AnonymousUser

Logout

कोशी र सुदूरपश्चिममा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका ‍केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

प्यालेष्टिनी नेता अब्बासद्वारा जेनिन शिविर पुनः निर्माण गर्ने प्रतिबद्धता

इजरायली सेनाले आक्रमण गरेर १२ प्यालेस्टिनी नागरिकको हत्या गर्नुको साथै बुल्डोजरले सयौँ घर भत्काइदिएका थिए। त्यसलगत्तै इजरायली नेताहरूले सो क्षेत्रको भ्रमण गरेका हुन्।

दीर्घकालीन असर पर्ने निर्णय नगर्न कोशी सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखलाई साउन ३ गते भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको सर्वोच्चले साउन ७ देखि फैसलाका लागि निरन्तर सुनुवाइ गर्न पनि भनेको छ।

प्रधानमन्त्री कप भलिबल: आर्मी र हेल्प नेपालको लगातार चौँथो जित

आर्मीसँग पराजित एपीएफले यस प्रतियोगितामा पहिलो हार बेहोरेको हो। अर्को खेलमा हेल्प नेपालले नेपाल पुलिस क्लबलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरेको छ।

महानगरविरुद्ध प्रदर्शन

‘गरिबको चमेली, बोल्दिने कोही छैन’

काठमाडौँ महानगरपालिकाले फुटपाथ तथा साना व्यापारीमाथि ज्यादती गरेको भन्दै प्रदर्शन भएको छ। स्वतन्त्र युवाहरूले महानगरको कार्यालय अगाडि ‘गरिबको चमेली, बोल्दिने कोही छैन’ गीत गाएर विरोध गरेका हुन्। ठेलागाढा तथा साना सडक व्यापारीको उचित व्यवस्थापनको मागसहित शान्तिपूर्ण विरोध गरेका थिए। उनीहरूले ‘गरिखान देऊ’, ‘शहर कस्को लागि?’लगायत ब्यानर बोकेर प्रदर्शन गरेका थिए।

अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराइने

अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारहरूलाई बुधबारदेखि कोषमा आबद्ध गर्ने कार्यक्रमको शुभारम्भ गर्ने योजना थियो। तर प्रधानमन्त्री पत्नी सीता दाहालको निधनको कारण उक्त कार्यक्रम स्थगित भएको छ।

राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्ट

सीता दाहालको पार्थिव शरीरमा प्रधानमन्त्रीसमेत रहेका उनका श्रीमान् पुष्पकमल दाहाल 'प्रचण्ड' र दुई छोरी रेणु र गंगा दाहालले दागबत्ती दिएका छन्।

लम्पी स्किन नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै किसानको धर्ना

लम्पी स्किन देशभर फैलिँदासमेत सरकारले नियन्त्रणमा चासो नदेखाएको किसानको गुनासो छ। पर्याप्त मात्रामा भ्याक्सिनको व्यवस्था गर्न र घरघरमा प्राविधिक पठाएर उपचार गर्न उनीहरूको माग छ।

चिनियाँ कम्युनिस्ट पार्टीमाथि मानवअधिकार उल्लंघनको आरोप

सिनजियाङका उइघुर मुसलमानको मानव अधिकार संरक्षण तथा हङकङमा नागरिक स्वतन्त्रता उपभोग गर्न नदिएको आरोप सीसीपीमाथि छ। 

बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, ३ जना पक्राउ

मृतकका आमा र बुबाले मन्टेस्वरीका सञ्चालक, व्यवस्थापक र कर्मचारी गरी चार जनामाथि ज्यान सम्बन्धी कसुरमा कानूनी कारबाहीको माग गर्दै किटानी जाहेरी दिएका छन्। 

सीता दाहालको निधनबाट अपूरणीय क्षति: माओवादी केन्द्र

२०११ असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी दाहाल २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएकी थिइन्।

बचतकर्ताको खातामा पहुँच पुर्‍याएर ११ लाख रकमान्तर, २१ वर्षीय युवक पक्राउ

मोरङका २१ वर्षीय महमद मोजाहिद मियाँले बोनस प्राप्त हुने लोभ देखाएर पीडितको बैंक खातामा पहुँच पुर्‍याई रकम आफ्नो खातामा ट्रान्सफर गरी ठगी गरेको खुलेको छ।

राष्ट्रियसभा बैठक स्थगित, बिहीबार बिहान ११ बजे बस्ने

बिहान ११ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन

दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

१ लाख रुपैयाँ घुससहित लेखा अधिकृत पक्राउ

अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ।

देशभर वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। 

‘समानुपातिक प्रणाली खारेज गरौँ, महिला–महिलाबीच प्रतिस्पर्धा गर्ने निर्वाचन क्षेत्र निर्धारण गरौँ’

सांसदहरूले महिला, दलित, जनजाति, खस–आर्य सबैलाई जनसंख्याको आधारमा प्रतिनिधित्व हुने गरी निर्वाचन क्षेत्र निर्धारणका लागि कानूनी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

भारतमा पहिरोमा परी पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन

बाढीपहिरोमा परी हिमाञ्चल प्रदेशमा रोजगारीका लागि गएका पश्चिम रुकुमका एकै परिवारका तीन जनाको निधन भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

मिटरब्याज पीडित समस्या समाधान आयोगको म्याद ३ महिना थपियो

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न गठन गरेको आयोगको म्याद तीन महिना थप गरेको छ।

सरकारले बनायो मनाङ एयरको हेलिकप्टर दुर्घटना छानबिन गर्न समिति

मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा समिति गठन गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।