AnonymousUser

Logout

गगन थापालगायतले सभापतिबारे बोलेको कुरा केही हदसम्म सत्य हो : शशांक

नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको पार्टीगत कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

प्रधानमन्त्रीको सम्बोधनलाई सकारात्मक रूपमा लिएका छौँ: एमाले

एमाले प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री दाहालले गहिराइमा गएर जवाफ दिन नसके पनि संसद्को अभिव्यक्तिलाई सकारात्मक रूपमा लिएको बताए।

बिशाखापटनमबाट रेलमा नेपाल हिँडेका ५४० कन्टेनर बाटैमा अड्किए, व्यवसायी चिन्तित

एक महिनाअघि तीन वटा रेल परस्पर ठोकिएर दुर्घटना हुँदा क्षतिग्रस्त रेल लाइन र सिग्नलहरूको मर्मत नसकिँदा बाटोमा रोकिएका कन्टेनरहरु अझै १० दिन अड्किने रेल्वे अधिकारीहरुले बताएका छन्। 

महँगी घट्यो, विदेशी मुद्रा सञ्चिति २१ प्रतिशतले बढ्यो

मुलुकको अर्थतन्त्रमा समस्या र चुनौतीका कारण संकट पुग्न लागेको भनिए पनि राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकले आर्थिक परिसूचकहरू सकारात्मक देखाएको छ।

नेपालमा बीआरआईअन्तर्गतका कुनै पनि कार्यक्रम अघि बढेका छैनन्ः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री साउदले हालसम्म नेपालमा बीआरआईअन्तर्गत कुनै योजना शुरू नभएको र कार्यान्वयनको सन्दर्भमा सरकार छलफलमा रहेको बताएका छन्। 

प्रधानमन्त्रीको रूपमा मैले जसरी बोल्नुपर्थ्यो, मेरो भाषा त्यस्तो नभएको ‘रियलाइज’ गरेँ: प्रम दाहाल

प्रधानमन्त्री दाहालले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिको भाषा प्रधानमन्त्रीका रूपमा व्यक्त गर्ने नमिल्ने रहेको आफूलाई ‘रियलाइज’ भएको बताएका छन्।

नैतिकता जीवित छ भने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : राजेन्द्र लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

बंगलादेशले भारतसँग डलरको सट्टा भारूलाई प्राथमिकतामा दिने

अमेरिकी मुद्रामाथिको निर्भरता घटाउन बंगलादेशले भारतसँग भारूमा कारोबार गर्ने तयारी गरेको छ।

सोमबार झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ७९ करोडको शेयर किनबेच

कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।

हिउँदे अधिवेशन नयाँ संसद् भवनबाटै शुरू गर्नेगरी निर्माणलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री दाहालले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन्।

११ महिनामा भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स

जेठ महिनामा मात्र वैदेशिक रोजगारीमा गएका नेपालीले १ खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएको राष्ट्र बैंकले जनाएको छ।

एमाले संसद्को अवरोध खोल्न सहमत, प्रधानमन्त्रीले सदनमा आफ्नो अभिव्यक्तिबारे प्रस्ट पार्ने

सदनको गतिरोध हटाउन सिंहदरबारमा प्रधानमन्त्री दाहालसहित नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो। 

हेटौँडा–भरतपुर प्रसारण लाइन सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले डबल सर्किट २२० केभी प्रसारण लाइनको ७३ किलोमिटर लामो एउटा सर्किटलाई तत्कालका लागि १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको जनाएको छ।

सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प

सिन्धुपाल्चोकको बाह्रबिसे केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

पोखरामा पृथ्वीचोकदेखि विजयपुरसम्म सडक मापदण्डमा पर्ने संरचना हटाउन शुरू

सडकको दायाँबायाँ २३ मिटर मापदण्डभित्र पर्ने अस्थायी संरचना भत्काइने पोखरा महानगरले जनाएको छ। पोखरा-मुग्लिन सडकखण्ड एशियाली विकास बैंकको सहयोगमा चार लेनको बन्दैछ।

सोमबारलाई बोलाइएको राष्ट्रियसभा बैठक स्थगित, अब मंगलबार बस्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै आएको छ। प्रतिनिधिसभाको बैठक भने सोमबार नै बस्दैछ।

इमर्जिङ टिम्स एशिया कपबाट बाहिरिए आरिफ, पवन सर्राफलाई मौका

इमर्जिङ टिम्स एशिया कप खेल्ने राष्ट्रिय टोलीबाट बाहिरिने आरिफ शेख पाँचौँ सिनियर खेलाडी हुन्। उनको स्थानमा राखिएका पवन सर्राफले विगतमा राष्ट्रिय टोलीबाट राम्रो प्रदर्शन गर्न सकेका छैनन्।

सोमबार देशभर मनसुनको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

सोमबार दिउँसो र राति देशका अधिकांश भागमा वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

४० देखि ६० वर्षका अविवाहितलाई भत्ता दिने भारतको हरियाणा सरकारको घोषणा

हरियाणाको राज्य सरकारले वर्षको १ लाख ८० हजारभन्दा कम आय भएका त्यहाँका ४५ देखि ६० वर्षका अविवाहितलाई भत्ता दिने निर्णय गरेको छ। उनीहरूले मासिक २ हजार ७५० रुपैयाँ पाउनेछन्।

बीबीसीका एक कर्मचारी निलम्बित

एक किशोरीलाई अश्लील फोटो खिचाएबापत हजारौँ पाउन्ड तिरेको आरोप लागेपछि बीबीसीले आफ्ना एक पुरुष कर्मचारीलाई आइतबार निलम्बन गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।