेल्प नेपाल सातौँ संस्करणको प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल क्लब लिगको फाइनलनजिक पुगेको छ।
सरकारले अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण आयोजनाका लागि काभ्रेपलान्चोकको बनेपा नगरपालिका–१०, १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको कुल २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिएको छ।